
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
गुणस्तर र छबी कायम हुने गरी काम गर्न मन्त्री खड्काको निर्देशन
पोखरा, १४ असोज । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले संघ र प्रदेश सरकारबाट विनियोजित बजेट तथा कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्न मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उनले प्रदेशको विकास तथा पहिचानका लागि मुख्य-मुख्य पुल तथा सडकलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम कार्यान्वयनका लागि सचिव रामचन्द्र श्रेष्ठले मन्त्री खड्कासँग कार्यसम्पादन सम्झौता गरे । कार्यक्रममा ११ जिल्लाका पूर्वाधार विकास कार्यालय, ४ वटा यातायात कार्यालय, तथा कास्कीमा रहेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख, पूर्वाधार निर्देशनालय कास्कीका निर्देशकले मन्त्री खड्काको रोहबरमा सचिव श्रेष्ठसँग कार्यसम्पादन सम्झौता गरे ।
मन्त्री खड्काले प्रदेशमा प्रदेशमा समायोजन भएका कर्मचारीहरु कम तथा अपर्याप्त भएको भन्दै प्राविधिक कर्मचारीहरु मन्त्रालयबाट यथाशक्य छिट्टै व्यवस्था गर्नेतर्फ मन्त्रालय लागिरहेको बताए । उनले भने, ‘मन्त्रालयले निर्धारण गरेको लक्ष्य प्राप्तिमा कार्यालय प्रमुखहरु लाग्नुहोला, हरेक काम कर्तव्यमा मन्त्रालयको छवि उच्च रहने गरी काम गर्नुहोला ।’
काममा गुणस्तर कायम हुने गरी विकास निर्माणका कामहरुको प्राविधिकले नियमित र निरन्तर सुपरिवेक्षण गर्न उनले निर्देशन दिए । निर्माण सम्बन्धी कामको बिल रकम भुक्तानी गर्नुपूर्व अनिवार्य रुपमा गुणस्तर परीक्षण गरेर मात्र बिल रकम भुक्तानी गर्न पनि मन्त्री खड्काले निर्देशन गरेका छन् ।
विनियोजित बजेटको परिधिमा रहेर ९० प्रतिशत भन्दा बढी प्रगति हुने गरी विकास निर्माण सम्बन्धी काम गर्ने गराउन र नयाँ आवका लागि दायित्व सिर्जना हुने गरी काम नगर्ने जसको लागि स्रोत सुनिश्चित गरेर मात्र ठेक्का व्यवस्थापन गर्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, उपसचिव टीकाराम पौडेल, महाशाखा प्रमुखद्वय रामकुमार श्रेष्ठ र राम पराजुली लगायत उपस्थित रहेको मन्त्री खड्काका निजी सचिव केदार सापकोटाले जानकारी दिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने