
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १४ असोज । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत आज बिहिबार भएको धरान डर्विको खेलमा फुटसल ५ विजयी भएको छ ।
पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा द राइजिङ क्लब धरानलाई फुटसल ५ धरानले ७–५ गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता भने राइजिङले लिएको थियो । खेलको चौथो मिनेटमा सुदिप गुरुङले गोल गर्दै अग्रता दिलाए । उनले ८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । फुटसल ५ का विजय श्रेष्ठले १७ औँ मिनेटमा गोल गर्दै अग्रता घटाए । उनले २० औँ मिनेटमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । २० औँ मिनेटमा दोर्जे तामाङले गोल गरे । पहिलो हाफमा ३–२ को अग्रता लिएको राइजिङ दोस्रो हाफमा भने सम्हालिन सकेन । २४ औँ मिनेटमा मिलन राइले गोल अग्रता दिलाए ।
उता फुटसल ५ ले ४ मिनेटमा पाँच गोल गर्दै जित हात पा¥यो । फुटसल ५ का सरोज तामाङले २ मिनेटमा ह्याट्रिक गरे । उनले खेलको ३५ औं मिनेटमा १ तथा ३६ औँ मिनेटमा २ गोल गरे । रन्जित गुरुङले ३७ तथा प्रवेश जोशीले ३८ औँ मिनेटमा गोल गरे । राइजिङका लागि २९ औँ मिनेटमा हेमन्त थापा मगरले गोल गरे । खेलमा २ वटा रातो कार्ड समेत देखाइयो । राइजिङका कप्तान एवम् गोलरक्षक सचिन श्रेष्ठले खेलको १९ औँ मिनेटमा रातो कार्ड पाए भने फुटसल ५ का कप्तान सन्दिप कार्कीले दोहोरो पहेँलो कार्ड खादैँ मैदान बाहिरीए ।
राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले रेफ्रीको सिकारमा आफूहरु सुरुदेखि नै परिरहेको प्रतिक्रिया दिए । उनले अनावस्यक रुपमा खेलाडीलाई कार्ड दिनु गलत रहेको बताए । फुटसल ५ का प्रशिक्षक विश्वास लामाले केहि निर्णबाट आफूहरुपनि आक्रोशित भएपनि पछि आफूहरुलाई कारण बताएपछि चुप भएको प्रतिक्रिया दिए । उनले आगामी यात्रा निकै कठिन भएको जानकारी दिए ।
यस्तै अर्को खेलमा लुम्बिनी फुटसललाई हराउँदै ढुकु फुटसल हव रेलिगेसनबाट जोगिएको छ । ढुकुले लुम्बिनीलाई ५–२ गोल अन्तरले हराउँदै जित हात पारेको हो । ढुकुको जितमा विक्रान्त नरसिंह रानार प्रसिद्ध मगरले २–२ तथा अभय रानाले १ गोल गरे । जितसंगै ढुकुको ७ खेलबाट ७ अंक रहेको छ ।
राइजिङ र फुटसल ५ धरानबिचको खेलमा विवाद
राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तरगत बिहिबार द राइजिङ क्लब धरान र फुटसल ५ धरानको बिच खेल चलिरहँदा रेफ्रीले गलत निर्णय दिएको भन्दै विवाद भएको छ । पहिलो हाप सकिन केहि मिनेटमात्रै बाकि रहादा राइजिङका गोलरक्षकलाई रातो कार्ड दिएपनि विवाद भएको हो । विवादका कारण करिब १० मिनेट भन्दा बढि खेल समेत रोकिएको थियो ।
पहिलो हाफको १९ औँ मिनेटमा विजय श्रेष्ठले लामो प्रहार गर्दा राइजिङका गोलरक्षक एवम् कप्तान सचिन श्रेष्ठले जम्पगर्दै बल क्लियर गरेर ल्याण्ड गर्नेक्रममा धरानका रन्जित गुरुङलाई घुडाँले लागेपछि सिद्यै रेड कार्ड दिएका थिए । यस अघि समेत १८ औँ मिनेटको खेल चलिरहँदा फुटसल ५ का कप्तान सन्दिप कार्कीले अचानक पहेँलो कार्ड पाए ।
यस अघि समेत पहेँलो कार्ड पाएका कारण दोहोरो पहेँलो कार्डपछि उनलाई रेडकार्ड दिइएको थियो । लामो विवाद पछि पुन: खेल सुचारु गरिएको थियो । तर, आयोजकले पनि आन्तरिक रुपमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति