
१अख्तियारको शंकास्पद भूमिका : फरार अभियुक्तलाई ‘सरकारी साक्षी’ बनाउँदैं गराइयो बकपत्र
२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
८पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्मा प्रमुख प्रतिपक्षी दलको अवरोध खुलाउने विषयमा संवादका लागि अझै कोसिस गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाको आह्वानमा बिहीबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दलका नेताहरुका सुझाव सुनेपछि संसद्को कार्यसञ्चालनका विषयमा प्रमुख प्रतिपक्षी दलसँगको संवादका लागि अझै कोसिस गर्ने बताएका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो । बैठकमा संघीय संसद्मा भइरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ‘आजको मुख्य एजेण्डा भनेकै संसद् सञ्चालनका बारेमा थियो । तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नै अनुपस्थित भयो । सम्बन्धित पक्ष नै नआएपछि बैठक निष्कर्षमा पुग्ने कुरा भएन,’ पौडेलले भनिन्, ‘त्यसैले संवादका लागि पहल कदमी जारी राख्ने कुरा भयो । सबै नेताहरुले त्यही सुझाव राख्नुभयो । प्रधानमन्त्रीज्यूले पनि संवादलाई अघि बढाउँछु भन्नुभएको छ ।’
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेमकिपाका नेता प्रेम सुवालले संसद् सञ्चालनका विषयमा प्रधानमन्त्रीले लिएको पहलकदमी सकारात्मक रहेको भन्दै संसद सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए ।
जवाफमा देउवाले ओलीसँग पुनः संवादका लागि पहल गर्ने बताए । ‘प्रधानमन्त्रीज्यूले आज पनि बोलाएको थिएँ । फेरि पनि उहाँलाई आमन्त्रण गर्छु । उहाँ आउनुहुनेछ भन्नुभयो,’ देउवाले भनेको उदृत गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘बैठकले संसद्लाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउनका निमित्त प्रमुख प्रतिपक्षी दल एमाले र सो दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक भूमिका खेल्नुहोस् भन्ने निष्कर्षमा पुगेको छ ।’
उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा जनताको दैनिकीसँग जोडिएका विधेयकहरु अलपत्र अवस्थामा रहेको भन्दै संसद् सञ्चालनमा आएको अवरोधले ती विधेयकहरुलाई अन्योलको अवस्थामा पुर्याएको बताए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव