
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक साढे १२ बजे बस्दैछ ।
त्यसअघि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका तर्फबाट मन्त्री हुनेहरुको नाम दिन आग्रह गरेका थिए । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई हुदै आएको छ ।
आइतबारको बैठकमा दलहरुबीच चाँडै मन्त्रिपरिषद विस्तार गर्ने सहमति बनेपनि उनीहरुले अझै आन्तरिक तयारी गरिनसकेको बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनमा रहेका जसपा उपेन्द्र यादव उपत्यका बाहिर रहेको र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल केही बिसन्चो भएकाले मंगलबार बस्ने भनेको शीर्ष नेताहरुको बैठक समेत बस्न सकेको छैन ।
‘आज उपेन्द्रजी काठमाडौ आइपुग्नुहुन्छ, माधवजीलाई पनि अलि सञ्चो भयो भने आज वा भोलिसम्म छलफल गरेर बिहीबार वा शुक्रबार भित्र मन्त्रिपरिषदले पूर्णता पाउँछ’, गठबन्धनका एक नेताले भने । गठबन्धनमा रहेका ५ मध्ये चारवटा पार्टी सरकारमा सहभागी हुने भएपनि उनीहरुबीच कुन कुन मन्त्रालय कसले पाउने भन्ने ठोस सहमति भैसकेको छैन । असार २९ मा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले काँग्रेसका चार र माओवादी केन्द्रका दुई मन्त्री नियुक्त गरेपनि अझै १८ जना मन्त्री नियुक्त हुन सकेका छैनन् ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’