
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडौँ । आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ। यो वर्ष ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’भन्ने नारासहित दिवस मनाइँदैछ। नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढ्दै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटु दिवस मनाइने गरिन्छ ।
विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ।
नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। विश्व मुटु महासंघका अनुसार वर्षेनी १ करोड ८६ लाख मानिसको मुटु सम्बन्धि रोगबाट मृत्यु हुने गरेको छ। जसमा विकास उन्मुख र अविकसित देशहरुमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशत भन्दा बढि रहेको छ।
सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट मृत्यु हुनेको संख्या वर्षेनि २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ। हृदयाघातबाट सबै भन्दा बढि मानिसको मृत्युको कारक हुने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपाललगायत विकासोन्मुख राष्ट्रहरुमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत भन्दा बढि पुग्ने पनि अनुमान संगठनले गरेको छ।
यसरी जोगाउँ मुटु
शरीरलाई स्वस्थ राख्नको लागि शारिरीक परिश्रमसहित खानपानको विशेष भूमिका हुन्छ । धेरै किसिमका रोगहरु खानपानमा ध्यान नदिँदा र नजान्दा लाग्ने गरेका छन् । केही रोग वंशाणुतरुपमा पनि तपाईको शरीरमा आएको हुन्छ तर खानपानले त्यसलाई नियन्त्रण गर्न सकिन्छ ।
पछिल्लो समय व्यस्त जीवनशैली, शारिरीक परिश्रमको अभाव, खानपानका कारण मानिसहरु रोगी बन्दै गएको चिकित्सकहरु बताउँछन् । त्यसका लागि शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ ।
खानालाई सन्तुलित गर्न सकियो र नियमित रुपमा व्यायाम गर्न सकिएको खण्डमा धेरै किसिमका रोगहरुबाट मुक्ति पाउन सकिन्छ । हर्ट अट्याक, सुगर लगायतका समस्या समाधानमा खानपानको समेतत विशेष भूमिका रहेको हुन्छ ।
बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ । बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ ।
बेलुका ८ बजेभित्र खाना खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । धेरै शारीरिक श्रम गर्नेले धेरै र थोरै गर्नेले थोरै नै खानुपर्छ । बेलुकाको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन । कम्तीमा दुई घन्टापछि मात्र सुत्नुपर्छ ।
त्यस्तै खानाका साथमा पानीको मात्रापनि बढाउन जरुरी छ । धेरै समस्याहरु पर्याप्त पानी पिउनाले पनि समाधान हुन्छ ।शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर, नियन्त्रित रूपमा माछा–मासु खाए पनि हानि भने हुँदैन । माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ । माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुका माछा नखानु उत्तम हुन्छ ।
घ्यु, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नुपर्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ । बजारमा पाइने विभिन्न तेलहरुको प्रयोगमा ख्याल गर्न जरुरी हुन्छ ।
दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन । फाइबरयुक्त खानाहरू गहुँ गेडागुडी, हरियो सागपात खानुपर्छ । गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई फाइदा गर्छ ।
बेलुकाको खानामा काँचो लसुन खाँदा राम्रो हुन्छ । यसले रगतको कोलेस्ट्रोल घटाउँछ, साथै एस्पिरिनले जस्तै रगतलाई पातलो पार्दछ । मधुमेह रोग भएकाहरूले गुलियो खानु हुँदैन ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग