
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
रोल्पा । वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो ।
एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे । घण्टौं प्रेमका कुरा हुन्थे । जसले ‘विवाह गरिहाल्न’ उनीहरूलाई उत्साहित पारिरहन्थो । परियार साउदी अरब, राई भोजपुरमा । प्रेमप्रति अगाध विश्वास । उनीहरूको प्रेमलाई ‘न भूगोलले छेक्यो, न त जात’ले नै । विवाहको तगारो थियो त भौतिक उपस्थिति मात्रै ।
परियार स्वदेश फर्कन खोजे तर मिलेन । यसपछि उनीहरूबीचको सहमतिअनुसार ७/८ महिनाअघि राई भोजपुरबाट रोल्पा पुगिन् । परियारकै घरमा बसिन्, परिवार चलाइन् । प्रेमीले विदेशबाट पठाएको रकम सदुपयोग गरिन् । छरछिमकले जेसुकै भनून् खासै महत्व दिइएन । किनकि, निकट भविष्यमै उनीहरूबीच विवाह गर्ने योजना थियो । प्रेम विवाहमा परिणत गर्ने उनीहरूको एउटै लक्ष्य थियो ।
भनिन्छ, ‘प्रेम अन्धो हुन्छ ।’ यही विश्वाससाथ प्रेमिका राई ‘औपचारिक विवाह’ नै नभई परियारकी ‘श्रीमती’ बनिसकेकी थिइन् । परियारको परिवारमा थिए । एक्लो जीवन बिताइरहेका ८७ वर्षीय बाबु भाइराम दमाई मात्रै । राई ‘बुहारी’का रूपमा आएपछि भाइराम पनि मख्ख थिए । ससुराको रेखदेखदेखि घरगृहस्थीसम्म सम्हालेकी थिइन्, राईले । यसले परदेशमा रहेका परियारलाई सन्तोष मिलेको थियो ।
जीवनमा एकैपटक पनि ‘भौतिक’ रूपमा नदेखेका महिलाले आफ्नो घर सम्हालेको, वृद्ध बाबुको स्याहारसुसार गरेको कुराले प्रेमिकाप्रति परियारको विश्वास अगाध बढ्यो ।
तर, सोचेजस्तो जीवन नहुने रहेछ । आइतबार जे घटना भयो, त्यो परियारको सपनामा ‘पूर्णविराम’ बन्यो । प्रेम विवाहमा परिणत गर्ने उनको योजना भताभुंग हुन पुग्यो । वृद्ध पिता भाइरामको बुढेसकालको सहारा खोसियो । प्रेमिका मेलापात गर्न गएको बेला आइतबार भिरबाट लडेर मृत्यु भएपछि परियारको सपना तुहिएको छ ।
रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीका अनुसार राई आइतबार ‘घाँस काट्न’ भनेर बाख्रासहित नजिकै जंगलमा गएकी थिइन् । सँगै गाउँले पनि थिए । गाउँलेले उनी हिँड्न थालेको बाटो ‘धेरै अप्ठयारो भएको’ भन्दै राईलाई ‘नजान’ भने । तर, त्यसअघि पनि ‘त्यो बाटो हिँडेसकेको’ हुनाले उनले मानिनन् । यो समाचार राजधानी दैनिकमा छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’