
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लाग्दै गएको नेप्सेमा आज देखिएको गिरावट पनि उच्च अङ्कको हो ।
झण्डै तीन हजार ३०० को बिन्दु नजिक पुगेको नेप्से परिसूचक आजसम्म आइपुग्दा ओरालो लागेर दुई हजार ६१५.४० मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेनसेटिभ परिसूचक ११.४२ अङ्कले घटेर ४९४.९१ मा ओर्लिएको छ । नप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ ।
कूल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर रु पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत घटेर रु ३६ खर्ब ६१ अर्ब चार करोड ९८ लाख ७० हजारको हाराहारीमा पुगेको छ ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३६.०३, व्यापार ७९.३९, होटल तथा पर्यटन २४.३१, विकास बैंक १५४.४१, जलविद्युत् १३८.४५, वित्त १७५.५९, निर्जीवन बीमा ३२५.५६, उत्पादन ८९.२३, अन्य ३१.१३, लघुवित्त १११.९९, जीवन बीमा ४३१.९१, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.५२ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १८ करोड ८२ लाख २७ हजार २९६ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १७ करोड ३८ लाख ४८ हजार ९८९, नेशनल हाइड्रोपावर रु १५ करोड ४८ लाख ७८ हजार ४५०, आइसिएफसी फाइनान्स रु १५ करोड ३७ लाख २७ हजार र एनआइसी एशिया बैंकको रु १४ करोड ५४ लाख ७१ हजार ११४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
त्यस्तै, घटेको बजारमा मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो । मेघा बैंक १.९७, बोटलर्स नेपाल तराई १.४२ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले मात्रै १.३० प्रतिशतले कमाए ।
उता, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स र गुर्खाज फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लाग्यो । जोशी हाइड्रोपावर ९.८८ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ९.८२ प्रतिशतले गुमाए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार