
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय टर्मिनलको पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला ३ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सुन भए पनि त्यसको प्राविधिक परीक्षण भइनसकेकाले त्यसलाई प्रहरीले ‘सुन जस्तो देखिने पहेँलो धातु’ भनेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– ७ ठेगाना भएका ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका– १२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–११ ठेगाना भएका ४३ वर्षीय सन्तबिर राई रहेका छन् ।
समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौँ आएका यात्रुहरुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले पक्राउ गरेको हो । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ७ सय ५० ग्राम सुनको बाला १४ थान र सिक्री १ थान आइतबार प्रहरीले बरामद गरेको छ ।
सिंगापुर र मलेसियाबाट काठमाडौँ आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौँ विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको विभिन्न स्थानहरुबाट शंकास्पद १५ जना यात्रुहरुले सुनजस्तो देखिने पहेँलो धातुको बाला र सिक्री लिई आएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानको क्रममा निजहरुलाई उक्त धातुका बाला तथा सिक्री आफूहरुको नभई मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउँने व्यक्तिलाई दिनु भनेर ल्याएको खुल्न आएपछि प्रहरीले उनीहरुको साथबाट उक्त परिमाणको धातु बरामद गरेको हो ।
;बरामद सुन जस्तो देखिने धातु तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति