
१एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
४रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले आउदो फागुनमा जनयुद्ध दिवसको अवसर पारेर पार्टीको नवाैँ महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
तनहुँको बन्दीपुरमा असोज १ गतेदेखि बसेको ११ औँ पूर्ण बैठकमा २ जना बाहेक सबै केन्द्रीय सदस्यको सबैको उपस्थिति थियाे । करिब ३ वर्ष लामो सरकारी प्रतिबन्धपछि बसेको बैठकमा राजनीतिक, वैचारिक र विचारधारात्मक छलफल भएको कार्यालयले जनाएको छ ।
बैठकले आगामी मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौँमा जनसभा तथा जनप्रदर्शन गर्ने र यसै बीचमा पार्टीका सबै जनवर्गीय सङ्गठन तथा मोर्चाहरूका राष्ट्रिय भेला/सम्मेलनहरू सम्पन्न गर्ने साथै पार्टीका स्थानिय तहदेखि जिल्लासम्मका सम्मेलनहरू गर्ने बैठकको निर्णय छ ।
बैठकले पार्टी महासचिव विप्लवले पेस गरेको राजनीतिक दस्ताबेज छलफल र आवश्यक परिमार्जनसहित पारित गरेको छ । बैठकमा सबै केन्द्रीय सदस्यले आआफ्नो कार्यक्षेत्रको रिपोर्टिङ र धारणा राखेका थिए । केन्द्रीय समितिको बैठकअगाडि २ दिनसम्म चलेको सचिवालयको बैठकमा महासचिव विप्लवले बैठकका लागि प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनउपर बहस भएको थियो ।

बैठकले राष्ट्रघाती एमसीसीविरोधी सबै शक्तिहरूसँग सहकार्य गर्दै एमसीसी बिरुद्धको आन्दोलनलाई निरन्तर अघि बढाउने निर्णय गर्नुका साथै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा र भ्रष्टाचार, कमिसनतन्त्रका विरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको छ । यस्तै पार्टीले आफ्नो भत्किएको आन्तरिक साङ्गठनिक संरचनाहरूलाई सूदृढ गर्न देशभर अभियान चलाउने निर्णय गरेको छ ।
बैठकमा १० बर्से जनयुद्धले छोडेका अधुरा कार्यभार पूरा गर्ने जिम्मा आफ्नो पार्टीको काँधमा आएको भन्दै विप्लवले पार्टी नेताहरूलाई जनताका सबैखाले समस्याहरूको समाधान गर्ने तरिका जनमतसङ्ग्रह भएकोले उक्त विषयमा सबै शक्तिहरूसँग सहकार्य र एकाकार भएर अघि बढ्दै एकीकृत जनक्रान्तिको कार्यदिशा जनतामा लिएर जान विशेष निर्देशन दिएका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव