
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ३० भदौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१ टुँडिखेलका प्रधानाध्यापक सूर्य तिवारीसहित तीनजना शिक्षकलाई पाँच बर्षसम्मका लागि परीक्षा सम्बन्धी कुनै पनि जिम्मेवारीमा संलग्न नहुन पत्राचार गरेको छ । साथै विद्यालयका प्रधानाध्यापक स्वतः परीक्षाको केन्द्राध्यक्ष हुने व्यवस्था भएपनि प्रधानाध्यापक तिवारीलाई हटाएर सहप्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी पनि बोर्डले सुम्पिएको छ ।
गत वर्ष कक्षा ११ को परीक्षा अमर्यादित ढंगले सञ्चालन गरेको विषयमा प्रधानाध्यापक तिवारीसहित तत्कालिन सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई संयुक्त रुपमा गत माघ २ गते बोर्डले जिल्ला प्रहरी कार्यालय कास्कीमा कारवाहीका लागि पत्राचार गरेको थियो । सोही घटनामा होटलमा पु¥याएर परीक्षा लिने वाहनामा छात्रामाथि शिक्षक वस्ताकोटीले जबरजस्ती करणीको प्रयास गरेको उजुरी पनि पीडित छात्राले प्रहरीमा दिएकी थिईन् ।
अमर्यादित रुपमा परीक्षा सञ्चालन गरेको आरोप लागेका प्रधानाध्यापक तिवारीलाई जिल्ला अदालत कास्कीले ५० हजार रुपैयाँ, सहायक प्रधानाध्यापक रेग्मी र शिक्षक बस्ताकोटीलाई एकलाख ५० हजार रुपैयाँ धरौंटी तोकेको थियो । अन्य दुई शिक्षक धरौंटीमा रिहा भएपनि शिक्षक बस्ताकोटीमाथि लागेको जबरजस्ती करणी मुद्दाका कारण उनलाई पुर्पक्षका लागि कास्की कारागार पठाईएको थियो ।

गत वर्ष कक्षा ११ की एक छात्रालाई होटलको रुममा लगेर परीक्षा लिएको विषयमा राष्ट्रिय परीक्षा बोर्डले प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिई कारवाही गरेको थियो । फाईल तस्विर
अमर्यादित रुपमा परीक्षा सञ्चालन गरेका प्रधानाध्यापक तिवारीसहित तीननजाको विषयलाई लिएर बोर्डले भदौं २५ गते राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेश पोखरालाई पत्राचार गरेको थियो । प्रधानाध्यापक तिवारीसहित शिक्षकद्वय रेग्मी र वस्ताकोटीलाई आगामी पाँच वर्षसम्म परीक्षा सम्बन्धी कुनै पनि जिम्मेवारी नदिन बोर्डले निर्णयसहितको पत्राचार पठाएको गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख विष्णु नारायण श्रेष्ठले जानकारी दिएका छन् ।
बोर्डको निर्णय अनुसार राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलमा आजबाट शुरु भएको कक्षा १२ को परीक्षामा सहायक प्रधानाध्यापक शिवभक्त देवकोटालाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको हो । स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमा बोर्डले आजबाट विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा सञ्चालन गरेको छ ।
अटेरी प्रधानाध्यापक :
राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका प्रधानाध्यापक सूर्य तिवारी आजबाट शुरु भएको कक्षा १२ को परीक्षामा मुख्य प्रवेशद्वारमा बसेर काम गरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डको निर्णय र पत्राचार अनुसार प्रधानाध्यापक तिवारी लगायतका ३ जना शिक्षकहरु परीक्षाका कुनै पनि गतिविधिहरुमा ५ बर्षसम्म संलग्न हुन पाउँदैनन् । तर बोर्डको निर्णयलाई लत्याउँदै अभिभावक, विद्यार्थी र विद्यालयलाई नै गुमराहमा पार्ने गरी प्रधानाध्यापक तिवारीले यसरी परीक्षाको समयमा विद्यालयमा चहलपहल दिने काम गरिहेका छन् ।
‘अपराधमा पनि राजनीति गर्नेहरुले कुकर्म गर्नेहरुलाई उचाल्दा यस्तो स्थिति आएको हो,’ एकजना अभिभावकले भने–‘प्रधानाध्यापकले अहिले पनि जबरजस्ती हामी अभिभावक, विद्यार्थी र बाहिरी जनमानसमा भ्रम छर्ने काम गरिरहेका छन् ।’ तत्कालै राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेश पोखराले अनुगमन गरी प्रधानाध्यापक तिवारीलाई कारवाही गर्नुपर्ने अभिभावकहरुको माग छ ।
एक अभिभावकले भने–‘छात्रालाई होटलको रुममा लगेर परीक्षाका नाममा बलात्कारको प्रयास गर्नेहरु राजनीतिक संरक्षणका कारण अझै दम्भ प्रदर्शनमा उत्रिरहेका छन् । अलिकति नैतिकता हुने हो भने अरुले भनिरहनु पर्ने विषय नै होइन । आफैंलाई लाज लाग्नुपर्ने हो ।’ राष्ट्रिय मावि भित्रको राजनीतिक चलखेलका कारण गलत गतिविधि गर्नेहरुले समेत संरक्षण प्राप्त गरिरहेका छन् । जसले गर्दा विद्यालयको छवि र विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन