
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
पोखरा, ३० भदौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१ टुँडिखेलका प्रधानाध्यापक सूर्य तिवारीसहित तीनजना शिक्षकलाई पाँच बर्षसम्मका लागि परीक्षा सम्बन्धी कुनै पनि जिम्मेवारीमा संलग्न नहुन पत्राचार गरेको छ । साथै विद्यालयका प्रधानाध्यापक स्वतः परीक्षाको केन्द्राध्यक्ष हुने व्यवस्था भएपनि प्रधानाध्यापक तिवारीलाई हटाएर सहप्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी पनि बोर्डले सुम्पिएको छ ।
गत वर्ष कक्षा ११ को परीक्षा अमर्यादित ढंगले सञ्चालन गरेको विषयमा प्रधानाध्यापक तिवारीसहित तत्कालिन सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई संयुक्त रुपमा गत माघ २ गते बोर्डले जिल्ला प्रहरी कार्यालय कास्कीमा कारवाहीका लागि पत्राचार गरेको थियो । सोही घटनामा होटलमा पु¥याएर परीक्षा लिने वाहनामा छात्रामाथि शिक्षक वस्ताकोटीले जबरजस्ती करणीको प्रयास गरेको उजुरी पनि पीडित छात्राले प्रहरीमा दिएकी थिईन् ।
अमर्यादित रुपमा परीक्षा सञ्चालन गरेको आरोप लागेका प्रधानाध्यापक तिवारीलाई जिल्ला अदालत कास्कीले ५० हजार रुपैयाँ, सहायक प्रधानाध्यापक रेग्मी र शिक्षक बस्ताकोटीलाई एकलाख ५० हजार रुपैयाँ धरौंटी तोकेको थियो । अन्य दुई शिक्षक धरौंटीमा रिहा भएपनि शिक्षक बस्ताकोटीमाथि लागेको जबरजस्ती करणी मुद्दाका कारण उनलाई पुर्पक्षका लागि कास्की कारागार पठाईएको थियो ।

गत वर्ष कक्षा ११ की एक छात्रालाई होटलको रुममा लगेर परीक्षा लिएको विषयमा राष्ट्रिय परीक्षा बोर्डले प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिई कारवाही गरेको थियो । फाईल तस्विर
अमर्यादित रुपमा परीक्षा सञ्चालन गरेका प्रधानाध्यापक तिवारीसहित तीननजाको विषयलाई लिएर बोर्डले भदौं २५ गते राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेश पोखरालाई पत्राचार गरेको थियो । प्रधानाध्यापक तिवारीसहित शिक्षकद्वय रेग्मी र वस्ताकोटीलाई आगामी पाँच वर्षसम्म परीक्षा सम्बन्धी कुनै पनि जिम्मेवारी नदिन बोर्डले निर्णयसहितको पत्राचार पठाएको गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख विष्णु नारायण श्रेष्ठले जानकारी दिएका छन् ।
बोर्डको निर्णय अनुसार राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलमा आजबाट शुरु भएको कक्षा १२ को परीक्षामा सहायक प्रधानाध्यापक शिवभक्त देवकोटालाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको हो । स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमा बोर्डले आजबाट विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा सञ्चालन गरेको छ ।
अटेरी प्रधानाध्यापक :
राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका प्रधानाध्यापक सूर्य तिवारी आजबाट शुरु भएको कक्षा १२ को परीक्षामा मुख्य प्रवेशद्वारमा बसेर काम गरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डको निर्णय र पत्राचार अनुसार प्रधानाध्यापक तिवारी लगायतका ३ जना शिक्षकहरु परीक्षाका कुनै पनि गतिविधिहरुमा ५ बर्षसम्म संलग्न हुन पाउँदैनन् । तर बोर्डको निर्णयलाई लत्याउँदै अभिभावक, विद्यार्थी र विद्यालयलाई नै गुमराहमा पार्ने गरी प्रधानाध्यापक तिवारीले यसरी परीक्षाको समयमा विद्यालयमा चहलपहल दिने काम गरिहेका छन् ।
‘अपराधमा पनि राजनीति गर्नेहरुले कुकर्म गर्नेहरुलाई उचाल्दा यस्तो स्थिति आएको हो,’ एकजना अभिभावकले भने–‘प्रधानाध्यापकले अहिले पनि जबरजस्ती हामी अभिभावक, विद्यार्थी र बाहिरी जनमानसमा भ्रम छर्ने काम गरिरहेका छन् ।’ तत्कालै राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेश पोखराले अनुगमन गरी प्रधानाध्यापक तिवारीलाई कारवाही गर्नुपर्ने अभिभावकहरुको माग छ ।
एक अभिभावकले भने–‘छात्रालाई होटलको रुममा लगेर परीक्षाका नाममा बलात्कारको प्रयास गर्नेहरु राजनीतिक संरक्षणका कारण अझै दम्भ प्रदर्शनमा उत्रिरहेका छन् । अलिकति नैतिकता हुने हो भने अरुले भनिरहनु पर्ने विषय नै होइन । आफैंलाई लाज लाग्नुपर्ने हो ।’ राष्ट्रिय मावि भित्रको राजनीतिक चलखेलका कारण गलत गतिविधि गर्नेहरुले समेत संरक्षण प्राप्त गरिरहेका छन् । जसले गर्दा विद्यालयको छवि र विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की