
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अनुगमन गरेका छन् । कोभिडको तेस्रो लहर आउने आँकलन स्वास्थ्यविदहरुले गरिरहेका बेला उक्त अस्पतालले गरेको तयारी बारे जानकारी लिन मुख्यमन्त्री आकस्मिक रुपमा अनुगमनमा निस्केका हुन् ।
मुख्यमन्त्रीले कोभिड वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन आपुर्ति केन्द्र, मेडिकल वार्ड, प्रसूति वार्ड र एनआइसियु वाड अनुगमन गरी बिरामीसँग अन्तक्रिया समेत गरे । तेस्रो लहरको प्रभाव बालबालिकामा हुने अनुमान गरिएकामा अस्पतालले त्यही अनुसारको तयारी गर्न मुख्यमन्त्री पोखरेलले अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
जनशक्ति, अक्सिजन लगायत अन्य व्यवस्थापनका लागि प्रदेशले सघाउने भन्दै मुख्यमन्त्री पोखरेलले गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन् । निम्न आय भएका बिरामीहरु सरकारी अस्पतालमा नै आउने भएकाले कोभिडका अतिरिक्त अरु बिरामीको उपचारमा पनि ध्यान पु¥याउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।
संघ मातहत रहेको अस्पतालले प्रदेशसँगको समन्वयमा कोभिड नियन्त्रण, रोकथाम र उपचारका लागि काम गर्दै आएको छ । कोभिडको उपचारका कारण अन्य बिरामी समस्यामा परेको गुनासो बढेपछि अहिले अस्पताले व्यवस्थापन गरेको निर्देशक डा. भरत खत्रीले बताए । गण्डकीका सबै जिल्ला र अन्यत्रबाट समेत गण्डकी अस्पतालमा बिरामी आउने गरेका छन् ।
उक्त अवसरमा प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्रीले क्षेत्रीय अस्पतालमा बिरामीको चाप कम गराउन जिल्ला अस्पतालहरुसँग समन्वय गर्दै आएको बताए । अहिले अस्पताल परिसरमै अक्सिजन प्लान्ट स्थापना भएर वार्डहरुमा आपुर्ति समेत सुरु भएको छ । कोभिडका बिरामी बढी भएको अवस्थामा जगेडा सिलिन्डर प्रयोग गर्ने गरी प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय भइरहेको उनले जानकारी गराए ।
प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी रहेको कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव डा. विनोदबिन्दु शर्माले अस्पतालमा आइलागेका समस्या समाधानका लागि आफूहरु तत्पर रहेको भनाइ राखेका छन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने