
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
६चुनावी मैदानमा विप्लव
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ तमुधिं यूकेले सञ्चालन गर्न लागेको ‘नेपाली मेला’को तयारी अन्तिम चरणमा पुगेको छ । बेलायतकै सबैभन्दा वृहत फुटबल प्रतियोगिता ‘गोर्खा कप’ सकिएको महिना दिन भित्रैं केम्पटन पार्क रेस कोर्समा मेला हुने भएको हो ।
कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको यो मेला यसपटक १२ औं संस्करणमा लन्डनस्थित नेपाली दुतावासको सहकार्यमा सञ्चालन हुन लागेको हो । यस अघि तमुधिं यूकेका तर्फबाट मिचेटमा पत्रकार सम्मेलनको आयोजना गर्दै वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक हरि गुरुङले यसको तयारीका बारेमा जानकारी दिएका थिए ।
वरिष्ठ उपाध्यक्ष गुरुङका अनुसार यो मेला सम्पन्न गर्नका लागि अनुमानित ३० हजार पाउण्ड खर्च हुने र यसमा १९ विभिन्न संघसंस्थाहरुले भाग लिनेछन् । मेलामा ती संस्थाहरुले नेपाली कला, संस्कृति, परम्परा, रहनसहन र भेषभूषा झल्काउने विभिन्न झाँकी र नृत्यहरु प्रस्तुत गर्नेछन् ।
सो मेलामा विगतमा आठदेखि १० हजारसम्म दर्शकहरुको सहभागिता रहने गर्दथ्यो । यसपटक करिब तीनहजार दर्शकको सहभागिता रहने आँकलन आयोजक संस्थाले गर्नुका साथै मेलामा बेलायत सरकारले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड र अन्य नियमहरु हटाए पनि इच्छुक आगन्तुकलाई मास्क र स्यानिटाइजरको उपलब्ध गराईने भएको छ ।
२९ अगस्टको दिउँसो १ बजे झाँकीसहित विभिन्न प्रस्तुतीका साथ शुरु हुने यस मेलाका उद्घाटन राजदूत लोकदर्शन रेग्मीले मेलाको गर्ने कार्यक्रम रहेको छ । कोरोना महामारीका कारण विगतमा जस्तो अन्य देशका कूटनीतिज्ञहरु यसपटक भने उल्लेख्य मात्रामा हुँदैनन् कि भन्ने चिन्ता आयोजक संस्थाले व्यक्त गरेको छ ।
‘कुटनीतिज्ञहरुलाई निमन्त्रणा गर्ने जिम्मा दूतावासलाई दिइएको हो । समय अभाव, कोभिड र दूतावासमा सबै नयाँ टिम भएका कारण धेरै डिप्लोम्याट्स नहुन सक्छन्’, संयोजक गुरुङले भने, ‘तर, विदेशीहरु र स्थानीय काउन्सिल नेताहरु दर्शकका रुपमा रहने अपेक्षा छ ।’
मेलामा खाना, च्यारिटी, हस्तकला लगायतका २७ व्यापारिक स्टल रहनेछन् । विभिन्न सांस्कृतिक प्रस्तुति र दर्शकले काटेको टिकटबाटै राफल ड्र पनि सञ्चालन गरिनेछ । राफल ड्रमा प्रथम हुनेलाई एक तोला सुन, द्वितीयलाई ट्याबलेट र तृतीयलाई एक सय पाउन्ड नगद दिइने तमुधिं युकेले जनाएको छ । बिहान १० देखि साँझ ८ बजेसम्म हुने मेलामा सहभागी भएर नेपाली मौलिकपनको स्वाद लिन अध्यक्ष हितकाजी गुरुङले अपिल गरेका छन् ।
‘नेपाली मेला तमुधिं यूकेको मात्र नभई समस्त बेलायतवासी नेपालीको हो । यो मुनाफा कमाउने उद्देश्यले गर्न लागिएको होइन,’ अध्यक्ष गुरुङले भने,’ विदेशमा पनि नेपाली कला, संस्कृति, रीतिरिवाज, भेषभूषा, धर्म संरक्षण र प्रवर्द्धन हाम्रो मुख्य उद्देश्य हो।’
आयोजकका अनुसार मेलामा झाँकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई १ हजार १ सय पाउन्डसहित एम्बासडर कप प्रदान गरिनेछ । प्रथम हुनेलाई ३ सय पाउन्डको एनआरएनए यूके कपसमेत दिइनेछ । दोस्रो हुनेलाई ७ सय पाउन्ड एवं तेस्रो हुनेलाई ५ सय पाउन्ड नगद प्रदान गरिनेछ ।
त्यसैगरी झाँकीमा मात्र प्रथम हुनेलाई ५ सय पाउन्ड र दोस्रो हुनेलाई ३ सय दिइनेछ । नृत्यमा प्रथम हुनेलाई ५ सय पाउन्ड र दोस्रो विजेतालाई ३ सय पाउन्ड प्रदान गरिनेछ । मेलाका लागि दूतावासबाट २५ सय पाउन्ड सहयोग प्राप्त भएको तमुधिं यूकेले जनाएको छ । झाँकी निर्णायकमा नेपाली कला–संस्कृतिविद् चार जना र नृत्यको निर्णायकमा तीनजना रहनेछन् ।
मेलाका लागि दूतावासबाट २५ सय पाउण्ड सहयोग प्राप्त भएको तमुधिं यूकेले जनाएको छ । झाँकी निर्णायकमा नेपाली कला, संस्कृतिविद ४ जना र नृत्यको निर्णायकमा ३ जना बेग्लै व्यक्ति रहने आयोजकले जनाएका छन् ।
महासचिव परशु गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा आमा समूहकी महासचिव यशोदा गुरुङले आफ्नो तयारीबारे जानकारी दिइन् । सो अवसरमा तमुधिं यूकेका मिडिया सेक्रेटरी एस के गुरुङले उपस्थित मिडियाकर्मीहरुको परिचय गराएका थिए भने अध्यक्ष हितकाजी गुरुङले खादा र मेला पास उपलब्ध गराई सम्मान गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालसहित शाखाका अधिकांश पदाधिकारी, अन्य पत्रकारहरु, सल्लाहकारहरु र इकाइ अध्यक्ष लगायतको सहभागिता थियो ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण