
१रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
२स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
३विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
४बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
५स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
६पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
७ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१०रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
कृष्ण न्यौपाने
दमौली, ७ भदौ । आजभन्दा २५० वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न तनहुँको बन्दिपुर बसाइँसराइ गरी आए । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दिपुरलाई थाततलो बनाए । भक्तपुरबाट उनीहरु मात्रै बन्दिपुर आएनन्, सँगै आएको थियो भक्तपुरे नेवारी संस्कृति ।
विसं १८२५ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरु बन्दिपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दिपुर छिरेका भक्तपुरका नेवारकै कारण बन्दिपुरमा आजसम्म गाईजात्राको परम्परा कायम छ ।
त्यहीबेलादेखि नै बन्दिपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आएको बन्दिपुर नेवा पुचका अध्यक्ष किसान प्रधान बताउनुहुन्छ । “भक्तपुरबाट बन्दिपुरमा नेवार मात्रै छिरेनन्, जात्रा र संस्कृति पनि छि¥यो । उनीहरुले बन्दिपुरमा व्यापार मात्रै गरेनन् । पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आए”, प्रधानले भन्नुभयो । साढे दुई सय वर्ष पहिलादेखि नै बन्दिपुरमा भाद्र कृष्ण प्रतिपदाका दिनमा गाईजात्रा पर्व भव्यताका साथ मनाउँदै आएको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार बन्दिपुरका नेवारले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । “हाम्रा पुर्खाले मनाउँदै आएका पर्व र संस्कृति बिर्सने कुरा हुँदैन, प्रत्येक वर्ष त्यसलाई निरन्तरता दिँदै आएका छौँ”, प्रधानले भन्नुभयो ।
बन्दिपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दिपुरको नामकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डि भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ । कोरोना कहर सुरु भएपछि भने बन्दिपुरमा पहिलाको जस्तो गाईजात्राको रौनक हराउँदै आएको छ ।
“निकै उल्लासमय रूपमा गाईजात्रा मनाउने प्रचलन रहँदै आएको छ, तर कोरोना महामारीका कारण धेरै भीडभाड गर्न नहुने, संस्कृति जोगाउनका लागि भए पनि सतर्कता अपनाएरै गाईजात्रा मनाउँदै आएका छौँ”, उहाँले भन्नुभयो । प्रधानले आज पनि बन्दिपुरमा गाईजात्रा मनाउने तयारीमा आफूहरु जुटेको बताउनुभयो । बन्दिपुर बजारमा मात्रै १३४ घरधुरी नेवार समुदायको छ ।
बन्दिपुरमा भक्तपुरे शैलीका घर निर्माण गरिएका छन् । बन्दिपुरमा नेवार समुदायले बिस्केट जात्रा, लाखे नाच, गाईजात्रा, बाघ जात्रा, रोपाइँ जात्रालगायत मनाउँदै आएका छन् । भक्तपुरे शैलीमा निर्माण गरिएको आकर्षक घर हेर्नकै लागि बन्दिपुरमा देश तथा विदेशबाट पर्यटकको ओइरो लाग्छ ।
विसं २०२५ सम्म बन्दिपुर तनहुँको सदरमुकाम थियो । त्यसपछि सदरमुकाम दमौलीमा सारिएको थियो । सदरमुकाम दमौली सारिएपछि बन्दिपुर एकाएक खण्डहर जस्तै भयो । बन्दिपुरको व्यापार ओरालो लाग्ने क्रम सुरु भयो । विसं २०४९ मा काठमाडाँैमा बसोबास गर्दै आएका बन्दिपुरे जुर्मुराए । सामाजिक अगुवा चिजकुमार श्रेष्ठको अग्रसरतामा गठन भएको बन्दिपुर सामाजिक विकास समितिले काठमाडौँका भएकालाई कम्तीमा वर्षको एकपटक बन्दिपुर पुग्नैपर्ने नियम बनायो ।
विसं २०५३ मा सरकारको सहयोगमा बन्दिपुर प्रोजेक्ट शुरु गरिएको थियो । बन्दिपुर प्रोजेक्टमार्फत नै बन्दिपुरका पुराना पुरातात्विक महत्वका घरको संरक्षण सुरु भएको श्रेष्ठ बताउनुहुन्छ । भक्तपुरे शैलीमा घर पुनःनिर्माण भएपछि विदेशी पर्यटक फेरि बन्दिपुर भित्रिन थालेको उहाँ सम्झनुहुन्छ । बन्दिपुरका साथै तनहुँका विभिन्न ठाउँमा आज गाईजात्रा मनाइँदैछ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिकामा नेवार समुदायको बाक्लो बसोबास छ । वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाउँदै आएको छाङ्गेली नेवा खल दमौलीका पूर्वअध्यक्ष क्याप्टेन तारालाल मल्लले बताउनुभयो ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा आजका दिन नेवार समुदायले गाई वा बाँसको डोकोलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति