
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला र नीति तथा योजना आयोगमा डा.सुवास अधिकारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा. अधिकारीलाई र यसअघिको बैठकले बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६० अनुसार मुख्यमन्त्रीको सिफारिसमा बास्तोलालाई नियुक्त गरेकी हुन् । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार हुन् ।
मुख्य न्यायाधिवक्ताको मर्यादाक्रम उच्च अदालतको न्यायाधीश सरह हुन्छ । संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुनेछ ।
उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष समेत रहेको बास्तोला डेमोक्रटिक लयर्स एसोसिएसन कास्की पूर्वअध्यक्ष हुन् । २५ वर्षदेखि कानुन व्यवसायमा क्रियाशील बास्तोला पोखरा ११ फूलबारीका स्थायी बासिन्दा हुन् ।
यसैगरी, नीति तथा योजना आयोगमा तनहुँ म्याग्देका डा. अधिकारीलाई आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले सोमबार सपथ ग्रहण गराएका छन् ।
आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काको उपस्थितिमा उपाध्यक्ष काफ्लेले सपथ गराएका हुन् । सपथमा मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, मन्त्रालयका सचिव लगायत सहभागी थिए ।
३८ वर्षे अधिकारी युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट वातावरण विज्ञानमा विद्यावारिधि हुन् । उनी भारतको बैंगलोर युनिभर्सिटी भारतबाट माइक्रो बायोलोजीमा स्नातक गरेका छन् ।
युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट एक्सलेन्ट इन्टरनेसनल स्टुडेन्ट अवार्ड समेत प्राप्त गरेका छन् । उनीसँग जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोबायोलोजी र बायोलोजी विभाग प्रमुखको कार्यानुभव छ ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा विज्ञान प्रविधि तथा अन्य विषयहरुमा अनुसन्धानमूलक दर्जनौं लेख प्रकाशन गरेका छन् ।
आफ्नो अध्ययनको क्षेत्र अनुसार अनुभवको प्रयोग गर्दै प्रदेशलाई अझ अब्बल बनाउने प्रतिबद्धता उनले जनाएका छन् । आयोगमा असार ५ गते नै उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । ३ सदस्यीय आयोगमा १ पद अझै खाली नै छ ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर