
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा । नेपाल कम्युनिष्ट पार्टी कास्कीले जनयुद्धका सहिद विजयराज बास्तोलाको १८ औं स्मृतिसभा सम्पन्न गरेको छ । नेकपा कास्कीले बास्तोलाको योगदान र बलिदानको उच्च सम्मान गर्दै उनकै घरमा पुगेर स्मृति सभा गरेको जनाएको छ ।
जनयुद्धका क्रममा तत्कालिन शाही सेनाले २०६१ असार १६ गते तत्कालिन नेकपा माओवादीका अन्य कार्यकर्ताहरुसहित पक्राउ गरेर यातना दिदैं निर्मम हत्या गरेको थियो । शाही सेनाले सहिद अजितसँगै पक्राउ परेका देवेन्द्र पोखरेल ‘संकल्प’लाई पनि निर्मम हत्या गरेको थियो । सोही दिन कोपिला रानाभाट ‘सुमन’को पनि शाही सेनाले कास्कीको ल्वाङघलेल गाविसमा पक्राउ गरी खाल्डो खन्न लगाएर त्यहीँ खाल्डोमा गोली ठोकी निर्मम हत्या गरेको थियो ।
जनताको मुक्तिका लागि संघर्षरत इमान्दार अनि साहसी नेता बास्तोला लगायतले मर्न तयार भए तर कुनै पनि पार्टीको सूचना शाही सेनालाई दिन मानेनन् र मृत्युवरण गर्न पुगे । उनको हत्याले श्रीमती खिमादेवी, भाइ उदयराज, दिदी पार्वती अधिकारी, छोरा प्रकाश, छोरीहरु पवित्रा र अस्मिताले अभिभावक मात्र होइन, सिङ्गो मुलुकले नै एक होनहार र इमान्दार व्यक्ति गुमाउन पुग्यो ।
बाबु कृष्णविलास बास्तोला र आमा कृष्णकुमारी बास्तोलाको कोखबाट २०२५ भदौं ३१ गते साविक सिद्ध गाविस वडा नं. १, टाकान्जा कास्कीमा सहिद विजयराजको जन्म भएको थियो ।
सहिद अजित जनयुद्धकालमा २०५६ जेठ १ गते देखि पार्टीको पूर्णकालिन कार्यकर्ता भएर संघर्षमा होमिएका थिए । पार्टीको योजनामा पश्चिम रोल्पा, रुकुमसम्म अभियानकर्मीको रुपमा पुगेका उनी तत्कालिन अवस्थामा नेकपा माओवादीको ईलाका पार्टी सदस्य थिए ।

सहिद अजितको तस्विरमा माल्यार्पण गर्दै सहिदपत्नी खिमादेवी बास्तोला ।
बुबाको शाही सेनाले हत्या गरेसँगै क्रान्तिको अविछिन्न यात्रामा सहिदपुत्र प्रकाश निरन्तर अघि बढिरहेका छन् । पटक–पटक प्रहरी हिरासत, यातना र संघर्ष गर्दै अघि बढिरहेका सहिदपुत्र प्रकाश ‘मार्शल’ गण्डकी प्रदेश कैं चर्चित युवा विद्यार्थी नेता हुन् । इमान्दार, साहसी र जुझारु छवि बनाएका मार्शल यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरिरहेको नेकपामा आवद्ध छन् ।
स्मृतिसभामा नेकपा कास्कीका सेक्रेटरी गोकुल पराजुली, स्याङ्जा इञ्चार्ज सुजन, सहिद पुत्र तथा विद्यार्थी नेता प्रकाश बास्तोला ‘मार्शल’, सहिदपत्नी खिमादेवी र दुई छोरीहरु पवित्रा र अस्मिता एवं पुराना माओवादी नेताको उपस्थिति रहेको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !