
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा । अविरल परेको बर्षाको कारण कास्कीमा एकजनाको मृत्यु हुनुका साथै करोडौंको भौतिक सामाग्रीहरुको क्षति भएको छ । कास्की जिल्लामा पहिरोमा पुरिएर माछापुच्छ्रे गाउँपालिका वडा नं. १ की ४८ वर्षीय लिला विकको मृत्यु भएको छ ।
पोखरा वडा नं. ९ स्थित रामघाटमा सेती नदी थुनिँदा त्यहाँ वरपर बस्ने वस्तीहरु जोखिममा रहेका छन् । सेती नदीमा बाढी आउँदा रामघाट नजिकै एक फार्महाउसबाट ४० भन्दा बढि बंगुर बगाएको र ६ वटा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
अन्नपुर्ण गाउँपालिका–१० घान्द्रुक स्थित माथिबाट आएको पहिरो र मादी गाउँपालिका–७ मा मादी खोलाको पानीको बहाब बढ्न जाँदा ६ घर परिवार बिस्थापित भएका छन् । त्यस्तै, मादी गाँउपालिका–१ होकु स्थित कपुजे खोला र नौलो खोलाको बहाब बढ्न गई २ वटा भेडी गोठ र अन्दाजी चारसय वटा भेडा बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
मादी गाउँपालिका वडा नं. १ मा निर्माणाधिन सुपरमादी हाइड्रोपावरमा बाढीले १ अर्ब रूपैयाँ बराबरको क्षति पुगेको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिएका छन् । त्यसतर्फ क्षतिको निरीक्षण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठको टोली त्यहाँ पुगेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार गाउँपालिका कैं वडा नं. ६ को ५०/६० घरपरिवारको वस्ती हाइजुङ गाउँ जोखिममा रहेको छ । त्यहाँ गाउँमाथिबाट पहिरो खस्न थालेको गाउँपालिकाका अध्यक्ष कुँवरले बताए । त्यसैगरी, अन्नपूर्ण गाउँपालिका कैं वडा नं. ७ मा रहेको विरेठाँटीमा हाइड्रो पावरका कारण खोला अव्यस्थित हुँदा नजिकैका वस्तीहरु जोखिममा परेका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !