
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरां । भारी वर्षाका कारण कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्र खतरामा परेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले यी क्षेत्रहरुमा खतराको संकेत देखिएको भन्दै साईरन बजाएको छ ।
कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा थप वर्षा हुने सम्भावना भएकाले आकस्मिक बाढी आउने र पहिरो जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । खतराको साईरन बजे लगत्तै गण्डकी प्रदेशका सुरक्षा निकायहरु ‘हाई अलर्ट’मा रहेका छन् ।गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालका अनुसार सुरक्षा निकायहरुलाई जोखिम क्षेत्रहरु वरपर ‘हाई अलर्ट’मा राखिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार बढि पानी पर्ने क्षेत्र भएकै कारण पनि लुम्ले जोखिममा भएकोले आफूहरु विहानैदेखि सर्तक अवस्थामा रहेको बताए । प्रमुख कुँवरले यतिबेला गाउँपालिका कैं वडा नं. ६ को ५०/६० घरपरिवारको वस्ती हाइजुङ गाउँ जोखिममा रहेको छ । त्यहाँ गाउँमाथिबाट पहिरो खस्न थालेको गाउँपालिकाका अध्यक्ष कुँवरले बताए ।
त्यसैगरी, अन्नपूर्ण गाउँपालिका कैं वडा नं. ७ मा रहेको विरेठाँटीमा हाइड्रो पावरका कारण खोला अव्यस्थित हुँदा नजिकैका वस्तीहरु जोखिममा रहेका छन् । खोला किनारका घरहरु र वस्ती जोखिममा रहेकोले त्यसतर्फ पनि गाउँपालिकाले सर्तकता अपनाउँदै जानकारीहरु दिएको उनले बताए ।
लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बाग्लुङ खण्ड गए रातीदेखि अबरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहर्षधारामा पहिरो खस्दा रातीदेखि नै सडक अवरुद्ध भएको हो । लगातारको बर्षा र पहिरो झरिरहेका कारण तत्कालै बाटो खुलाउन नसकिएको ट्राफिक प्रहरी कार्यालय पवर्तले जानकारी दिएको छ ।
यता, म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडक समेत अवरुद्ध भएको छ । जलजला गाउँपालिका वडा नं. ८ नाङ्लीवाङको फर्से, वडा नं. ७ को केराबारी र वडा नं. ३ को लामाखेतमा पहिरो जाँदा गए राती देखि नै सडक अवरुद्ध भएको हो । दक्षित पर्वत जिल्लाको हुवास–वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका छन् । शनिवारदेखि परेको बर्षा नरोकिए पछि बाढी पूर्वानुमान महाशाखाले यी क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।