
१पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
९अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११अफवाह नफैलाउन प्रहरीको आग्रह
१२बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
३अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
४सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
५कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
६‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
७‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
८१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
९गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
१२भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
पोखरा । गण्डकी प्रदेशमा भोलि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिदैंछन् । तर अंकगणीय हिसाबले सत्ता पक्ष र विपक्षी गठबन्धन दुवै अल्पमतमा देखिन्छन् । एमालेका मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउँदा भोलि सरकार ढल्ने प्रायः निश्चित नै छ ।
‘प्रदेश सभा जोगाउनका लागि मुख्यमन्त्री गुरुङलाई मतदान गर्न सकिदैंन,’ माओवादी केन्द्र संसदीय दलका नेता हरि चुमानले भने–‘हाम्रो मत पुग्छ । प्रदेश सभालाई जोगाउन आफैंले सरकार निर्माणको लागि पहल गर्दैछौं ।’
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । सत्ता पक्षसँग २७, स्वतन्त्र उमेद्वार राजीव गुरुङ (दीपक मनाङे) र राष्ट्रिय जनमोर्चाका कृष्ण थापा गरी २९ मत सांसद मात्र छन् । जसमा सर्वोच्च अदालतले फैसला गरेर सांसद पद थामिएका थापा विरुद्ध राष्ट्रिय जनमोर्चाले पुनर्बहाली बिरुद्ध ‘भ्याकेट’ निवेदन दर्ता गराएको छ । जुन निवेदनको भोलि नै सुनुवाई पनि हुँदैछ ।
राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता पियारी थापाले सर्वोच्च अदालतले गलत नजिर बसाल्न नहुने र सांसद कृष्ण थापालाई पार्टीले गरेको कारवाही जाहेज भएको बताईन् ।
यता, अहिलेको अंकगणितमा विपक्षी गठबन्धनसँग पनि बहुमत पुग्दैन । नेपाली कांग्रेस १५, नेकपा माओवादी १२ (सभामुखसहित) र जनता समाजवादी २ गरी २८ सांसद छन् । राष्ट्रिय जनमोर्चाका थापाबाहेक २ सांसदले साथ दिँदा ३० मात्र पुग्छ । त्यस्तो अवस्थामा नयाँ सरकार नबन्ने र प्रदेशसभा विघटन भएर फेरि मध्यावधि निर्वाचनतिर जाने देखिन्छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसद कुमार खड्काले मुख्यमन्त्रीले सर्वदलीय सरकार भन्दा पनि प्रलोभनका कुरा गरेर दीपक मनाङेलाई बोलाए जस्तो गरी दलहरुलाई बोलाउनु अराजनीतिक भएको बताए ।
रोचक पक्ष सत्ता पक्षसँग मात्र होइन विपक्षी गठबन्धनसँग पनि बहुमत छैन । नेपाली कांग्रेस १५, नेकपा माओवादी १२ (सभामुखसहित) र जनता समाजवादी २ गरी २८ सांसद छन् । राष्ट्रिय जनमोर्चाका थापाबाहेक २ सांसदले साथ दिँदा ३० मात्र पुग्छ । विपक्षीलाई नयाँ सरकार गठनका लागि अझै १ मत चाहिन्छ । अहिलेको अवस्थामा माधव नेपाल समूहका एकमात्र सांसद्ले पनि फ्लोर क्रस गर्ने अवस्था छैन । जनमोर्चाका अर्का सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई सहयोग नगर्ने सार्वजनिक गरिसकेका छन् ।
गत वैशाख २९ गते प्रदेशसभाको ठूलो दलको नेताका हैसियतले दोस्रो पटक पृथ्वीसुब्बा गुरुङ मुख्यमन्क्री नियुत्त भएका थिए । मुख्यमन्क्री नियुत्त भएको एक महिनाभित्र संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनु पर्दछ । सोही अनुसार मुख्यमन्त्री गुरुङले जेठ २७ गते भोलि विश्वासको मत लिदैंछन् ।
यस्तो अवस्थमा भोलि २७ गते मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् भने प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्क्री नियुत्तका लागि प्रदेशसभा सदस्यले बहुमत प्राप्त गर्ने अवस्था आधार प्रस्तुत गर्न आह्वान गर्नैपर्छ । त्यस्तो अवस्थामा नयाँ सरकार नबन्ने र प्रदेशसभा विघटन भएर फेरि मध्यावधि निर्वाचनतिर जान सक्ने स्थिति पनि देखा पर्नेछ ।
प्रदेशसभा सदस्यमा फर्किएका थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै पक्षमा उभिने अडान कायमै राखे पछि विपक्षी गठबन्धनका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन गर्ने योजना असफल भएको छ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
३अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
४सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
५कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत