
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ र पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री बनेका छन् । त्यसै ओलीले पुराना ४ मन्त्रीलाई राख्दै अरुलाई विदाई गरेका छन् ।
जसपाका नेता महतो उपप्रधानसहित सहरी विकास मन्त्री बनेका छन् । महतोलाई उपप्रधानमन्त्री बनाएसँगै सामाजिक सञ्जालहरुमा प्रधानमन्त्री ओलीको नक्कली राष्ट्रवाद उदाङ्गो भएका भनाईहरु सार्वजनिक भएका छन् । उपप्रधानमन्त्री महतोको नेपाली नागरिकता र यहाँ नेपालमा बसेका उनका बाबु, हजुरबुबा वा पुर्खाको विषयमा सोधिएको प्रश्नमा महतोले जवाफ दिन सकेका थिएनन् ।
प्रधानमन्त्री ओलीले नवगठित मन्त्रीमण्डलमा विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ, वसन्त कुमार नेम्वाङ र लिलानाथ श्रेष्ठलाई दोहोरिएका छन् । अर्थमन्त्री रहेका विष्णु पौडले अहिले उपप्रधानमन्त्री बनेका छन् । रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन भने प्रधानमन्त्री ओली स्वयंले राखेका छन् ।
त्यस्तै जसपाका नेता महतो आएपछि आफ्नो पार्टीलाई बलियो बनाउन भन्दै प्रधानमन्त्री ओलीले रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । यससँगै ओली नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री भएका छन् । त्यस्तै पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
जसपाको तर्फबाट शरत सिहं भण्डारी उर्जा, अनिल झा खानेपानी, बिमल श्रीवास्तव- श्रम, उमाशंकर अरगरिया वन, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला, एकबाल मियाँ युवार चन्द्रकान्त चौधरीले उर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला राज्यमन्त्रीको सपथ लिएका हुन् ।