
१सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
४तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
८फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
९रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१०८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
११रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
१२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
८कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोराना संक्रमित हुँदा पनि उनका अनेकन् हर्कतहरु रोकिएका छैनन् । संक्रमित भएकै अवस्थामा उनले कतिपय ठाउँमा मास्क नलगाई निर्देशन दिएका छन् त कतिपय अवस्थामा तामझामका साथ भीडभाडमा उद्घाटन र शिलान्यास गर्दै हिडिरहेका छन् ।

संक्रमित भएकै अवस्थामा स्वास्थ्य मापदण्डको धज्जी उडाउँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसरी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको नयाँ भवनको शिलान्यास गरेका थिए ।
गत वैशाख २२ गते मुख्यमन्त्री गुरुङ कोरोना संक्रमित भएका थिए । सत्ताको रस्साकस्सीमा २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका उनले २९ गते ठुलो दलको हैसियतमा पुनः मुख्यमन्त्रीमा पद तथा गोपनीयताको सपथ लिए । कोरोना संक्रमित उनी वैशाख २९ गते झनै विरामी भए ।

गत वैशाख २२ गते कोरोना संक्रमित भएका मुख्यमन्त्री गुरुङ वैशाख २९ गते ठुलो दलको हैसियतमा पुनः मुख्यमन्त्री भएपछि पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै ।
कोरोना संक्रमित भएकै अवस्थामा उनी राम्रोसँग उठ्न नसक्ने, चक्कर लागिरहने र पहिला निमोनिया समेत देखिएकोले झनै कमजोर भएका थिए । जुन दृश्य उनले शिलान्यास गरेको ठाउँबाट सुरक्षाकर्मी र नजिकका सहयोगीले दुई हात समातेर उठाउनु परेको र अस्पतालको सिढीं चढ्दा पनि सहयोगी चाहिएको दृश्यले पुष्टि गर्दछ ।

कोरोना संक्रमित मुख्यमन्त्री गुरुङ शिलान्यास गरेको ठाउँबाट पनि यसरी सुरक्षाकर्मी र सहयोगीले दुई हात समातेर उठाउनु पर्ने अवस्थामा पुगेका छन् ।
आफैं कोरोना संक्रमित भएका मुख्यमन्त्री गुरुङको आजसम्म पनि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छैन । यस्तो महामारीको अवस्थामा उनीलाई आफ्नो र जनताको स्वास्थ्य भन्दा पनि कुर्चीको कैं मोह बढि देखिन्छ । त्यसैले उनले आफ्नै सरकारले तोकेको स्वास्थ्य मापदण्डको ठाडै उल्लंघन गर्दै जनताको स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन् ।

कोरोना संक्रमित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भीडभाड र तामझामका साथ यसरी भवनको शिलान्यास गर्दै थिए ।
कोरोना संक्रमित मुख्यमन्त्री गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै जेठ ७ गते शुक्रबार कर्मचारीहरुलाई त्यो पनि माक्स नलगाई निर्देशन दिएका तस्विरहरु आफ्नै सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यमहरुमा छ्यापछ्याप्ती छापिएका छन् ।

कोरोना संक्रमित मुख्यमन्त्री गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै जेठ ७ गते शुक्रबार कर्मचारीहरुलाई त्यो पनि माक्स नलगाई निर्देशन दिदैं गर्दाको अवस्था ।
आफैं कोरोना संक्रमित उनी माक्स पनि नलगाई कर्मचारीहरुलाई कोभिड–१९ को दोस्रो र तेस्रो लहर रोकथामका विषयमा निर्देशन दिदैं थिए । उनले ठाडै स्वास्थ्य मापदण्ड र कोरोना कहरको सामान्य नियम समेतको उल्लंघन गर्दै यो संकटको बेला हो, युद्धका बेला हो, सबैले सहकार्य गर्नुपर्छ र समन्वय गर्नुपर्छ भन्दै थिए ।

एमालेका सांसद राजीव पहारी लगायतले सम्पूर्ण सांसदहरुको कोरोना परीक्षण नगरी संसद चल्न नदिने भन्दै अडान राखेर वैशाख १४ गते हुन लागेको अविश्वासको प्रस्ताव माथिको मतदान कार्यक्रम नै विथोलेका थिए ।
सांसदहरुको कोरोना परीक्षण नगरी संसद चल्न नदिने अडान राखेर वैशाख १४ गते अविश्वासको प्रस्तावमा मतदान गर्ने दिन संसद रोक्ने एमालेका संसदीय दलका प्रमुख समेत हुन् मुख्यमन्त्री गुरुङ । ‘अहिलेको विषम परिस्थितिलाई ख्याल गरेर सबै माननीयको पिसिआर परीक्षण गरियोस्, १५ जनाभन्दा बढी भिड नहुने भनिएको छ । यस्तोबेला भौतिक दूरी कायम नगरिन प्रदेश सभामा फैलियो भने के हुन्छ ? जिम्मेवारी को हुने ?’ सांसद राजीव पहारीले त्यतिबेला भनेका थिए, ‘यहाँ धेरै माननीय ज्यूहरु दीर्घरोगी हुनुहुन्छ । पिसिआर परीक्षण पछिमात्रै प्रदेश सभा अगाडि बढाइयोस् । पिसिआर परीक्षण बिना संसद चल्न सक्दैन ।’

एमालेका सांसदहरुको कोरोना परीक्षण नगरी संसद चल्न नदिने भन्दै अडान राखेपछि गण्डकी प्रदेश सभा अगाडि सांसदहरुको स्वाव संकलन गरिदैं ।
तर आज उनी न आइसोलसनमा बसेका छन्, न त मापदण्ड पालना गरेका छन् । उद्घाटन, शिलान्यास र भीडभाड जम्मा पारेर निर्देशन दिदैंमा मस्त छन् । उनी जनताको जीवन रक्षा होइन सरकारको कुर्ची रक्षा गर्ने खेलमा लिप्त छन् । कोरोना संक्रमित उनले सरकारले लागू गरेको नियम समेत पालना नगरी जेठ १० गतेमात्र भीडभाड जम्मा पारेर पोखरा महानगरपालिका वडा नं. ३० लेखनाथ मोहोरियास्थित प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा उद्घाटन तथा शिलान्यास कार्यक्रम गरेका थिए ।

सघन उपचार कक्षको ढोकामा राखिएको रिबन काटेर उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङ ।
त्यसो त गुरुङ आफैंले सामाजिक सञ्जालमा तीनवटा महत्वपूर्ण कार्यहरु गरेको भनेर लेखेका छन् । त्यस दिन कोरोना संक्रमित उनले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास, सघन उपचार कक्ष (आईसियु)को उद्घाटन र प्रदेश संक्रामक अस्पताल कैं बेड बिस्तारसहित नयाँ भवनको शिलान्यास गरेका थिए । जबकि उनलाई त्यहाँ शिलान्यास गर्दा होस् वा सिढींमा हिड्दा सुरक्षाकर्मी र सहयोगीको साथ चाहिएको थियो ।
सघन उपचार कक्षको ढोकामा राखिएको रिबन काटे पछि उनी कोरोनाका बिरामीहरुको उपचार भईरहेको बेड तर्फ लम्किदैं थिए । नजिकै उभिएका चिकित्सक लगायतको टोलीले भित्र नजानुस् कोभिडका बिरामीहरु छन् भन्दै गुरुङलाई रोकेका थिए ।

आफैं कोरोना संक्रमित मुख्यमन्त्री गुरुङ सघन कक्षको उद्घाटन गरेर कोरोनाको उपचार भईरहेका बिरामीहरुको बेडतर्फ लम्किदैं गरेपछि रोक्दै उनका प्रेस सल्लाहकार विक्रम न्यौपाने र स्वास्थ्यकर्मीहरु ।
त्यसैगरी, हेलिप्याडसहित बन्न लागेको अत्याधुनिक भवन र जनस्वास्थ्य प्रयोगशाला निर्माणको ठेक्का सम्झौंता केही पनि टुङ्गो नलाग्दै मुख्यमन्त्री गुरुङले सोही दिन शिलान्यास गरिसकेका छन् । कोरोना संक्रमित भएसँगै निमोनिया पनि भएर थलिएका मुख्यमन्त्री गुरुङले गरेका यी कार्यहरुले उनको अटेरीपनलाई झल्काई रहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोराना संक्रमित हुँदा पनि तामझामका साथ भीडभाडमा उद्घाटन र शिलान्यास गर्दै हिडिरहेका छन् ।
यतिमात्र होइन, यस अघि कोरोना संक्रमित मुख्यमन्त्री गुरुङले नयाँ सरकार गठनसँगै नवनियुक्त अर्थमन्त्री किरण गुरुङ र नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरधारी पोखरेल लगायतसँग जेठ ८ गते स्वास्थ्य मापदण्ड विपरित सामूहिक तस्विर खिचाउँदै सामाजिक सञ्जालहरुमा पोष्ट गरेका थिए । उनी आफैं संक्रमित हुँदा उनले गरेका लापरवाहीपूर्ण हर्कतहरु र अटेरीपनले कुनै पनि जनताले त्यसको क्षति व्यहोर्न नपरोस् ।

अघि कोरोना संक्रमित मुख्यमन्त्री गुरुङले नयाँ सरकार गठनसँगै नवनियुक्त अर्थमन्त्री किरण गुरुङ र नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरधारी पोखरेल लगायतसँग जेठ ८ गते स्वास्थ्य मापदण्ड विपरित सामूहिक तस्विर खिचाउँदै
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा