
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
काठमाडौँ । डा.गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । प्रसाईले टेलिफोनमा ‘तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’ भनेका छन् । त्यस्तै प्रीतमका परिवारका अन्य सदस्यहरु (आमा, बुवा र बहिनी)लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरेका छन् ।
डा.केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक सुवेदीलाई अस्पताल सञ्चालक प्रसाईँले फोन गरेर ‘तँ कहाँ छस् ? त्यहीँ आउँछु म’ भन्दै भौतिक आक्रमण गर्ने धम्की दिएका हुन् । सोलिडारिटी फर डा.केसी अलायन्सका संयोजक डा.जीवन क्षेत्रीका अनुसार प्रसाईँले प्रीतम र उनका अन्य परिवारका सदस्यलाई समेत गालीगलौच गरेका छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको विश्वासपात्र मानिने प्रसाईँले झापास्थित बीएन्डसीलाई सम्बन्ध दिन लागेको विषयमा विरोध गर्दै गत हप्ता डा.केसीले प्रेस विज्ञप्ति जारी गरेका थिए । जुन विज्ञप्ति सुवेदीले विभिन्न सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएका थिए । विज्ञप्ति जारी भएकै दिन नै प्रसाईँले सुवेदीलाई धम्की दिएका हुन् । ‘
डा.केसीले प्रसाईँले सञ्चालन गरेको बीएन्डसीसहित जुनसुकै मेडिकल कलेजलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरित सम्बन्धन दिने चलखेल भएको भन्दै विरोध जनाएका थिए । डा.केसीले बीएन्डसीसहित अनय जुनसुकै मेडिकल कलेजले पनि चिकित्सा शिक्षा ऐन र नियमावलीको प्रावधानअनुसार प्रक्रिया पुरा गरेर मात्र सम्बन्ध दिनुपर्ने बताएका थिए ।
सञ्चालक प्रसाईले ऐन जारी गर्नुअघि मनशाय पत्र पाएकोले आफूले स्वतः सम्बन्धन पाउने दावी गर्दै आएका छन् । यहीँ विषयमा विरोध जनाएका डा.केसीको विज्ञप्ति सञ्चारमाध्यममा पठायो भन्दै सुवेदीमाथि भौतिक आक्रमण गर्ने धम्की अस्पताल सञ्चालक प्रसाईँले दिएका हुन् ।
सोलिडारिटीले भौतिक आक्रमण गर्ने धम्की आईरहेकोले त्यसको जिम्मेवारी प्रसाईले लिनुपर्ने भन्दै सुवेदीको जीवन रक्षाको माग गरेको छ । अस्पताल सञ्चालक प्रसाईँका विरुद्धमा सोलिडारिटीले प्रहरीमा जाहेरीसमेत दर्ता गराउने तयारी गरिरहेको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ