
१सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
४तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
८फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
९रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१०८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
११रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
१२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
८कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
“नयाँ वर्ष मनाउन पर्यटकीय क्षेत्र पोखराको लेकसाईडस्थित ट्रेजर लाउन्जमा आएको छोराको हत्या भएपछि आमा भीमाले २०७८ वैशाख ३ गते राती ९ बजेबाट वैशाख ४ गते विहानसम्मको ट्रेजर लाउन्ज भित्रको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेकी हुन् ।”
पोखरा । ललितपुरका एक किशोरको हत्या भएको घटनामा पर्यटकीय क्षेत्र लेकसाईडमा रहेको ट्रेजर लाउन्ज भित्रको सिसिटिभी फुटेज लुकाईएपछि परिवारजनले दुई दिनको सबै फुटेजहरु सार्वजनिक गर्न माग गरेका छन् । एकातिर घटना भएको नाईट क्लब ट्रेजर लाउन्जको सिसिटिभी फुटेज नभेटिनु अर्को तर्फ घटनाको शुरुमा नैं प्रहरीले हत्या नभई आत्महत्या हो भनेर घटना लुकाउन खोज्नुले परिवारको आशंकालाई झनै बढाएको हो ।
ललितपुर महानगरपालिका वडा नं. १५, खुमलटार निवासी १८ वर्षीय मृतक किशोर नुभिवकी आमा भीमा मैनाली उप्रेतीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नाईट क्लब ट्रेजर लाउन्ज भित्रको सिसिटिभी फुटेज किन लुकाईएको भन्दै खोजी गरिदिन सम्पूर्णलाई आग्रह गरेकी हुन् । नयाँ वर्ष मनाउन पर्यटकीय क्षेत्र पोखराको लेकसाईडस्थित ट्रेजर लाउन्जमा आएको छोराको हत्या भएपछि आमा भीमाले २०७८ वैशाख ३ गते राती ९ बजेबाट वैशाख ४ गते विहानसम्मको ट्रेजर लाउन्ज भित्रको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेकी हुन् ।
त्यसैगरी शुरुमा आत्महत्या गरेको भन्ने प्रहरीले अहिले कुटपिट गर्ने तीनजना पक्राउ गरिएको भनेपछि जानकारी लिन खोज्दा किन आलटाल गरिन्छ ? गल्ती ढाकछोप गर्न कतै खोजिएको त होइन भन्दै आमा भीमाले अनुसन्धानलाई प्रभावकारी बनाउन सबैसँग सहयोगको अपिल गरेकी हुन् ।
एलजी ग्रुपका नाममा तत्कालिन समयमा नेपाली कांग्रेसको आडमा गुण्डागर्दी गर्दै आईरहेका हाल नेकपा एमालेमा प्रवेश गरेका टोले गुण्डा शिवजी गुरुङ उर्फ महेन्द्र भोटेले सञ्चालन गरेको नाईट क्लब हो “ट्रेजर लाउन्ज”।

असुरक्षित ट्रेजर लाउन्ज : एलजी ग्रुपका नाममा तत्कालिन समयमा नेपाली कांग्रेसको आडमा गुण्डागर्दी गर्दै आईरहेका हाल नेकपा एमालेमा प्रवेश गरेका टोले गुन्डा शिवजी गुरुङ उर्फ महेन्द्र भोटेले सञ्चालन गरेको नाईट क्लब हो “ट्रेजर लाउन्ज”। जहाँ बाउन्सर र सञ्चालकहरु नै आफ्ना ग्राहक र पर्यटकहरुलाई कुट्न पछि पर्दैनन् ।
त्यतिबेला प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका टोले गुन्डा महेन्द्र भोटेले यस अघि ओजन डिस्को सञ्चालन गर्ने गर्दथे । त्यहाँ पनि पटक–पटक यस्तै झडप हुनुका साथै ड्यूटीमा खटिएको प्रहरीमाथि नै टाउको फुट्ने गरी रड प्रहार गरिएको थियो । जुन घटनामा तत्कालिन एसपी हरि पालले महेन्द्र भोटे लगायत दर्जनौं टोले गुण्डाहरुलाई कारवाही गरेका थिए ।

असुरक्षित छन् पोखराका नाईट क्लबहरुः ट्रेजर लाउन्जमा भएको विवादका कारण पोखरामा नयाँ वर्ष मनाउन आएका ललितपुरका यी किशोरले अनाहकमा ज्यान गुमाउन पुगे । बैदाम प्रहरीले आत्महत्या भनेर पन्छिएको यस मुद्दामा परिवारले चासो र दवाव नदिएको भए शव जलेसँगै घटना पनि सकिन्थ्यो ।र, सजिलै हत्याराहरु पनि उम्किन्थे ।
१८ वर्षका नुभिव उप्रेती ललितपुरबाट नयाँ वर्ष मनाउने भन्दै वैशाख ३ गते घरपरिवारलाई पनि खबर नगरी पोखरामा आएका थिए । पोखरा आएकै राती भएको झडपमा परी नुभिवको मृत्यु भएको थियो । नुभिवलाई कुटपिट गर्दै हत्या गरेपछि फेवातालमा लगेर फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नुभिवको शव नेपाली सेनाको उद्धार टोलीले फेवातालको बाराही मन्दिर नजिकैबाट निकालेको थियो ।
वैशाख ४ गते आफ्नो छोराको शव बुझ्न पोखरा आएकी आमा भीमाले शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरिएको लागेपछि वडा प्रहरी कार्यालय बैदाममा दुई–दुई पटक उजुरी दिन गएकी थिईन् । तर वडा प्रहरी कार्यालय बैदामले हत्या नभई फेवातालमा डुबेर आत्माहत्या गरेको हो भन्दै जाहेरी लिन नमानेको र घटना लुकाउन खोजेको आमा भीमाले जारी गरेको प्रेस विज्ञप्तिमा पनि उल्लेख छ ।

मृतक नुभिव : घर परिवारलाई पनि थाहा नदिईकन यी किशोर नयाँ वर्ष मनाउने भन्दै गत वैशाख ३ गते पोखरामा आएका थिए । पोखरामा रुम बुक गरी ट्रेजर लाउन्जमा छिरेका यी युवा त्यहाँ भएको विवादका कारण मारिन पुगे । प्रहरीले ट्रेजर लाउञ्ज भित्रको सिसिटिभी फुटेजहरु अदालत समक्ष र परिवार सामु सार्वजनिक गर्न आजसम्म पनि सकेको छैन ।
की आमा भीमाले डन न्यूजसँग भनिन्–‘पछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष पुगेर हार गुहार गरेपछि मात्र हत्या भएको त होइन भन्ने कोणबाट प्रहरीले अनुसन्धान सुरु गरेको थियो । त्यसपछि बल्ल अहिले हत्यारा पत्ता लागेको सुनेकी छु । तर घटनाका विषयमा सबै जानकारी भने पाउन सकेकी छैन ।’
आम भीमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘लासको प्रकृति हेर्दा टाऊको, दाहिने कोखा र गुप्ताङ्गमा निलडाम भएको, पेटमा पानी नभएको र मृतक छोराले कोखामा हात राखी छेकेको जस्तो गरी मुट्ठी पारेकोले हत्या भन्ने ठहर भएको । तर लास नहेरी जाहेरी लेख्न वाध्य पारिएको । अनुसन्धान नै नगरी आत्महत्या नै हो भनी, दोस्रो पटक आवेदन लिन नमानेको । तर पुन अनुसन्धान गर्दा कुटपिट गरी हत्या गर्ने व्यक्तिहरु पत्ता लगाईएको तर हत्याको कारण अझै लुकाईएको ।’
‘मृतकले प्रयोग गर्ने मोबाईल फोन सेट नभेट्टाईएको र जिमेल खोलेर ब्याकअप गरी हेर्दा वाट्स यापबाट उसले पठाएको भनिएको सबै म्यासेज नदेखिएकोले उसले आफैले आफ्नो फोनबाट म्यासेज नपठाएको प्रष्ट भएको उल्लेख छ ।’ आमा भीमााले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘मेरो फोनमा म्यासेज २०७८/०१/०४ बिहान ३:१५ र मोबाईल खोसी नबुझिने म्यासेज ३:१८ पठाएर तर त्यस पश्चात् स्ट्रिट नं. १३ मा कुटपिट गरिएको छ । उसको साथीलाई कसरी मृत्यु भएको ४ मिनेट पछी कसरी त्यही मोवाईलमा फोन आयो ?’ आमा भीमाले प्रश्न गरेकी छिन् ।
आमा भीमाले आफ्नो १८ वर्ष पनि नपुगेको छोराले के बिगारेको थियो र किन कुटाई खाएर मर्नु पर्यो भन्दै हामी दुई चार अक्षर जानेकाहरुका छोराछोरीले अनाहकमा ज्यान गुमाउनु पर्छ भने सर्वसाधारणले के गर्ने ? प्रश्न गरेकी छिन् । विज्ञप्तिमा सत्यतथ्य छानबिन गर्न प्रहरीले गरेको प्रयास र हामी सबैको भूमिका अहम् रहने हुँदा सबैलाई सहयोग गर्न अपिल गरिएको छ ।
एमाले निकट गुन्डाको नाईट क्लबलाई बचाउन प्रहरी नै सक्रिय
छोराको हत्या भएको भोलिपल्टै पोखरा आएकी नुभिवकी आमाले बैदाम प्रहरीलाई ट्रेजर लाउञ्जको सिसिटिभी फुटेज प्रमाणका रुपमा संकलन गर्नुहोला भन्दै छोराको शव लिएर ललितपुर लागेकी थिईन् । तर बैदाम प्रहरीले हत्यालाई आत्महत्या बनाउनका लागि अनेकन् प्रयासहरु गरिरह्यो । यो बीचमा प्रहरीले प्रमाणहरु जुटाउन भन्दा नष्ट गर्न तिर लाग्यो । यस घटनाले हत्या प्रकरणमा कतै प्रहरी नै त संलग्न छैन ? भन्ने आशंका जन्माएको छ ।
दुई-दुई पटकसम्म जाहेरी लिन नमानेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी र ट्रेजर सञ्चालक महेन्द्र भोटेको मोवाईल कल डिटेल हेर्ने हो भने पनि धेरै कुराहरु पत्ता लाग्न सक्नेछ । तर प्रहरीले यसप्रति कुनै चासो नै देखाएको छैन । जबकी हत्याको आरोपमा पक्राउ परेका एक किशोरले ट्रेजर लाउञ्ज बाहिर बसेका बाउन्सरसँग झगडा भएको भनिरहेका छन् । घटनामा ३ जना युवामात्र नभई ट्रेजर लाउञ्जका बाउन्सरको पनि संलग्नता देखिन्छ । तर प्रहरीले मुद्दा नै फितलो बनाएर अदालत पठाई सकेको अवस्थामा यो घटनामा केन्द्रबाट नै दवाव नदिने हो भने बाँकी अपराधीहरु बच्ने निश्चित छ ।
कास्की प्रहरीले यतिबेला राजनीतिक दवावका सामु जनप्रतिनिधि र टोले गुन्डाहरुलाई कारवाही गर्न सकिरहेको छैन । नदीबाट ढुङ्गा लैजादै गरेपछि रोक्न गएका बर्दीमा रहेको प्रहरीमाथि तथानाम गाली गर्ने कास्की मादी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सत्यराज सापकोटा होस् वा नाईट क्लब सञ्चालन गर्ने टोले गुन्डा महेन्द्रे भोटेलाई कास्की प्रहरीले छुन समेत सकेको छैन ।
जघन्य अपराधको अनुसन्धानमा असफल कास्की प्रहरी
‘महतगौंडामा गोली प्रहार भएको घटनामा प्रहरीले नै नक्कली रिपोर्ट तयार पारेर ‘गोली चलेको होइन’ भन्दै घटना लुकाउन खोज्यो, तर सकेन । त्यसरी नै नुभिवको हत्याकाण्डलाई पनि प्रहरीले सामान्य आत्महत्याको रुपमा लिदैं प्रेस विज्ञप्ति जारी गरेको थियो । यस घटनामा पनि कास्की प्रहरीको अनुसन्धान असफल रह्यो ।’
पोखराका गम्भिर प्रकृतिका दुई घटनाले कास्की प्रहरीको वास्तविक अवस्थालाई छर्लङ्ग पार्दछ । गत माघ २३ गते पोखरा महानगरपालिका वडा नं. १७ महतगौंडाको गोली–काण्ड र यहीँ वैशाख ३ गते रातीको नुभिव हत्याकाण्डले पनि सम्पूर्ण कास्की प्रहरीको अनुसन्धानको पाटो कति कमजोर र निकम्मा छ भन्ने पुष्टि गर्दछ ।
महतगौंडामा गोली प्रहार भएको घटनामा प्रहरीले नै नक्कली रिपोर्ट तयार पारेर ‘गोली चलेको होइन’ भन्दै घटना लुकाउन खोज्यो । तर अनुसन्धानमा नै असफल कास्की प्रहरी आफैं यो घटनामा चुक्न पुग्यो । अन्त्यमा मनोज विकमाथि गोली नै प्रहार भएको भन्दै प्रहरीले नै दोषी सार्वजनिक गर्योे ।
नुभिव हत्याकाण्डमा पनि कास्की प्रहरीले दोस्रो ठुलो गल्ति गर्यो । शुरुमा गुहार माग्दै पुगेका नुभिवलाई प्रहरीले सुरक्षा नै दिन सकेन । कास्की प्रहरीको ड्युटी रात्रिकालिन क्लबहरुको अगाडि बस्ने गार्डको भूमिका भन्दा फरक कत्ति पनि देखिएन । र, प्रहरीसँग हारगुहार गर्दा गर्दै नुभिवको त्यहीँ राती हत्या भयो । तर त्यस घटनालाई पनि प्रहरीले सामान्य आत्महत्याको रुपमा लिदैं प्रेस विज्ञप्ति जारी गर्यो । र, शव आफन्तको जिम्मा लगायो ।
आमाले वैशाख ४ गते नुभिवको शव सनाखत गरेर लैजादैँ गर्दा ट्रेजर लाउञ्जको सिसिक्यामेरा फुटेज संकलन गरिदिनु भनेकी थिईन् । झगडा भएको त्यस नाईट क्लबको फुटेज अनुसन्धानका लागि पनि प्रहरीलाई नैं आवश्यक पर्ने प्रमाण हो । मृतककी आमाले विज्ञप्ति नै जारी गरेर ट्रेजर लाउञ्जको सिसिक्यामेरा फुटेज उपलब्ध गराई दिन अपिल गरिरहँदा कास्की प्रहरी भने यो विषयमा मौंन छ । हत्या जस्तो जघन्य अपराधमा कास्की प्रहरीको यो मौनताले घटनामा अन्य ठुलै व्यक्ति वा कुनै प्रहरी कैं संलग्नता त छैन भन्ने आशंका उब्जाई रहेको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा