
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
सरकारी जमिन, प्राकृतिक सम्पदा र खोलानाला कौंडीको भाऊमा वैधानिक ढंगले कब्जा गरेर लुट्ने गिरोह यो देशमा पछिल्लो समय निकै शक्तिशाली बनेको छ । जुन सुकै पार्टीका शीर्ष नेताको किचनसम्म उनीहरुको पहुँच छ । भन्छन्, नेताहरुको कालोधन यस्तै व्यापारीहरुले नै चलाउने गर्दछन् । त्यसैले जुनसुकै सरकार आओस्, यिनीहरुलाई न त सम्पत्ति शुद्धिकरण आयोगले छुन्छ, न त अख्तियारको नै आँखा पुग्छ । न त राजश्व कार्यालयले नै यिनीहरुलाई छड्के गर्न सक्छ । हामी टाढा जानु पर्दैन, हाम्रा वरपर भएका नवधनाढ्य व्यापारीहरुको व्यवसायलाई हेरौं । उनीहरुले गर्ने गतिविधिहरुलाई हेरौं ।
राज्यको अर्बौं लुटेर, ठगेर अनि केही लाख बाँडेर समाजसेवी हुने र वाह वाह कमाउने रहर धेरैको हुन्छ । यसो गर्दा घाटा भन्दा सामाजिक प्रतिष्ठा पनि बढ्ने र जनताको आँखामा धुलो छर्ने काम पनि मजैले हुने गर्दछ । यति कुरा हामी जनताले बुझ्नुपर्छ कि व्यापारीले बिना नाफा कुनै पनि काममा हात हाल्दैन । त्यो नाफा उसले आर्थिक मात्र नभई सामाजिक प्रतिष्ठाको रुपमा पनि लिन खोजिरहेको हुन्छ । हामीले चिन्न सक्नुपर्दछ ।
एउटा सामान्य नागरिकले केही गर्छु भनेर बैंकमा घरजग्गा धितो राखेर ऋण लिन्छ । विभिन्न कारणवश समयमा उसले किस्ता बुझाउन सक्दैन । त्यस्तो अफ्ठ्यारो अवस्थामा परेका नागरिकहरुको बैंकसँगको मिलेमतोमा पूर्ण जानकारी लिने र लुट्ने एउटा गिरोह वषौंदेखि सक्रिय छ पोखरामा । जसले बैंकका केही गलत पात्रहरुसँग मिलेर लिलामीका नाममा त्यो ऋणीलाई खबर समेत नगरी सम्पत्ति कब्जा गर्ने गर्दछन् । यस्ता काण्डका विवादित व्यवसायीहरु फेरि समाजसेवाको खोल ओढेर ढोङ्ग पिट्छन् । यस्ता ढोङ्गीहरुलाई अब नङ्ग्याउनै पर्छ । उनीहरुको भित्री काण्डहरु बाहिर ल्याउनै पर्छ ।
यस्ता व्यापारीहरुको गिरोह छ पोखरामा, जो यहाँका प्राकृतिक सम्पदाहरु कौंडीको भाऊमा लिएर ध्वस्त बनाउँछन् । दिनप्रतिदिन यस्तो गिरोहको दवदवा बढिरहेको छ । आमनागरिकले यस्तो विषयमा कुनै भेऊ समेत पाउँदैनन् । को कोबाट परिचालित छ, कुन कम्पनी कसको योजनामा दर्ता भएर अगाडि आएको छ र कुन कम्पनी भित्र कस–कसको शेयर छ यो सजिलै आमनागरिकले पत्तो पनि पाउँदैनन् ।
नेपालमा यतिबेला लोभीपापी नेताहरुलाई किनेर व्यापारीहरुले नीतिगत नै भ्रष्टाचार गरिरहेका कैयौं उदाहरणहरु छन् । कानुनी रुपमा वैधानिक ढंगले राज्य दोहन गरिरहेका छन् । अनि यस्ता गिरोहको पछि लागेर पेट पाल्नेहरु हजारौंको संख्यामा स्तर अनुसार र क्षेत्र अनुसार देश भरी नै छन् । त्यसैले सजिलै यस्तो झुण्डको जालो (नेटवर्क) ध्वस्त गर्न सकिदैंन । तर निरन्तर प्रहार गरिरह्यो र यिनीहरुका अनेकन् खेलहरुलाई जनता सामू छर्लङ्ग पार्ने काम गर्दै गईयो भने लुटेरा र समाजसेवी के हुन् जनताले सजिलै छुट्याउन सक्छन् ।
प्रहरी प्रशासन, मिडिया र जनप्रतिनिधि जताततै यिनीहरुका आफ्ना एजेन्ट (दलाल)हरु पनि हुन्छन् । तर सबै प्रहरी प्रशासन, मिडिया र जनप्रतिनिधिहरु विकाऊ पनि हुँदैनन् । हो, तिनै ईमान्दार तप्काहरुले यस्तै भ्रष्टहरुको भण्डाफोर गर्दै जानुपर्छ । समय लाग्छ, तर यिनीहरुको असली अनुहार आमजनतालाई चिनाउनै पर्छ ।
देशमा जहिले पनि संकट आएको बेलामा एकथरी व्यापारीहरु कमाउन तिर लाग्छन् । कालोबजारी तिर लाग्छन् । यस्ताले देशमा गृहयुद्ध भएको बेलामा होस् वा नाकाबन्दी भएको बेलामा होस् कसरी लुट्ने भन्ने बाहेक अर्को ध्याउन्न हुँदैन । त्यसैगरी, अर्को थरी नाफाखोर व्यापारीहरु राजनीतिक दलका नेताको कालोधन व्यवसायमा लगानी गर्ने गर्दछन् । उनीहरुलाई कांग्रेस, एमाले, माओवादी वा राप्रपा जसको सरकार आएपनि केही फरक पर्दैन ।
यो खालका नाफाखोरहरुले नीतिगत रुपमा ठुलो भ्रष्टाचार गर्ने गर्दछन् । पछिल्लो समयमा धेरै काण्डहरु सञ्चारमाध्यमहरुमा पनि आएका छन् । राम्रो ठाउँमा भएका सरकारी जमिनहरु ३०/४० वर्षका लागि कौंडीको भाऊमा भाडामा लिने, प्राकृतिक सम्पदाहरुको दोहन गर्ने र ठुला–ठुला ठेक्कापट्टामा अर्बौं असुल्ने काण्डहरु हाम्रा लागि सामान्य नै भईसके । कोरोनाको खोप ल्याउने क्रममा विचका नाफाखोर दलालहरुले कमिशन नमिल्दा सरकारलाई नै टेरेनन् । यस्तो अवस्थामा देश पुगिसकेको छ ।
यहाँका सुन्दर प्राकृतिक स्थलहरु नाफाखोरहरुले बर्षौंसम्मका लागि कब्जा गरिसकेका छन् । यी सारा घटनाहरु हेरिरहँदा के लाग्छ भने अब आँट गरेर हाम्रो पुस्ताले यस्ता कालोबजारी, नाफाखोर, कमिशनखोर, विचौंलिया, दलाल र माफियाहरुलाई सम्मानपूर्वक समाजसेवी, सफल उद्यमी वा असल पात्रका रुपमा चित्रण गर्ने कामलाई ठाडै बहिष्कार गर्नुपर्दछ । यिनीहरुको असली चेहरा समाजका अगाडि देखाउन सक्नुपर्दछ । जब स्वार्थ बोकिदैंन भने यस्ता गलत प्रवृत्तिका पात्रलाई ठेगान लगाउन सजिलै सकिन्छ । अन्ततः विपतको बेलामा कालोबजारी गर्ने, नाफाका लागि धन्दा चलाउने, एकातिर दिए जस्तो गरी अर्को तिरबाट लुट्ने खालको प्रवृत्तिमूलक गतिविधिको विरोधमा सबै जनता जागरुक हुन जरुरी छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति