
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालले तन्किएर गुन्डा नाईके दिपक मनाङेलाई मन्त्री भएपछि सलाम ठोकिरहेको त्यो तस्विर हेरिरहेका नयाँ पुस्ताका मनमा के खेल्दो हो ? के लाग्दो हो ?”
यतिबेला गण्डकी प्रदेश एक अपराधिक पृष्ठभूमिका पात्रलाई मन्त्री बनाईएपछि चर्चामा छ । तर यो दुःखद घटना हो । तर नेपाली राजनीतिमा यतिबेला यो घटना सामान्य हुन थालेको छ । गुन्डाहरु प्रहरीदेखि डराउने, प्रहरी नेतादेखि डराउने स्थितिलाई राम्रोसँग बुझेकाहरुले राजनीतिलाई सुरक्षित थलो बनाईरहेका छन् । देशका कुख्यात गुन्डाहरुको नामावलीमा समावेश भईरहने नाम राजीव गुरुङ उर्फ दीपक मनाङे पनि एक हो । जसरी दिनेश अधिकारी ‘चरी’ र घैंटे इन्काउन्टरमा मारिए । त्यसरी नै यस्ता केही गुन्डाहरु छन् जसलाई इन्काउन्टर नगर्ने हो भने कारागारदेखि देशका सबै शहरहरुसम्म यिनीहरुको सञ्जाल यसरी नै चलि नै रहनेछ । हुन त, गुन्डा भन्दा पनि बढि डरलाग्दा नेताहरु देखिए । जसले गर्दा जनतामा वितृष्णा बढेको छ । बरु गुन्डा नै भनेर चिनिएको पात्र राजीव गुरुङ उर्फ दिपक मनाङे मन्त्री हुँदा समेत जनतालाई नौंलो र आश्चर्य लागेको छैन । कारण, नेताहरु गुन्डाहरु भन्दा पनि बढि खराब र गलत भएका कारण यो स्थिति आउन पुगेको हो ।
तर एउटा तथ्य बुझ्नु पर्छ, यिनीहरु अपराधजन्य गतिविधिका नाईकेहरु हुन् । आफूभन्दा जुनियर केटाहरुलाई प्रयोग गर्ने, उनीहरुलाई संरक्षण गर्ने र उनीहरुको जीवनयापनको लागि व्यवस्था मिलाई दिने काम यी नाईकेहरुले गर्दछन् । त्यसैले यदि अपराध र गुन्डागर्दीको सामूल अन्त्य वा सञ्जाल ध्वस्त बनाउनु छ भने नेपालका आधादर्जन गुन्डा नाईकेहरुलाई इन्काउन्टर गर्नैपर्छ ।
पोखरा कैं सन्दर्भमा भन्नुपर्दा यहाँका पुराना टोले गुन्डाहरु शिवजी गुरुङ उर्फ महेन्द्र भोटे नेकपा एमालेको युवा संगठनमा क्रियाशिल छन् त ललित गुरुङ काँग्रेसमा । गुन्डाहरुले राम्रोसँग बुझेको तथ्य के हो भने यदि राजनीतिक संरक्षण प्राप्त नहुने हो भने प्रहरीको इन्काउन्टरमा जति बेला पनि पर्न सकिन्छ । त्यसकारण गुन्डाहरुले नेताहरुलाई प्रयोग गर्ने प्रवृत्ति पछिल्लो समय बढिरहेको छ । चुनावका बेलामा नेताहरुलाई गुन्डा र चुल्ठेमुन्द्रे धेरै चाहिन्छ । कसैलाई थर्काउन होस् वा तर्साउन, बेला–बेलामा सबै राजनीतिक दलहरुले गुन्डाहरुको प्रयोग गरिरहेका हुन्छन् । त्यसकारण गुन्डाहरु र नेताहरुको सम्बन्ध यतिबेला नजिक देखिन्छ । हामीले देख्ने नेता र गुन्डाका नाईकेहरुले कसैलाई काटमार गरेको नदेख्न सकिन्छ प्रत्यक्ष रुपमा । तर एउटा तथ्य बुझ्नु पर्छ, यिनीहरु अपराधजन्य गतिविधिका नाईकेहरु हुन् । आफूभन्दा जुनियर केटाहरुलाई प्रयोग गर्ने, उनीहरुलाई संरक्षण गर्ने र उनीहरुको जीवनयापनको लागि व्यवस्था मिलाई दिने काम यी नाईकेहरुले गर्दछन् । त्यसैले यदि अपराध र गुन्डागर्दीको सामूल अन्त्य वा सञ्जाल ध्वस्त बनाउनु छ भने नेपालका आधादर्जन गुन्डा नाईकेहरुलाई इन्काउन्टर गर्नैपर्छ ।
पोखरामा पछिल्लो समय राजनीतिमा उदय भएका पात्रहरुको पृष्ठभूमि पनि डरलाग्दै देखिन्छ । विभिन्न व्यवसायको आडमा गुन्डा परिचालन गर्ने, तस्करी गर्ने र अकुत सम्पत्ति कमाएपछि राजनीतिमा छिर्नेहरुको लस्करै देख्न सकिन्छ । अकुत पैसा लुटिसकेपछि सुरक्षित हुने भनेकैं राजनीतिमा प्रवेश गरेर हो । यदि राजनीतिमा प्रवेश नगर्ने हो भने प्रहरीले जतिबेला चाह्यो उतिबेला इन्काउन्टर गर्न सक्छ । त्यसकारण केन्द्रमा शीर्ष नेताहरुलाई करोडौं बुझाएर दलको झण्डामूनी सुरक्षित भएर लुक्ने पछिल्लो प्रवृत्तिले प्रहरी पनि अलमलमा परिरहेको छ । एकातिर प्रहरीको पनि गुन्डाहरुसँग सम्बन्ध देखिन्छ । हरेक जिल्लाका प्रहरी प्रमुखहरु स्तर अनुसारका तस्कर, दलाल र गुन्डाहरुको आतिथ्यता स्वीकार गरेर मस्ती गरिरहेका घटनाहरु हाम्रा लागि सामान्य नै हुन् । एउटा सामान्य ईलाका, वडा, जिल्ला र प्रदेशका प्रहरी प्रमुखहरु पनि गुन्डाहरुको नजिक रमाईरहेका हामीले देखिरहेका छौं । प्रहरीका विरुद्धमा बोल्न जनताले नसकेका मात्र हुन् । यदि विरोध गर्ने हो भने झुटो वाहनामा फसाउने, गुन्डाहरु नै परिचालित गरेर आतंकित बनाउन सक्ने भएपछि जनता मौंन छन् । तर यस्ता प्रवृत्तिले समाजमा गुन्डाराजको जरा बलियो हुँदै गईरहेको छ । नयाँ पुस्ताले गुन्डागर्दीलाई कसरी बुझिरहेको छ वा नियालीरहेको छ यो विषयमा गम्भिरताका साथ सोच्नैपर्छ । गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालले तन्किएर गुन्डा नाईके दिपक मनाङेलाई मन्त्री भएपछि सलाम ठोकिरहेको त्यो तस्विर हेरिरहेका नयाँ पुस्ताका मनमा के खेल्दो हो ? के लाग्दो हो ? त्यसैले गुन्डाहरुले सुरक्षित ठानिरहेको राजनीतिबाट उनीहरुलाई समयमा नै अलग्याउन सकिएन भने मन्त्री, मुख्यमन्त्री हुँदै प्रधानमन्त्रीका रुपमा हामीले एकदिन यस्तै गुन्डाहरु वा अपराधिक पृष्ठभूमिका पात्रहरुलाई देख्न पर्नेछ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश