News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘ओलीसँग जमेरै लड्न १९ पेज लामो दस्तावेजको बम हानेको हुँ’

'ओली त महाठग रहेछन् । यस्तो ठग देखिनँ' : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई सिध्याउन खोजेपछि जमेरै लड्न १९ पेज लामो दस्तावेजको बम हानेपछि महामारी शुरु भएको बताएका छन् ।

आज सिन्धुलीमा कार्यकर्ताहरुसँग छलफल गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले भने–‘ओलीले मलाई पनि सिध्याउने बाहेक देखिएन । मैले पनि लड्नैपर्ने भए जमेरै लड्ने भनेर १९ बुँदे ल्याएको हुँ । १९ पेज लामो दस्तावेजको बम ओलीमाथि हानेपछि महामारी सुरु भएको छ ।’

यतिबेला आरोप–प्रत्यारोप चलिरहेको बेलामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई महाठगको संज्ञा समेत दिन भ्याए । ‘ओली त महाठग रहेछन् । यस्तो ठग देखिनँ । पार्टी फुट्ला कि भनेर थरथर काम्नुपर्ने भयो’, अध्यक्ष प्रचण्डले भने–‘पार्टी बच्ला कि भनेर प्रधानमन्त्री पनि पाँचै वर्ष खाऊ भनेँ । तर पनि भएन ।’

पछिल्लो समय ओलीले आफू र माओवादीले स्थापित गरेका एजेन्डा समाप्त पार्न खोजेको भन्दै अब आफ्नो गाँठो बलियो पारेर अघि बढ्ने र आफ्नै संगठन र जनतालाई आधार मानेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।