News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

नेकपाकी नेतृ शिलुका नाममा ३५ दिने पक्राउ पुर्जी जारी

'प्रतिबन्ध फुकुवा भएपनि पक्राउ पुर्जी जारी गर्ने र घर–घरमा पुगेर आतंक सिर्जना गर्ने काम अझै रोकिएको छैन'

पोखरा । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेल ‘शिलु’को नाममा मोरङ जिल्ला अदालतबाट ३५ दिने पक्राउ पुर्जी जारी भएको छ । छत्रबहादुर श्रेष्ठको जाहेरीको कर्तव्य ज्यान मुद्दामा सोमबार (हिजो) नेतृ शिलुको घरमा पक्राउ पुर्जी टाँसिएको हो । गोर्खा जिल्ला भच्चेक काफलडाँडामा रहेको नेकपाकी नेतृ शिलुको घरमा भच्चेक प्रहरी चौकीका इन्चार्जको नेतृत्वको गएको टोलीले पक्राउ पुर्जी टाँसेको पारिवारिक स्रोतले जानकारी दिएको छ । यस अघि नेकपाका नेता हरिबहादुर चन्द तथा नेता नबिनको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको थियो ।
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बिच गत फागुन २१ गते सहमति भई प्रतिबन्ध फुकुवा भएपनि सुरक्षा निकाय र न्यायालयबाट पक्राउ पुर्जी जारी गर्ने र घर–घरमा पुगेर आतंक सिर्जना गर्ने काम अझै रोकिएको छैन । पछिल्लो पटक नेकपाकी नेतृ उमा भुजेल ‘शिलु’को घरसम्म प्रहरी पुगेको छ ।

सरकार र प्रतिबन्धित नेकपाबीच भएको ३ बुँदै सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने, जेल तथा हिरासतमा रहेका नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्ने र राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने उल्लेख थियो । तर अहिलेसम्म सहमति अनुसार जेल तथा कारागारमा रहेका नेता तथा कार्यकर्ताहरु रिहा भएका छैनन् ।