
१उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
३सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
४कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
५गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
६जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
७कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
८२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
९गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१०कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
११उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१२अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
पोखरा । मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २२ औं वार्षिकोत्सवको अवसरमा करिब साढे ३ लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ती वितरण गरेको हो ।
प्रतिष्ठानले कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ स्थित निष्पक्ष माविलाई ९० हजार बराबरको विज्ञान सामाग्री, पुरन्चौरको विन्धेश्वरी माविलाई ४० हजार बराबरको पुस्तक, धम्पुसको उदय माविलाई २० हजार बराबरको पुस्तक र क्रमश धम्पुसको पृथ्वीनारायण मावि, भुजुङखोलाको माछापुच्छ्रे मावि र हेम्जाको विष्णुपादुका माविलाई १०/१० हजार बराबरको पुस्तक वितरण गरेको छ । त्यस्तै कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार १५ विद्यार्थीलाई प्रतिष्ठानले १० हजारका दरले छात्रवृत्ति समेत वितरण गरेको छ ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले विद्यार्थीको आर्थिक अभावले शैक्षिक क्षेत्रमा अगाडी बढ्न नसकेको अवस्थामा प्रतिष्ठानको कामले सहयोग पुगेको बताए । साथै उनले विद्यालयले पाएको सामाग्रीको उच्चतम प्रयोग गरिदिन आग्रह गरे ।
त्यसैगरि माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का अध्यक्ष जुमबहादुर गुरुङले प्रतिष्ठनले गर्ने सहयोगलाई निरन्तरता दिन आग्रह गरे । त्यस्तै सोही ठाउँको बराह माविका प्रधानाध्यापक नरबहादुर गुरुङले प्रतिष्ठानको प्रशंसा गर्दै प्रतिष्ठानले शैक्षिक क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि सहयोग गरिरहेको जानकारी दिए ।
त्यस्तै निष्पक्ष मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गिरीले सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त भएको सामाग्रीको उचित उपयोग गरिने प्रतिवद्धता व्यक्त गरे । निष्पक्ष माविका प्राचार्य दुर्गा बहादुर रावतले विद्यार्थीले विज्ञान प्रविधिलाई चिन्नलाई प्रतिष्ठानको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।
प्रतिष्ठानका सचिव तथा कार्यक्रमका सभापति डिल्लीराम गिरीले विद्यालयले सामाग्री प्राप्त गरिसकेपछि त्यसको उच्चतम प्रयोग गरिदिन आग्रह गरे । प्रतिष्ठानको सहयोग प्रचारको लागि नभई विद्यार्थीको उज्वल भविष्यको लागि भएको उनले बताए । गत वर्षहरुमा प्रतिष्ठानद्वारा प्रदान गरिएको सामाग्रीको अनुगमनका क्रममा उच्चतम प्रयोग नभएको र कतिपय विद्यालयको सामाग्रीमा माकुराको जालो लागेको देख्दा आफुलाई दुःख लागेको गिरीले बताए । साथै विद्यालयलाई प्राप्त भएको शैक्षिक सामाग्रीबाट विद्यार्थीहरु कति लाभाम्वित भए/भएनन् भन्ने विषयमा विद्यालयले ध्यान दिनुपर्ने उनको जोड थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका कार्यसमिति सदस्य सूर्य गिरीले राखेका थिएभने संचालन प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछानेले गरेका थिए ।
प्रतिष्ठानले विगत २२ वर्षदेखि विद्यार्थीको उज्वल भविष्यको योजनामा टेवा पु¥याउन शैक्षिक सामाग्री र छात्रवृत्ती प्रदान गर्दै आइरहेको छ ।


१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की