
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका आफ्ना दाजुलाई भेट गर्नुभएको छ । उहाँले आज कारागार कार्यालय चितवनमा रहनुभएका दाजु ६० वर्षीय चन्द्रबहादुर चन्द ‘विरजङ्ग’लाई भेट गर्नुभएको हो ।
कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बम बिस्फोट गराएको अभियोगमा असोज २८ गते पक्राउपछि उहाँ कारागारमा हुनुहुन्छ । नवलपरासीको सुस्ता पश्चिमबाट पक्राउ परेका चन्द्रलाई उपचार गर्नुपर्ने भएपछि यहाँ ल्याइएको हो । दाजुभाइको भेटमा सँगै रहनुभएका काफ्लेले दाजुलाई विकसित घटनाक्रम र सहमतिका विषयमा जानकारी गराउनुभएको थियो ।
सरकारसँग सहमति भइसकेकाले प्रक्रिया मिलाएर केही दिनमा कारागारबाट छुट्ने जानकारी पनि उहाँले दाजुलाई गराउनुभएको थियो । झण्डै आधा घण्टाको भेटमा उहाँले दाजुको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत रुपमा जानकारी लिएको काफ्लेले बताउनुभयो । दाजु चन्द्रले भाइलाई आफूलाई भएको कोरोना सङ्क्रमणदेखि अन्य समस्याका बारेमा अवगत गराउनुभएको थियो ।
नेत्रविक्रम चन्दले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी र सरकारका बीचमा सहमति भएसँगै सो पार्टीका कारागारमा रहेका बन्दीहरु छुट्ने भएका हुन् । भूमिगत रहेका नेता कार्यकर्ता भने शुक्रबारबाट सार्वजनिक भएका छन् । यस कारागारमा सो पार्टीका बन्दी चन्द्र मात्र रहनुभएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’