
१रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
२सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
५तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
६लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
८कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न आज राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उहाँले अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा समाप्त भएको धारणा राख्नुुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल शान्तिपूर्ण देश हो, यहाँ अब हिंसात्मक द्वन्द्व छैन, शान्ति छ । आजको ठूलो सन्देश र उपलब्धि यही हो । संयुक्त राष्ट्रसङ्घले विश्वभरका मुलुकमा गरेको शान्ति स्थितिको मापनमा नेपालको सूचक अझ माथि उठ्ने छ ।”
सो समूहले शान्तिको माध्यमबाट मुलुकको स्वाधीनता र समृद्धिको यात्रामा अघि बढ्ने गरी भएको सहमतिको निर्णयबाट नेपाली जनताको मन जित्न सफल भएको बताउँदै उहाँले भन्नुभयो, “मुलुक र जनताको हितका लागि शान्तिपूर्ण राजनीतिका माध्यमबाट अघि बढ्ने विप्लव नेतृत्वको समूह मुलधारको राजनीतिमा प्रवेश गर्ने निर्णय ‘फोर्स ल्यान्डिङ’ या ‘क्र्यास ल्यान्डिङ’ नभई मुलुकलाई अघि बढाउने सम्भावना बोकेको ‘सेफ ल्यान्डिङ’ हो ।
दुवै पक्षबीच भएको सहमतिको एउटै उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रालाई अघि बढाउने र मुलुकलाई एकताबद्ध बनाएर लैजाने रहेको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिको उचाइको यात्रामा मुलुक एक पटक फेरि नयाँ उचाइका साथ अघि बढेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालले प्राप्त गरेको सफलता विश्व कम्युनिष्ट आन्दोलनका लागि आदर्श रहने छ, आजको सहमति शान्तिको यात्रालाई अघि बढाउने दिशाका लागि ठूलो सफलता हो ।” विप्लव समूहको शान्तिपूर्ण अवतरण साहासिक कदम भएको जनाउँदै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली जनता र राष्ट्रले शान्ति खोजेको छ । राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय एकताका लागि एकजुट भएर काम गर्नुपर्छ ।”
मुलुकलाई अग्रगमन, विकास र समृद्धिका दिशामा अघि बढाउने र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा सफल रहेको बताउँदै उहाँले नेपाली राजनीतिको अभ्यासमा विप्लवलाई सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा