
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
लमजुङ । पहाडी जिल्ला लमजुङमा अनुदानमा यहाँका ९० जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई आज हाते ट्र्याक्टर वितरण गरेको हो ।
नगर प्रमुख गुमानसिंह अर्यालले किसानलाई ट्र्याक्टर वितरण गर्नुहुँदै कृषिमा यान्त्रीकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले किसानलाई हाते ट्र्याक्टर वितरण गरेको बताउनुभयो । उहाँले नगरपालिकाले अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराएपछि बाँझो जग्गा प्रयोगमा आउन थालेको बताउनुभयो । वैदेशिक रोजगारको सिलसिलामा विदेश पलायन भएर गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनःप्रयोगमा ल्याउन हाते ट्र्याक्टर प्रभावकारी भएको नगरप्रमुख अर्यालले बताउनुभयो ।
यस नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु २५ लाख २० हजार बजेटमा ट्र्याक्टर खरीद गरी किसानलाई वितरण गरेकोे नगरको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताउनुभयो । नगरपालिकाले यस वर्ष तीन प्रकारको हाते ट्र्याक्टर वितरण गरेको छ । नगरपालिकाले यस वर्ष सात हर्सपावर डिजेल वाला, सात हर्स पावर पेट्रोल वाला र छ हर्सवापरको गरी तीन प्रकारको ट्र्याक्टर वितरण गरेको छ । रु ५० हजार मूल्यपर्नेमा ५० प्रतिशत अनुदानमा रु २५ हजार किसानको रु २५ हजार नगरपालिकाको, रु ६० हजार र रु ७० हजार पर्नेमा रु २८ हजार नगरपालिकाको र बाँकी किसानको गरी वितरण गरेको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताउनुभयो ।
गत वर्ष माग भई आएका सबै १०६ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर विरतण गरेको थियो । यस वर्ष भने हाते ट्र्याक्टरका लागि ३०० जना किसानको आवेदन परेकामा ९० जनालाई मात्र विरतण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले मिनिटिलर वितिरणसँगै भाडामा एकरुपता ल्याउन मिनिटिलरको भाडासमेत निर्धारण गरेको छ । पछिल्लो समय गोरु पाउन गाह्रो, युवा पुस्ता वैदेशिक रोजगारमा रहेकाले गाउँमा खेतालाको अभाव हुनेलगायतका समस्याले गर्दा गाउँमा खेतीयोग्य जमीन बाँझो रहन थालेको थियो । यस ट्र्याक्टरको प्रतिघण्टा ७०० रुपैयाँ तोकिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन