
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
पोखरा । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उहाँले अदातलले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनमा जाने जुनसुकै फैसला गरे पनि पार्टीका लागि स्वीकार्य हुने बताउनुभयो ।
मुलुकको प्रत्येक परिवर्तमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले संविधानले व्यवस्था गरेका हक अधिकारको संरक्षण कार्यान्वयनका लागि मगर सङ्गठित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले लामो सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि पार्टी एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले पाँच वर्ष सरकार चलाउने अधिकार दिए पनि कम्युनिष्ट पार्टीले मुलुक सञ्चालन र विकास गर्न नसकेको आरोप लगाउनुभयो । पार्टीको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले गलत गरेको आरोप लगाउँदै उहाँले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा अस्थिरता उत्पन्न गरी मुलुकलाई गृहयुद्धमा धकेल्न देशी विदेशी शक्ति लागेको उल्लेख गर्दै उहाँले त्यसका विरुद्धमा काँग्रेसले पहरेदारका रुपमा आप्mनो भूमिका निर्वाह गर्ने बताउनुभयो । नेता गोपालमान श्रेष्ठले निर्वाचन भएमा काँग्रेसले स्पष्ट बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्रिय मगर सङ्घका केन्द्रीय अध्यक्ष ओम थापामगरले मुलुकको परिर्वतका लागि भएका प्रत्येक आन्दोलनमा मगर समुदायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै पार्टीले योग्यता र क्षमताका आधारमा अवसर दिनुपर्ने बताउनुभयो ।
संविधानसभा सदस्य विन्दा रानामगर, म्याग्दीका पार्टी सभापति नीरज पुन, गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेल, जीतप्रकाश आले, खम्वीर गर्बुजा मगर, दिपेन्द्र थापामगर, खडकबहादुर मगर, पदम पुन मगर, चन्द्रबहादुर रानामगरलगायतले पार्टी सङ्गठनका लागि मगर सङ्घले पु¥याउँदै आएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
सम्मेलनमा सन्तजंग पुन मगरको सभापतित्वमा गठन गरिएको २५ सदस्यीय राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा गरिएको थियो ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर