
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौको पहिलो साता गर्ने प्रस्ताव गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
यसैगरी गाउँ/नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते गर्ने प्रस्ताव गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ । कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरे पनि कोभिड–१९ सङ्क्रमणका कारण कार्यतालिका प्रभावित भएको थियो ।
कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यको पदावधि चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था छ । बैठकले नेपालको संविधानबमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने प्रावधान पार्टीको विधानमा समेत व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।
उक्त निर्णय पार्टीको आगामी चौधौँ महाधिवेशनमा राखिनेछ । काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । विधानको हालको व्यवस्थाअनुसार वर्तमान केन्द्रीय समितिको समयावधि यही फागुन १९ गतेसम्म छ ।
बैठकमा महामन्त्री खड्काले पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधि तोकिएकामा उक्त क्रियाशील सदस्यको ‘अवधिसम्बन्धी व्यवस्था’ निलम्वन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । तर पार्टीको केन्द्रीय सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, महानगरपालिकाको सभापति र उपमहानगरपालिकाको सभापतिका लागि यो व्यवस्था निलम्वन भएको नमानिने पार्टीको विज्ञप्तिमा उल्लेख छ ।
अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिको हकमा क्रियाशील सदस्यताको अवधि गणना गर्दा कांग्रेसको जुन पदमा हाल समायोजन भएका छन्, उक्त पदका लागि आवश्यक अवधि पुगेको मानिने छ । उक्त अवधि आवश्यकपर्ने अन्य पदमा समेत उम्मेदवार हुन योग्य मानिने छन् । तर पार्टीको केन्द्रीय सदस्यमा पदासिन व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनुपर्ने पदमा उम्मेदवार हुन पाउनेबाहेक अन्य व्यक्ति जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति, महानगरपालिका र उपमहानगरपालिकाको सभापतिमा उम्मेदवार हुन पाउने छैन ।
बैठकले म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरल्याण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरब, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्वर्गस्थित नेपाली जनसम्पर्क समितिको छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी असार ७ गते प्रस्ताव गरिएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा प्रस्तुत प्रस्ताव उपर आज वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य बीरबहादुर बलायरले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले बैतडीको दोगडाकेदारमा भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाका बारेमा स्थलगत अध्ययन गरी केन्द्रीय प्रतिनिधिका रुपमा ल्याउनुभएको प्रतिवेदन पेश गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उहाँले जानकारी दिनुभयो ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर