
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
८पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
९पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
कञ्चनपुर । विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।
नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो । तालिममा सहभागी भएका महिलालाई रु तीन हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । आधा रकम नगरपालिकाको महिला शाखाले र आधा रकम तालिममा सहभागी महिलाले बाख्रापालनका लागि व्यहोर्ने सहमति गरिएको छ ।
“महिला आर्थिकरूपमा सक्षम भए घरेलु हिंसाका घटना कम हुन्छन्”, नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीले भन्नुभयो, “महिलालाई आर्थिकरूपमा सक्षम बनाउनकै लागि सातदिने तालिमसँगै अनुदान रकम उपलब्ध गराएका छौँ”, नगरपालिकाको दुवै वडाका २५/२५ महिलालाई छुट्टाछुट्टैरूपमा तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।
घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनुका साथै महिलाको सामाजिक, आर्थिक अवस्था सुदृढ गर्ने, बचत बढाउनका लागि सीप क्षमताको विकास गर्ने र उत्पादनशील क्षेत्रमा पूँजी परिचालन गर्नका लागि उत्प्रेरित गर्न तालिमसँगै अनुदान रकम दिइएको उहाँको भनाइ छ । नगरपालिकाको महिला शाखाले गठन गरेका महिला विकास समिति, संस्था र समूहमा आवद्ध महिलाले अनुदान रकम पाएका छन् ।
पशु शाखाका पशु विकास अधिकृत रामदत्त भट्टले सातदिने तालिमका क्रममा महिलालाई उन्नत बाख्रपालनसँगै खोर सुधारबारे जानकारी दिइएको बताउनुभयो । “व्यवसाय प्रवद्र्धन गर्नका लागि आवश्यक पर्ने सीपसमेत महिलालाई सिकाएका छौँ”, उहाँले भन्नुभयो, “बाख्रापलनमा संलग्न हुने महिलालाई आहार व्यवस्थापनबारे समेत जानकारी दिइएको छ ।”
“हाडनाताबाट जन्मने बाख्रा ख्याउटे हुने, गर्भ तुहिने र वृद्धि विकाससमेत कम हुने भएकाले क्रस ब्रिडिङ गराउनुपर्ने कुरा सिकाएका छौँ”, उहाँले भन्नुभयो, “सन्तुलित घाँस व्यवस्थापन गर्नका लागि डालेघाँस, कोशे–अकोशे जातका घाँस लगाउनुपर्ने र सन्तुलित दाना बाख्रलाई खुवाउनुपर्ने कुरा तालिमका क्रममा बताएका छौँ ।” दुवै वडाका महिलालाई रु एक लाख ५० हजार रकम अनुदानका रूपमा दिइएको छ ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई