
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
दमौली । नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले नेपालका ठूला सञ्चारमाध्यमका लगानीको पारदर्शिता खोजी गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आज दमौलीमा आयोजित साधारणसभामा महासचिव विष्टले वर्षौंसम्म आम्दानी गर्ने तर श्रमजीवी पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमको पारदर्शिता खोजी गरिने बताउनुभयो ।
“वर्षौंसम्म व्यापार गरेर पैसा कमाउने तर कोभिड सङ्कट देखाएर पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमविरुद्ध आन्दोलन शुरु भएको छ”, उहाँले भन्नुभयो, “महासङ्घ सदैव श्रमजीवी पत्रकारको पक्षमा छ ।” महासचिव विष्टले पत्रकार महासङ्घ उन्नत पत्रकारिताको अभ्यासभन्दा पनि अन्य काममा भुल्नपरेको गुनासो गर्नुभयो । व्यावसायिक पत्रकारिता र नीतिको क्षेत्रमा सरकारले महासङ्घलाई सहयोग नगरेको विष्टको भनाइ थियो ।
विष्टले पत्रकारले राजनीति गर्न नहुने तर राजनीति बुझ्न भने आवश्यक रहेको तर्क गर्नुभयो । नागरिक अधिकार विरोधी कदममा महासङ्घ मूखदर्शक भएर बस्न नसक्ने विष्टको भनाइ थियो ।
यसअघि साधारणसभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिका सदैव प्रेसमैत्री रहेको बताउनुभयो । शाखाका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नवीन कुइँकेल, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, नेपाली कांग्रेसका सचिव विश्व बास्तोला, नेकपाका कार्यालय सचिव राजेश्वर ढकाललगायतले पत्रकारिता क्षेत्रका बारेमा धारणा राख्नुभएको थियो ।
दुई पत्रकारिता पुरस्कार स्थापित
महासङ्घ तनहुँ शाखामा थप दुई नयाँ पत्रकारिता पुरस्कार स्थापना भएको छ । पत्रकार महासङ्घ तनहुँ शाखाका पूर्वअध्यक्ष प्रदीप काफ्ले र साधारण सदस्य एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शाखामा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । शाखाको आज आयोजित बाह्रौ साधारणसभाका अवसरमा उहाँहरुले पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो ।
शाखाका पूर्वअध्यक्ष काफ्लेले स्व पिता पुरुषोत्तम काफ्लेको स्मृतिमा रु एक लाख राशिको पुरुषोत्तम काफ्ले आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । काफ्लेले रु एक लाख बराबरको चेक व्यास नगरपालिकाका प्रमुख न्यौपानेमार्फत शाखा अध्यक्ष ओमकार आचार्यलाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी शाखाका साधारण सदस्य एवं वरिष्ठ अधिवक्ता वाग्लेले स्व पिता चिरञ्जीवी वाग्ले र स्व आमा हरिमायाको स्मृतिमा रु एक लाख ११ हजार १११ राशिको चिरनहरि पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । वाग्लेले उक्त रकम बराबरको चेक व्यास नगरपालिकाका प्रमुख न्यौपानेमार्फत शाखा अध्यक्ष आचार्यलाई हस्तान्तरण गर्नुभएको छ ।
काफ्लेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट कृषि र सहकारी क्षेत्रमा साथै वाग्लेको स्मृतिमा स्थापित पुरस्कार न्याय र वातावरणको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने शाखाका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
यसअघि केही दिन अगाडि मात्रै शाखाका पूर्वअध्यक्ष मुक्तिनाथ खनालले स्व श्रीमती भवानी खनालको स्मृतिमा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो । पत्रकार महासङ्घ तनहुँ शाखामा यस अगाडि तीन वटा पत्रकारिता पुरस्कार सञ्चालनमा छ । व्यास नगरपालिका–७ कलेस्तीका रणबहादुर गुरुङले रु ५० हजारको सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । व्यास नगरपालिका–४ दमौलीका भाग्यशाली ढुङ्गानाले रु एक लाखको टीकानिधि ढुङ्गाना स्मृति पत्रकारिता पुरस्कार र व्यास नगरपालिका–४ निवासी विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले रु एक लाखको भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ ।
महासङ्घ गण्डकीको साधारणसभा फागुनमा
महासङ्घ गण्डकी प्रदेश समितिको साधारणसभा आगामी फागुन १ गते हुने भएको छ । प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा आज तनहुँको दमौलीमा बसेको बैठकले साधारणसभाको मिति तय गरेको हो ।
बैठकले साधारणसभा सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरेको छ । आर्थिक उपसमितिका संयोजकमा महासचिव गणेश पौडेल, मञ्च तथा अतिथि सत्कार उपसमितिको संयोजकमा सचिव इन्द्रप्रसाद पौडेल र प्रचारप्रसार उपसमितिको संयोजकमा सचिव रुद्रबहादुर श्रीस मगर चयन हुनुभएको छ ।
बैठकले जिल्ला शाखाहरुबाट सिफारिस भई आएका सदस्यताबारे आवश्यक कारवाहीका लागि अध्यक्ष त्रिभुवन पौडेलको संयोजकत्वमा उपाध्यक्ष नारायणप्रसाद शर्मा र महासचिव गणेश पौडेल रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । साथै जिल्ला शाखाले सिफारिस गरी पठाएको मितिभन्दा अघि प्राप्त भएका सदस्यतासम्बन्धी उजुरीउपर आवश्यक फाइल झिकाइ छानबिन गर्ने निर्णय भएको छ ।
बैठकले प्रदेश समितिको बैठक आयोजना र व्यवस्थापनका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखालाई धन्यवाद दिने निर्णय गर्नुका साथै लेखा परीक्षणका लागि दर्तावाल लेखा परीक्षक नारायण उपाध्यायलाई नियुक्त गरेको छ ।
रुद्रबहादुर पत्रकारिता पुरस्कार शर्मालाई
बैठकले रुद्रबहादुर भट्टराई एवं पूर्णकुमारी भट्टराईका परिवारद्वारा स्थापित तथा प्रदेशद्वारा सञ्चालित रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार २०७६ कास्कीका वरिष्ठ पत्रकार माधव शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिभा छनोट समिति र त्यसका संयोजक रवीन्द्रनाथ बास्तोलाद्वारा बैठकमा सिफारिसबारे जानकारी गराएपश्चात् उक्त सिफारिस बैठकले अनुमोदन गरेको हो ।
प्रदेश समितिले स्मारिका प्रकाशन गर्न राजेन्द्र न्यौपानेको संयोजकत्वमा स्मारिका प्रकाशन उपसमिति गठन गरेको छ । समितिमा सन्तोष गौतम, अञ्जना तिमिल्सिना, रामजीप्रसाद लम्साल र गोविन्दप्रसाद सुवेदी सदस्य तोकिनुभएको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा