
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
दमौली । नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले नेपालका ठूला सञ्चारमाध्यमका लगानीको पारदर्शिता खोजी गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आज दमौलीमा आयोजित साधारणसभामा महासचिव विष्टले वर्षौंसम्म आम्दानी गर्ने तर श्रमजीवी पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमको पारदर्शिता खोजी गरिने बताउनुभयो ।
“वर्षौंसम्म व्यापार गरेर पैसा कमाउने तर कोभिड सङ्कट देखाएर पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमविरुद्ध आन्दोलन शुरु भएको छ”, उहाँले भन्नुभयो, “महासङ्घ सदैव श्रमजीवी पत्रकारको पक्षमा छ ।” महासचिव विष्टले पत्रकार महासङ्घ उन्नत पत्रकारिताको अभ्यासभन्दा पनि अन्य काममा भुल्नपरेको गुनासो गर्नुभयो । व्यावसायिक पत्रकारिता र नीतिको क्षेत्रमा सरकारले महासङ्घलाई सहयोग नगरेको विष्टको भनाइ थियो ।
विष्टले पत्रकारले राजनीति गर्न नहुने तर राजनीति बुझ्न भने आवश्यक रहेको तर्क गर्नुभयो । नागरिक अधिकार विरोधी कदममा महासङ्घ मूखदर्शक भएर बस्न नसक्ने विष्टको भनाइ थियो ।
यसअघि साधारणसभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिका सदैव प्रेसमैत्री रहेको बताउनुभयो । शाखाका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नवीन कुइँकेल, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, नेपाली कांग्रेसका सचिव विश्व बास्तोला, नेकपाका कार्यालय सचिव राजेश्वर ढकाललगायतले पत्रकारिता क्षेत्रका बारेमा धारणा राख्नुभएको थियो ।
दुई पत्रकारिता पुरस्कार स्थापित
महासङ्घ तनहुँ शाखामा थप दुई नयाँ पत्रकारिता पुरस्कार स्थापना भएको छ । पत्रकार महासङ्घ तनहुँ शाखाका पूर्वअध्यक्ष प्रदीप काफ्ले र साधारण सदस्य एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शाखामा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । शाखाको आज आयोजित बाह्रौ साधारणसभाका अवसरमा उहाँहरुले पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो ।
शाखाका पूर्वअध्यक्ष काफ्लेले स्व पिता पुरुषोत्तम काफ्लेको स्मृतिमा रु एक लाख राशिको पुरुषोत्तम काफ्ले आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । काफ्लेले रु एक लाख बराबरको चेक व्यास नगरपालिकाका प्रमुख न्यौपानेमार्फत शाखा अध्यक्ष ओमकार आचार्यलाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी शाखाका साधारण सदस्य एवं वरिष्ठ अधिवक्ता वाग्लेले स्व पिता चिरञ्जीवी वाग्ले र स्व आमा हरिमायाको स्मृतिमा रु एक लाख ११ हजार १११ राशिको चिरनहरि पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । वाग्लेले उक्त रकम बराबरको चेक व्यास नगरपालिकाका प्रमुख न्यौपानेमार्फत शाखा अध्यक्ष आचार्यलाई हस्तान्तरण गर्नुभएको छ ।
काफ्लेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट कृषि र सहकारी क्षेत्रमा साथै वाग्लेको स्मृतिमा स्थापित पुरस्कार न्याय र वातावरणको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने शाखाका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
यसअघि केही दिन अगाडि मात्रै शाखाका पूर्वअध्यक्ष मुक्तिनाथ खनालले स्व श्रीमती भवानी खनालको स्मृतिमा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो । पत्रकार महासङ्घ तनहुँ शाखामा यस अगाडि तीन वटा पत्रकारिता पुरस्कार सञ्चालनमा छ । व्यास नगरपालिका–७ कलेस्तीका रणबहादुर गुरुङले रु ५० हजारको सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । व्यास नगरपालिका–४ दमौलीका भाग्यशाली ढुङ्गानाले रु एक लाखको टीकानिधि ढुङ्गाना स्मृति पत्रकारिता पुरस्कार र व्यास नगरपालिका–४ निवासी विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले रु एक लाखको भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ ।
महासङ्घ गण्डकीको साधारणसभा फागुनमा
महासङ्घ गण्डकी प्रदेश समितिको साधारणसभा आगामी फागुन १ गते हुने भएको छ । प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा आज तनहुँको दमौलीमा बसेको बैठकले साधारणसभाको मिति तय गरेको हो ।
बैठकले साधारणसभा सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरेको छ । आर्थिक उपसमितिका संयोजकमा महासचिव गणेश पौडेल, मञ्च तथा अतिथि सत्कार उपसमितिको संयोजकमा सचिव इन्द्रप्रसाद पौडेल र प्रचारप्रसार उपसमितिको संयोजकमा सचिव रुद्रबहादुर श्रीस मगर चयन हुनुभएको छ ।
बैठकले जिल्ला शाखाहरुबाट सिफारिस भई आएका सदस्यताबारे आवश्यक कारवाहीका लागि अध्यक्ष त्रिभुवन पौडेलको संयोजकत्वमा उपाध्यक्ष नारायणप्रसाद शर्मा र महासचिव गणेश पौडेल रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । साथै जिल्ला शाखाले सिफारिस गरी पठाएको मितिभन्दा अघि प्राप्त भएका सदस्यतासम्बन्धी उजुरीउपर आवश्यक फाइल झिकाइ छानबिन गर्ने निर्णय भएको छ ।
बैठकले प्रदेश समितिको बैठक आयोजना र व्यवस्थापनका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखालाई धन्यवाद दिने निर्णय गर्नुका साथै लेखा परीक्षणका लागि दर्तावाल लेखा परीक्षक नारायण उपाध्यायलाई नियुक्त गरेको छ ।
रुद्रबहादुर पत्रकारिता पुरस्कार शर्मालाई
बैठकले रुद्रबहादुर भट्टराई एवं पूर्णकुमारी भट्टराईका परिवारद्वारा स्थापित तथा प्रदेशद्वारा सञ्चालित रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार २०७६ कास्कीका वरिष्ठ पत्रकार माधव शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिभा छनोट समिति र त्यसका संयोजक रवीन्द्रनाथ बास्तोलाद्वारा बैठकमा सिफारिसबारे जानकारी गराएपश्चात् उक्त सिफारिस बैठकले अनुमोदन गरेको हो ।
प्रदेश समितिले स्मारिका प्रकाशन गर्न राजेन्द्र न्यौपानेको संयोजकत्वमा स्मारिका प्रकाशन उपसमिति गठन गरेको छ । समितिमा सन्तोष गौतम, अञ्जना तिमिल्सिना, रामजीप्रसाद लम्साल र गोविन्दप्रसाद सुवेदी सदस्य तोकिनुभएको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल