
१प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
२निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
३चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
४निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
५‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
६जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
७नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
८विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
९अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१०स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
११जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१२नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
शेरबहादुर सिंह
महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ । तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हाल स्थानीय तहले तालमा माछा मार्ने ठेक्का दिँदै आएकामा भारतीय पक्षले तालमा आफ्नो पनि स्वामित्व दाबी गरेर बखेडा झिकिरहेको छ ।
विसं २०६१/६२ मा आएको नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले प्याराताल भारततिर पार्ने गरी सीमास्तम्भ गाडेको स्थानीयको भनाइ छ । झण्डै चार दशकदेखि प्यारातालको विषयमा नेपाल–भारतबीच देखिएको विवाद सुल्झिने कुनै सुरसार देखिएको छ । विसं २०२२ देखि जिल्ला विकास समितिले तालमा माछा पार्न ठेक्का दिँदै आइरहेको प्यारातालमा २०३५ सालयता भारतीय पक्षले पनि उक्त तालमा आफ्नो पनि दाबी गर्दै विवाद गरिरहेको छ ।
पुर्नवास नगरपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैसीले तीन वर्षयता पुर्नवास नगरपालिकाले प्यारातालमा माछा मार्ने ठेक्का दिँदै आएको बताउनुभयो । “नगरपालिकाले ठेक्का दिए पनि भारतीय पक्षले त्यति सहजै माछा मार्न भने दिएको छैन”, वडाध्यक्ष जैशीले भन्नुभयो, “पूर्व–पश्चिम फैलिएको तालमा भारतले आधा आफ्नो दाबी छाडेको छैन ।”
तालसँगै छेउमा रहेको भारतीय दुधुवा नेशनल पार्कका वन्यजन्तुको पानीको प्यास मेटाउने एक मात्र ठाउँ प्याराताल हुने भएकाले सो प्रयोगजनका लागि भारतले तालमा आँखा गाडेको उहाँको भनाइ छ । “डेढ दशकअघि ताल पारी नेपाली भूमिमै भारतीय पक्षले सीमा स्तम्भ गाडेर हाम्रो भूमि कब्जा गरेको थियो”, जैसीले भन्नुभयो, “त्यो बेला स्थानीयले स्तम्भ भत्काएर सीमाको रक्षा गर्दै भूमि फिर्ता लिएका थिए ।” सो घटनापछि भारतले तालबारी आएर विवाद भने गर्न सकेको छैन । “अहिले ताल छेउको हामीले फिर्ता लिएको त्यही भूमिमा कच्ची सडक बनाउन वडाले रु अढाइ लाख रकम विनियोजन गरेर काम शुरु गरेको छ”, उहाँले भन्नुभयो, “प्याराताल संरक्षण नहुँदा जलकुम्भीले पुरिँदै गएको छ । यसबारेमा माथिल्लो स्तरबाट कुनै चासो देखाइएको छैन ।”
स्थानीयका अनुसार तालभन्दा करीब ५०० मिटर दक्षिणसम्म नेपाली भूमि रहेपनि भारतीय पक्षले त्यहाँ आवागमन गर्न रोक लगाएको छ । करीब तीन किलोमिटर लम्बाइमा प्याराताल फैलिएको छ । माछाको ठेक्का पाएका स्थानीयले भने माछा मारेर ५० प्रतिशत भारतीय पक्षलाई दिनुपर्ने बाध्यता रहेको दुःखेसो पोख्छन् ।
पर्यटकीय र जलाधार क्षेत्रको महत्वपूर्ण सम्भावना बोकेको यस ताल पछिल्लो समय स्थानीय निकायले संरक्षणमा ध्यान नदिएको स्थानीयवासीको भनाइ छ । ताल छेउमै पर्यटन बोर्डको सहयोगमा वनभोज स्थल बनाइएको छ । प्याराताल क्षेत्रको पारी (दशगजा) क्षेत्रमा पर्ने साविक सीमास्तम्भ नं १९५ अझै तालभन्दा वर जङ्गलमै मर्मतसम्भारको पर्खाइमा छ भने १९६ सीमास्तम्भ लामो समयदेखि हराएको छ ।
पुर्नबास नगरपालिकामै पर्ने आनन्द बजारमा सीमास्तम्भ नं २०० छैन । भारतले सो क्षेत्रमा एउटा रुखलाई सीमास्तम्भ मानी त्यसैलाई दाबी गर्दै आइरहेको छ । सोही रुख नजिकै गत वर्ष कल्भर्ट बनाउने विषयमा भारतीय सुरक्षाकर्मीको गोली चलाउँदा पुनर्वासका गोविन्द गौतमले शहादत प्राप्त गर्नुभएको थियो । सीमास्तम्भ १९६ देखि सीमास्तम्भ नं २०० सम्म नेपाल–भारतबीच लामो समयदेखि सीमा विवाद हुने गरेको छ ।
त्यसैगरी पुर्नवास नगरपालिकाका प्रमुख जीवनराम थापाले प्यारातालको विवाद सुल्झाउन केन्द्रमा पटकपटक ज्ञापनपत्रसहित आग्रह गर्दा पनि केही पहल नभएको बताउनुभयो । उहाँले तालमा माछा मार्ने ठेक्का नगरपालिकाले दिएको भए पनि भारतीय हस्तक्षेप कायम रहेको बताउनुभयो । “शहीद गोविन्दा गौतमले सीमा विवादकै कारण मृत्युवरण गर्दा पनि हामीले प्याराताल विवाद प्राथमिकतामा राखेर पहल गरेका थियौँ”, नगरप्रमुख थापाले भन्नुभयो । यस विषयमा टोली बनाएर काठमाडौंँमा धाउँदा पनि कुनै ठोस पहल नभएको उहाँको गुनासो छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी