
१समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
३‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
४लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
५बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
६आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
७अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
८राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
९राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१०फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
११सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
१२अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
११पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
१२सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सन्तोष गौतम
म्याग्दी । म्याग्दीका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । पालिकाको पूर्वाधार बनाउनतर्फ जनप्रतिनिधिको ध्यान नपुग्दा सेवा प्रवाहमा असहज हुनुका साथै भाडाका लागि राज्यकोषबाट वार्षिक करोडौं रकम खर्च भइरहेको छ । जिल्लामा छ वटा स्थानीय तह र ४५ वटा वडा कार्यालय छन् ।
बेनी नगरपालिका र धवलागिरि गाउँपालिकाको कार्यालय सरकारी भवनबाट सञ्चालन भएको छ भने मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको कार्यालय भाडाका घरमा राखिएको छ । मङ्गलाका पाँचवटै वडाको भवन छन् । अन्य पालिकाका १३ वटा वडा कार्यालय अझै भवनविहीन छन् ।
अधिकांश वडा कार्यालय भवन जीर्ण भएकाले नयाँ निर्माण गर्नुपर्ने अवस्थामा छन् । स्थानीय तह निर्वाचनपछि दुई वडा कार्यालय भवन निर्माण भएका छन् । मङ्गला गाउँपालिकाको बुकेनीमा वडा नं ४ र अन्नपूर्ण गाउँपालिकाको घारमा वडा नं ६ को कार्यालय भवन निर्माण भएको हो । गाउँपालिकाको छ वडा कार्यालय भवन भने निर्माणको चरणमा छन् ।
धवलागिरि गाउँपालिका–३ फलियागाउँका मदन मल्लले जनप्रतिनिधिले पालिका र वडा कार्यालय भवन निर्माणमा बेवास्ता गर्दा सरकारी रकम खर्च भइरहेको र सेवा प्रवाहमा पनि कठिनाई हुने गरेको बताउनुभयो । “धवलागिरिको स्थायी केन्द्र कायम भएको घट्टेखोलामा १० रोपनीभन्दा बढी जग्गा गाउँपालिकालाई दिएको तीन वर्ष बिते पनि अझै पूर्वाधार बनाउने सुरसार छैन्”, उहाँले भन्नुभयो “साँघुरा कोठामा बसेर सेवा प्रवाह गर्दा कर्मचारीलाई असहज र नागरिकलाई सास्ती भएको छ ।”
स्थानीय तहहरूले कार्यालय सञ्चालनका लागि भाडाबापत म्याग्दीमा वार्षिक रु एक करोड रुपैयाँभन्दा बढी खर्च गरिरहेका छन् । कार्यालय प्रयोजनका लागि भनेर भाडा लिइएका भवनलाई जनप्रतिनिधि र कर्मचारीको आवासका रुपमा समेत प्रयोग भएको पाइएको छ । तत्कालीन मुना गाविस कार्यालय भवनमा तला र कोठा थपेर कार्यालय सञ्चालन गरेको धवलागिरि गाउँपालिकाले लुलाङ र ताकममा वडा कार्यालय भवन निर्माण गर्दैछ ।
गाउँपालिकाका इञ्जिनीयर सोविन जिसीका अनुसार रु ६६ लाख लागत अनुमान गरिएको ताकमको चारकोठे वडा कार्यालय भवन निर्माणका लागि डोल्पो कन्ट्रक्सनले रु ४७ लाखमा ठेक्का लिएको छ । विसं २०७८ वैशाख महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडा कार्यालय भवन निर्माणमा जिल्ला समन्वय समितिले रु ३० लाख उपलब्ध गराएको छ । बाँकी लागत गाउँपालिकाले बेहोर्ने भएको छ । यस्तै रु ७५ लाख ७३ हजार ५०६ कूल लागत अनुमान गरिएको लमसुङमा निर्माण हुन लागेको २ नम्बर वडा कार्यालय भवन बनाउन थापा निर्माण सेवाले रु ५६ लाख ३५ हजार ५४६ मा ठेक्का सम्झौता गरेको छ । यो भवन पाँचकोठे हुने इञ्जिनीयर जिसीले बताउनुभयो ।
पालिकाको प्रशासकीय भवन बनाउन जग्गा पाए पनि सर्वोच्च अदालतमा केन्द्र विवादको मुद्दा रहेकाले स्थायी संरचना बनाउन नसकेको जनप्रतिनिधिले बताएका छन् । तत्कालीन बाबियाचौर गाविसको कार्यालयबाट हालै भाडाको घरमा सरेको मङ्गला गाउँपालिकाको सबै वडाको आफ्नै भवन निर्माण भएको छ । बुकेनीमा गत आर्थिक वर्षमा रु ६० लाखको लागतमा वडा नं ४ को भवन निर्माण गरेको मङ्गलाको अन्य चार वटा वडाका भवन तत्कालीन गाविस हुँदै बनिसकेका थिए ।
बाबियाचौरमा पालिकाको भवन बनाउन यस वर्ष रु एक करोड बजेट विनियोजन गरी जग्गा खोजी गरिएकोे प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । “धेरै ठाउँमा कार्यालय छरिँदा सेवाग्राहीलाई दुःख र कर्मचारीलाई असहज भएको थियो”, उहाँले भन्नुभयो “गाउँपालिका बस्दै आएको भवनमा वडा कार्यालय सारेर एउटै घर भाडामा लिई गाउँपालिकाको कार्यालय राखेका हौँ ।”
दुई वर्षसम्म तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन भएको मालिका गाउँपालिकाले यसै वर्षदेखि सो भवन वडा कार्यालयलाई छोडेर भाडाको घरमा कार्यालय सारेको छ । मालिकाको १, २, ४, ५ र ७ नम्बर वडाको कार्यालय रहेका भवन पुराना र जीर्ण छन् । डाडाँगाउँस्थित वडा न ३ को भवन निर्माणका लागि हालै ठेक्का सम्झौता भएको छ । मालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले छ्यारछ्यारेमा बहुउद्देश्यीय सभाहल निर्माण गरिसकेको जानकारी दिँदै सोही ठाउँमा गाउँपालिका, प्रहरी चौकी, बसपार्क निर्माण गर्न सार्वजनिक जग्गा प्राप्तिका लागि सङ्घीय सरकारको निर्णय पर्खेर बसेको बताउनुभयो ।
वडा नं ८ को कार्यालय प्रयोजनका साथै क्याम्पसचोकको बाढी व्यवस्थापन गर्न निजी घर अधिग्रहणको प्रक्रिया अघि बढाएको बेनी नगरपालिकाले तत्कालीन अर्थुङ्गे गाविसको भवनमा तला र कोठा थप गरेको छ । नगरपालिकाको वडा नं ७ र ६ को साथै मुख्य प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् । नगरपालिकाले कार्यालय सञ्चालनका लागि तत्कालीन भूसंरक्षण कार्यालयको भवन प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो, “यो वर्ष हाम्रो तीन वटा वडा र मुख्य प्रशासनिक भवन तयार हुन्छ”, उहाँले भन्नुभयो “भवन अभावमा चारवटा शाखाका कर्मचारीलाई कार्यकक्ष व्यवस्थापन गर्न समस्या परेको छ ।”
मौवाफाँटमा चार वटा घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको रघुगङ्गा गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि १८ रोपनी जग्गा व्यवस्थापनका साथै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । रघुगङ्गाले घरभाडामा मासिक रु ६७ हजार ५०० खर्च गर्छ । तीनतले प्रशासकीय भवन निर्माणमा करसहित रु नौ करोड ३२ लाख १६ हजार ६६० लागत अनुमान गरिएको डिपिआर तयार भएको छ ।
गाउँपालिकाको प्रशासनिक भवनलगायतका पूर्वाधार निर्माणका लागि मौवाफाँटमा साढे २४ रोपनी निजी जग्गा व्यवस्थापन गरिएको छ । पाँच रोपनी १६ वटा घडेरी बनाएर सम्बन्धित जग्गाधनीलाई फिर्ता गर्ने र बाँकीमा गाउँपालिकाले संरचना बनाउने सम्झौता भएको अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । बत्तीस जना जग्गाधनीमध्ये नौ जनाले साढे आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
पोखरेबगरमा करीब छ रोपनी जग्गा पाएको अन्नपूर्ण गाउँपालिकाले प्रशारण लाइनको मुनि पर्ने र पर्याप्त नभएको भन्दै भवन निर्माण प्रक्रिया शुरु गरेको छैन । उपयुक्त ठाउँमा मापदण्डअनुसारको जग्गा नहुँदा भवन बनाउन नसकेको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । अन्नपूर्णले कार्यालय सञ्चालनका लागि भाडामा लिएको घरका धनीलाई मासिक रु ८० हजारका दरले भाडा तिर्दै आएको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म