
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
खोटाङ । भारी वर्षाका कारण घर भत्किएपछि विचल्नीमा परेका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७३ वर्षीय मानबहादुर खत्री र उहाँकी ७१ वर्षीया श्रीमती छलिमायाँ खत्रीका लागि स्थानीय बासिन्दाले चन्दा उठाएरै नयाँ घर निर्माण गरिदिएका छन् । गत असार ३२ गते राति परेको भारी वर्षाका कारण घर भत्किएपछि विचल्लीमा परेका खत्री दम्पत्तीको घर पुनःनिर्माणका लागि आफन्त तथा शुभेच्छुकले चन्दा सङ्कलन गरेर दुईतले नयाँ घर निर्माण गरिदिएका हुन् ।
स्थानीय अभियानकर्मी थिरेन्द्र भट्टराई, बमबहादुर खत्री र सन्तोष केसीको पहलमा चन्दा सङ्कलन अभियान सञ्चालन गरेर प्राकृतिक प्रकोप पीडित खत्री दम्पतीलाई भूकम्प प्रतिरोधक नयाँ घर निर्माण गरिदिएको जनाइएको छ । अभियानका क्रममा खत्री दम्पतीको घर पुनः नर्माणका लागि स्वदेश तथा विदेशबाट रु तीन लाख ६० हजार ८६२ सङ्कलन भएको थियो ।
घर निर्माणका लागि सङ्कलन भएकामध्ये रु तीन लाख २१ हजार ७०८ मै खत्री दम्पतीको नयाँ घर ठडिएको अभियानकर्मी भट्टराईले बताउनुभएको छ । घर भत्किएपछि आवासविहीन बनेर अरुको घरमा बस्दै आएका खत्री दम्पती स्थानीय बासिन्दाले बनाइदिएका नयाँ घरमा हिन्दू परम्पराअनुसार भित्रिएका छन् ।
स्थानीय बासिन्दाले वर्षा याममा पहिरोले बस्नै नमिल्ने अवस्थामा पुगेको खत्री दम्पतीको घरको सट्टा भूकम्प पुनःनिर्माण प्राधिकरणको शैलीमा नयाँ घर निर्माण गरिदिएका छन् । एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पती मात्र बसिरहेका छन् ।
खत्री दम्पतीको दयनीय अवस्था देखेर आफन्तले घर पुनःनिर्माणका लागि स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेका थिए । पहिरो पीडित दम्पतीको घर पुनःनिर्माणका लागि साकेला गाउँपालिकाले पनि रु १५ हजार आर्थिक सहयोग गरेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो ।
अभियानमा हाल यूकेमा रहनुभएकी समाजसेवी ईशा गुरुङले तीज मनाउने खर्च कटाएर वृद्धवृद्धाको घर बनाउन रु २० हजार, दाहाल बन्धुले सञ्चालन गरेको अभियानबाट रु २० हजार, संयुक्त आवाज परिवर्तन समाज नेपालले रु १७ हजार १५५, दाहाल प्रतिष्ठान शाखा खोटाङले रु १० हजार र दाहाल प्रतिष्ठान प्रारम्भिक समिति निर्मलीडाँडाले रु आठ हजार सहयोग गरेको थियो । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर नयाँ घर निर्माण गरिदिएपछि खत्री दम्पती हर्षित बनेका छन् ।
खत्री दम्पतीको घर निर्माण गरेपछि बाँकी रहेको रकम साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँकै ब्रेनहेमरेज पीडित जीतेन्द्रप्रसाद खत्रीलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । घर पुनः निर्माणका क्रममा बाँकी रहेको रु ३९ हजार १५४ मा अन्य रकम थप गरेर ब्रेनहेमरेज पीडित खत्रीलाई उपचार सहयोगस्वरुप प्रदान गर्ने तयारी गरिएको अभियानकर्मी भट्टराईले बताउनुभयो ।
ब्रेनहेमरेज पीडित खत्रीको विगत पाँच महिना अगाडिदेखि काठमाडौँस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । कमजोर आर्थिक अवस्थाका पीडित खत्रीको उपचारमा आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको आफन्तले बताएका छन् ।