
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
काठमाडौँ । नेकपा(दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताउनुभएको छ । संविधान निगरानी समूहद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटन सवैधानिक व्यवस्था र वर्तमान चुनौती’ विषयको अन्तरक्रियामा उहाँले प्रधानमन्त्रीको चुनाव गराउने चाहना, निर्वाचन गर्ने परिवेश र निर्वाचन हुने सम्भावना नरहेको विचार व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “विगतको राजनीतिक अस्थिरतालाई हटाउने उद्देश्यले गरिएको सवैधानिक व्यवस्थाको पाटोलाई सीधै अपव्याख्या गरिएको छ, सरकार गणतन्त्र, सङ्घीयता र समावेशिताप्रति संवेदनशील छैन भन्ने संसद् विघटनले पुष्टि गरेको छ ।”
सो अवसरमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको विवादबाट जनताको अधिकारलाई नै कुल्चने ढङ्गबाट गरिएको प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाउँदै सर्वाेच्च अदालतले धेरै ढिला नगरी स्वतन्त्र र निर्भीकताकासाथ संविधानको ठीक ढङ्गले व्याख्या गरी निर्णय दिनुपर्छ भन्नुभयो ।
तत्कालीन संविधान मस्यौदा समितिका संयोजक सिटौलाले भन्नुभयो, “संविधान लेखनका बेला विगतको अस्थिर राजनीतिलाई अन्त्य गर्न दलहरुबीच एकमतले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न दिनुहुन्न भन्ने प्रावधान सम्झीसम्झी राखिएको हो । प्रधानमन्त्रीको अहिलेको कदम संविधान विपरीत छ, यदि अदालतले त्यसलाई अनुमोदन ग¥यो भने मुलुकमा अस्थिरताको प्रस्थान शुरु हुन्छ, आशा गरौँ अदालतले मर्म र भावना बुझेर व्याख्या गर्ने छ ।
जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनले अनुमोदन पाएमा राजनीतिक स्थायित्व अन्त्य भई सत्तारुढ राजनीतिक दलभित्र झगडा हुनासाथ चुनावमै मात्रै जानुपर्छ भन्ने भई अस्थिरताको बाटो खुल्ने विचार राख्नुभयोे ।
पूर्वउपप्रधानमन्त्री यादवले भन्नुभयो,“अहिले प्रतिनिधिसभा विघटनले सङ्घीयता र लोकतन्त्र मात्र होइन, मुलुकको अर्थतन्त्र नै धरापमा पार्छ, यसको पुन:स्थापनाले मात्रै बाटो बिराएको अभ्यासलाई ठीक मार्गमा डो¥याउन सक्छ ।”
पूर्वसभामुख दमननाथ ढुङ्गानाले पूरा कार्यकाल काम गर्न नदिई बीचमै प्रतिनिधिसभा विघटन गर्नु भनेको जनता र राष्ट्रलाई धोका भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभा विघटनको कसैले जवाफदेहिता नलिने हो भने संविधानवाद्को भविष्य छैन, संसद्मा विश्वास र अविश्वासको मतको परीक्षण र निर्णय नभई प्रतिनिधिसभा विघटन हुँदैन ।”
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रधानमन्त्रीको पछिल्लो कदमले प्रतिनिधिसभा विघटन हो कि संविधान विघटन हो भन्ने प्रश्न उब्जिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दलका आन्तरिक विवाद्का कारण संविधानलाई अप्ठेरोमा पार्न मिल्छ कि मिल्दैन ? संसद्, राष्ट्रपति र प्रधानमन्त्री कानूनी संस्था भएकाले तोकिएको अधिकारभन्दा बाहिर गएर काम गर्न मिल्दैन । प्रतिनिधिसभाको कार्यकाललाई अन्य बहानाबाजीबाट अन्त्य गर्नु संविधानको मर्म विपरीत हो ।”
अर्का पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकमा जस्दोबल्दो समस्याका रुपमा आएका विषयमा बोल्न नपाउने कस्तो प्रजातन्त्र भनी प्रश्न गर्दै राजनीतिक नेतृत्वबाट सुझबुझपूर्ण निर्णय नहुँदा अस्थिरता निम्तिएको बताउनुभयो ।
राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रतिनिधिसभा विघटन गरिँदा राज्यका अरु संवैधानिक अङ्ग र संविधानका धारा निष्प्रभावित बन्न पुगेको जनाउँदै अदालतले त्यसलाई सच्याउने छ भन्नुभयो ।राष्ट्रियसभाकै सदस्या जीतेन्द्रनारायण देवले विगतका अभ्यासलाई देखाएर गरिएको प्रतिनिधिसभा विघटनलाई अदालतबाट ठीक ढङ्गबाट व्याख्या हुन सकेन भने देशमा निकै अप्ठेरो परिस्थितिले निरन्तरता पाउने आशङ्का व्यक्त गर्नुभयो ।
तत्कालीन संविधानसभा सदस्य एवं संविधानविद् लक्ष्मणलाल कर्णले विगतमा संविधान निर्माणका बेला भएको गल्तीको उपजका रुपमा प्रधानमन्त्रीको कदम आएको टिप्पणी गर्नुभयो । सो अवसरमा नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, प्रा डा शिलु वज्राचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवरलगायतले प्रधानमन्त्रीको राजनीतिक कदम भए पनि अदालतले सवैधानिक व्याख्याबाट निर्णय सुनाउनुपर्छ भन्नुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो