
१आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
२स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
५टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
६सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
७स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
८‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
९‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१०गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
११कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१०पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
११कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
तारानाथ आचार्य
बलेवा । उजेली नेपाली सिगाना आएको धेरै वर्ष भयो । बिहे गरेर आउँदाको दिनयता उहाँले कहिलै पूरा निद्रा सुत्नुभएको छैन । निद्रामै पानीका लागि लाइनमा बसेको सपना देख्ने उहाँलाई पानीका लागि झगडा नगरेको दिन के बिर्से जस्तो लाग्छ । बिहान मिर्मिरे नहुँदै पँधेरा पुग्नुभएकी उहाँले पालो कुर्दाकुर्दा घण्टौँ बितेको तितो यथार्थ सम्झिनुभयो ।
बागलुङ नगरपालिका–८ सिगानाको लामीचौरमा पानीका मुहान छैनन् । अधिकांश दलित समुदायको बसोबास रहेको गाउँमा भएको एउटा धारोमा पानी भर्ने पालोका लागि दिनदिनै झगडा हुन्छ । छिमेकमा भएका मुहान विवाद गरेर स्थानीयले प्रयोग गर्नै दिँदैनन् । भएको एउटा धारोमा दर्जनौँ गाग्रीले पालो लगाउँछन् । पालो मिच्नेका कारण दिनदिनै झगडा हुने गरेको उजेली सुनाउनुहुन्छ । मुस्किलले तीन घण्टामा पालो पाउने गृहणीले जनतन काम चलाएका छन् ।
आफ्नै मुहान नभएकाले यहाँका उजेली नेपाली जस्ता सयौँ घरका गृहणीले पानीको समस्या भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचनका बेला मत माग्न पुग्नुभएका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले माटो समातेर खाएको कसम लामीचौरकी सीता दर्जीको आँखामा झल्झली आउँछ । उहाँले आफ्नो कार्यकालमा लामाचौरमा पानी पु¥याउने भन्नुभएको थियो । निर्वाचनको समयमा यहाँ मत माग्न पुग्नेको एक सूत्रीय प्रतिबद्धता पानी पु¥याउने हुन्थ्यो । पञ्चायत, राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्रका निर्वाचन भोगेका उनीहरुले कहिल्यै पानी नपाएको स्थानीयवासी मनबहादुर नेपालीको गुनासो छ ।
गण्डकी प्रदेश सरकारले गत वर्ष लामाचौरमा पानी पु¥याउनका लागि रु ६० लाख बजेट विनियोजन ग¥यो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत आएको बजेट मुहान नपाएकै कारण फिर्ता भयो । लामीचौरका केही घरका लागि बागलुङ नगरपालिकाले रु २० लाख बजेट दियो । विनाअनुमान मुहान र ट्याङ्कीको काम गरेर १६ घरमा पानीको धारा त खसेको छ तर उपभोक्ता समितिले भुक्तानी भने पाएनन् ।
अहिले लामाचौरमा पानी पुग्ने आशा पलाएको छ । गाउँभन्दा ८०० मिटर तल खोल्साको पानी सहमति गरेर लिफ्टिङ प्रविधिमार्फत लामाचौरमा वितरण गर्ने योजनाको काम शुरु भएको छ । काठेखोला गाउँपालिका–७ रेशमा पर्ने पानी मुहान स्थानीयवासीले समझदारीमा प्रयोग गर्ने भएका हुन् । लामीचौर खानेपानी उपभोक्ता समितिले मुहानको व्यवस्था गरेपछि योजनाको काम शुरु भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।
योजनाको मुहानमा बन्ने ट्याङ्कीको बिहीबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्यास गर्नुभयोे । “अब लामाचौरमा पानी पु¥याउने भनेर भोट माग्ने संस्कृतिको अन्त्य हुन्छ, लेखेर राख्नुस् डेढ वर्षमा घरघरमा पानी पु¥याउने वातावरण बनाउँछौँ”, शिलान्यासपछि प्रमुख पौडेलले भन्नुभयो, “प्रदेशको योजना सञ्चालन भएको छ, यसमा नगरपालिकाले खबरदारी र साझेदारी दुवै गर्छ ।” शिलान्यासका लागि पुग्नुभएका नगरप्रमुखलाई स्थानीयवासीले निर्वाचनका बेला खाएको कसम सम्झाएका थिए । स्थानीयवासीका दुःख सम्झेर पौडेल कार्यक्रममै भावुक हुनुभयो ।
मुहानबाट २५० मिटर हावामा र ८०० मिटर मैदानमा पर्ने उच्च भागमा पानी पु¥याइने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर ईश्वरी सुवेदीले बताउनुभयो । उहाँका अनुसार मुहानमा सानो ट्याङ्की बनाएर ७.५ एचपीको मोटरले मुख्य ट्याङ्कीमा पानी तानिनेछ । मुख्य ट्याङ्कीबाट ८०० मिटर माथि पु¥याउनका लागि २५ एचपीको मोटर प्रयोग हुने छ । २.५ इञ्चको पाइपमा प्रतिसेकेण्ड दुई लिटर पानी तान्ने योजना रहेको सुवेदीले बताउनुभयो । छ घण्टा पानी तान्दा लामीचौरका १८० घरमा पानी प्रशस्त पुग्नेछ । ५० हजार लिटरको एक, २० हजार लिटरको तीन र २० हजार लिटरको एक ट्याङ्की बनाउने योजना छ ।
चालू आर्थिक वर्षमा प्रदेश सरकारले रु १२ लाख विनियोजन गरेको छ । “क्रमागत योजना भएकाले बजेट र अनुमान बन्दै जान्छन्”, सुवेदीले भन्नुभयो, “मुहानको विवाद भएकाले पहिले काम हुन सकेन, उपभोक्ता समितिले अब काम गर्ने हो ।” लिफ्टिङ आयोजनाको शिलान्यास भएकाले अब पानी पाउने आशा पलाएको स्थानीयवासी सीता दर्जीले बताउनुभयो । पानीको अभावका कारण यहाँका स्थानीयवासीले सरसफाइ र तरकारी खेतीका लागिसमेत सास्ती भोग्दै आएका थिए ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ