
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
तारानाथ आचार्य
बलेवा । उजेली नेपाली सिगाना आएको धेरै वर्ष भयो । बिहे गरेर आउँदाको दिनयता उहाँले कहिलै पूरा निद्रा सुत्नुभएको छैन । निद्रामै पानीका लागि लाइनमा बसेको सपना देख्ने उहाँलाई पानीका लागि झगडा नगरेको दिन के बिर्से जस्तो लाग्छ । बिहान मिर्मिरे नहुँदै पँधेरा पुग्नुभएकी उहाँले पालो कुर्दाकुर्दा घण्टौँ बितेको तितो यथार्थ सम्झिनुभयो ।
बागलुङ नगरपालिका–८ सिगानाको लामीचौरमा पानीका मुहान छैनन् । अधिकांश दलित समुदायको बसोबास रहेको गाउँमा भएको एउटा धारोमा पानी भर्ने पालोका लागि दिनदिनै झगडा हुन्छ । छिमेकमा भएका मुहान विवाद गरेर स्थानीयले प्रयोग गर्नै दिँदैनन् । भएको एउटा धारोमा दर्जनौँ गाग्रीले पालो लगाउँछन् । पालो मिच्नेका कारण दिनदिनै झगडा हुने गरेको उजेली सुनाउनुहुन्छ । मुस्किलले तीन घण्टामा पालो पाउने गृहणीले जनतन काम चलाएका छन् ।
आफ्नै मुहान नभएकाले यहाँका उजेली नेपाली जस्ता सयौँ घरका गृहणीले पानीको समस्या भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचनका बेला मत माग्न पुग्नुभएका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले माटो समातेर खाएको कसम लामीचौरकी सीता दर्जीको आँखामा झल्झली आउँछ । उहाँले आफ्नो कार्यकालमा लामाचौरमा पानी पु¥याउने भन्नुभएको थियो । निर्वाचनको समयमा यहाँ मत माग्न पुग्नेको एक सूत्रीय प्रतिबद्धता पानी पु¥याउने हुन्थ्यो । पञ्चायत, राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्रका निर्वाचन भोगेका उनीहरुले कहिल्यै पानी नपाएको स्थानीयवासी मनबहादुर नेपालीको गुनासो छ ।
गण्डकी प्रदेश सरकारले गत वर्ष लामाचौरमा पानी पु¥याउनका लागि रु ६० लाख बजेट विनियोजन ग¥यो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत आएको बजेट मुहान नपाएकै कारण फिर्ता भयो । लामीचौरका केही घरका लागि बागलुङ नगरपालिकाले रु २० लाख बजेट दियो । विनाअनुमान मुहान र ट्याङ्कीको काम गरेर १६ घरमा पानीको धारा त खसेको छ तर उपभोक्ता समितिले भुक्तानी भने पाएनन् ।
अहिले लामाचौरमा पानी पुग्ने आशा पलाएको छ । गाउँभन्दा ८०० मिटर तल खोल्साको पानी सहमति गरेर लिफ्टिङ प्रविधिमार्फत लामाचौरमा वितरण गर्ने योजनाको काम शुरु भएको छ । काठेखोला गाउँपालिका–७ रेशमा पर्ने पानी मुहान स्थानीयवासीले समझदारीमा प्रयोग गर्ने भएका हुन् । लामीचौर खानेपानी उपभोक्ता समितिले मुहानको व्यवस्था गरेपछि योजनाको काम शुरु भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।
योजनाको मुहानमा बन्ने ट्याङ्कीको बिहीबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्यास गर्नुभयोे । “अब लामाचौरमा पानी पु¥याउने भनेर भोट माग्ने संस्कृतिको अन्त्य हुन्छ, लेखेर राख्नुस् डेढ वर्षमा घरघरमा पानी पु¥याउने वातावरण बनाउँछौँ”, शिलान्यासपछि प्रमुख पौडेलले भन्नुभयो, “प्रदेशको योजना सञ्चालन भएको छ, यसमा नगरपालिकाले खबरदारी र साझेदारी दुवै गर्छ ।” शिलान्यासका लागि पुग्नुभएका नगरप्रमुखलाई स्थानीयवासीले निर्वाचनका बेला खाएको कसम सम्झाएका थिए । स्थानीयवासीका दुःख सम्झेर पौडेल कार्यक्रममै भावुक हुनुभयो ।
मुहानबाट २५० मिटर हावामा र ८०० मिटर मैदानमा पर्ने उच्च भागमा पानी पु¥याइने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर ईश्वरी सुवेदीले बताउनुभयो । उहाँका अनुसार मुहानमा सानो ट्याङ्की बनाएर ७.५ एचपीको मोटरले मुख्य ट्याङ्कीमा पानी तानिनेछ । मुख्य ट्याङ्कीबाट ८०० मिटर माथि पु¥याउनका लागि २५ एचपीको मोटर प्रयोग हुने छ । २.५ इञ्चको पाइपमा प्रतिसेकेण्ड दुई लिटर पानी तान्ने योजना रहेको सुवेदीले बताउनुभयो । छ घण्टा पानी तान्दा लामीचौरका १८० घरमा पानी प्रशस्त पुग्नेछ । ५० हजार लिटरको एक, २० हजार लिटरको तीन र २० हजार लिटरको एक ट्याङ्की बनाउने योजना छ ।
चालू आर्थिक वर्षमा प्रदेश सरकारले रु १२ लाख विनियोजन गरेको छ । “क्रमागत योजना भएकाले बजेट र अनुमान बन्दै जान्छन्”, सुवेदीले भन्नुभयो, “मुहानको विवाद भएकाले पहिले काम हुन सकेन, उपभोक्ता समितिले अब काम गर्ने हो ।” लिफ्टिङ आयोजनाको शिलान्यास भएकाले अब पानी पाउने आशा पलाएको स्थानीयवासी सीता दर्जीले बताउनुभयो । पानीको अभावका कारण यहाँका स्थानीयवासीले सरसफाइ र तरकारी खेतीका लागिसमेत सास्ती भोग्दै आएका थिए ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’