
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षाको नतिजा अर्को साता सार्वजनिक गर्ने भएको छ । साथै कक्षा ११ र १२ को ढिला पढाई सुरु भएको भन्दै जेठसम्म शैक्षिकसत्र कायम गर्ने प्रस्ताव बोर्डले शिक्षा मन्त्रालयमा पठाएको छ ।
बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलका अनुसार जेठसम्म कक्षा सञ्चालन गरी असारमा परीक्षा लिन सकिनेछ । बोर्डको यो प्रस्तावलाई शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको पनि अध्यक्ष प्रा.डा.पौडेलले जानकारी दिनुभयो ।
शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रा.डा.पौडेलले कक्षा १२ का विद्यार्थीको नम्बर इन्ट्रीको काम सकिएको र अहिले रुजु चलिरहेको जानकारी गराउनुभयो । अध्यक्ष प्रा.डा. पौडेलले भन्नुभयो–‘४० प्रतिशत रुजुको काम सकिईसकेको छ, अब छिट्टै परीक्षाको नतिजा सार्वजनिक गछौं ।’
कक्षा १२ को परीक्षामा केन्द्राध्यक्षले भद्रगोल तरिकाले काम गर्नाले भनेको समयमा बोर्डले नतिजा प्रकाशन गर्न नसकेको अध्यक्ष प्रा.डा. पौडेलको भनाई थियो । अध्यक्ष प्रा.डा.पौडेलले भन्नुभयो–‘कार्यविधि पढेर त्यसअनुसारको काम पनि केन्द्राध्यक्षहरुले गरेको पाइएन । भद्रगोल गरिकाले परीक्षाको कामहरु भएका छन् । उत्तरपुस्तिका क्रमशः नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएको र पूर्णाङ भन्दा बढि नम्बर दिईएका र आन्तरिक मूल्यांकनमा समेत तोकिएभन्दा बढी नम्बर पठाईएका छन् ।’
परीक्षा बोर्डले विद्यालयका प्रधानाध्यापक जसलाई परीक्षाको केन्द्राध्यक्ष तोकेर अभिमुखीकरण तालिम समेत दिएको थियो । कोभिड–१९ (कोरोना भाइरस)का कारण वैशाख ८ गते हुने परीक्षा मंसीर ९ गते भएको थियो । जसमा चारलाख ३३ हजार दुईसय परीक्षार्थी सहभागी हुन आवेदन दिएका थिए । सबै परीक्षार्थीहरुलाई पायक पर्ने गरी चारहजार एकसय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने