
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न उद्देश्यअनुरुप यस वर्ष पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण हुने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा बाह्रखरी मिडिया हाउसले उक्त प्रतियोगिता माघ २३ देखि २५ गतेसम्म पोखरामा आयोजना गर्न लागेको आज पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले नियमितरूपमा सञ्चालन गर्दै आइरहेको गल्फ प्रतियोगिता आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पोखरामा आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटनलाई पोखराले विशेषरूपमा चिनाएको छ । अहिले कोभिड–१९ ले सुस्ताएको पर्यटनलाई चलायमानमा गराउन र सकारात्मक सन्देश दिन आमन्त्रण गल्फ प्रतियोगिता पोखरामा गर्न लागिएको हो”, उहाँले बाह्रखरी मिडिया हाउसले अघिल्लो वर्ष सगरमाथा क्षेत्रको विश्वकै सबैभन्दा उचाइमा (४२५० मिटर) गल्फ खेलको आयोजना गरेको र अन्तर्राष्ट्रिय जगत्मा निकै चर्चा पाएका उल्लेख गर्नुभयो ।
पोखरामा हुने प्रतियोगितामा काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिष्पर्धा गराउनुका अतिरिक्त उल्लेखित शहरबाट विशेष पाहुनालाई पनि निमन्त्रणा गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ । पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले माघ २३ गते शुक्रबार साइकल ¥याली आयोजना गर्नेछ ।
गोकर्ण गल्फका अध्यक्ष सुहृद घिमिरेले गल्फबाट अन्तर्राष्ट्रिय जगत्मा पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो । उहाँले नेपालको मौसम १२ महिना गल्फ खेलको लागि उत्कृष्ट रहेको उल्लेख गर्दै नेपाल गल्फको लागि उत्कृष्ट स्थान हो भन्ने सन्देश मात्र दिन सके आउने दिनमा नेपालमा गल्फ खेल्न उच्चकोटीका पाहुना भित्रिने विश्वास गर्नुभयो ।
गोकर्ण गल्फका निर्देशक दीपक आचार्यले नेपालमा गल्फबाट पर्यटन प्रवद्र्धन गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै गल्फ खेलका प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो । हिमालय गल्फ कोर्ष पोखराका निर्देशक किरण केसीले पोखरामा भएको हिमालय गल्फ कोर्षले अन्तर्राष्ट्रिय जगत्मा समेत चर्चा पाइरहेको उल्लेख गर्दै कोभिड– १९ का बीच हुने प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा ‘आइसब्रेक’ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले सुस्ताइरहेको पर्यटनमा गल्फ प्रतियोगिताले पर्यटन पुनरुत्थानका लागि सघाउ पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा फुटबल, क्रिकेटसँग अब गल्फले पनि पोखरालाई चिनाउन सहयोग गर्नेछ । गल्फबाट पनि नेपाललाई विश्वमा चिनाउन सकिन्छ ।” उहाँले यस्ता गतिविधिमा निजी क्षेत्र सँगसँगै राज्यको चासो र अग्रसरताको पनि उत्तिकै खाँचो रहेको बताउनुभयो । बाह्रखरीका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले अनुसार उक्त प्रतियोगितामा ७२ कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् भने अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’