
१मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
२प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
३निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
४चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
५निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
६‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
७जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
८नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
११स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१२जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१ टुँडिखेलमा परीक्षाका नाममा भएका अनियमितता र परेका उजुरीहरुका विषयमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले छानबिन शुरु गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले आज डन न्यूजसँग कुराकानी गर्दै छानबिन प्रक्रिया छिट्टै अघि बढ्ने बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.पौडेलले भन्नुभयो–‘राष्ट्रिय मावि पोखराका विषयमा परेका सम्पूर्ण उजुरी र निवेदनहरुको डकुमेन्ट हामीलाई प्राप्त भईसकेको छ । हामी छिट्टै नै त्यो बोर्ड बैठकमा पेश गर्छौं र छानबिन अघि बढ्छ ।’
यता, मंसिर ११ गते घटेको सो घटनाका विषयमा विद्यालय व्यवस्थापन समितिले पुसको ६ गतेबाट छानबिन शुरु गरेको थियो । सो क्रममा विद्यालयका प्रधानाध्यापक सुर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र छात्रालाई परीक्षा दिलाउन होटलमा पु¥याउने शिक्षक शिरिषकुमार वस्ताकोटी सबैसँग सोधपुछ र वयान लिने काम गरेको थियो । छानबिन समितिमा शिक्षक वस्ताकोटीले सहकेन्द्राध्यक्ष घनश्याम रेग्मीसँग सहकार्य गरेरै विद्यार्थीलाई होटलमा पु¥याएको बयान दिएका थिए । छानबिनका क्रममा शिक्षक वस्ताकोटीले आफूले मदिरा सेवन गरेर बसेको पनि स्वीकार गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी ‘हिमाल’को संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाई घटनाको सत्यतथ्य छानबिन गरेको थियो । समितिले घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिवेदन तयारी पारी कारवाहीका लागि राष्ट्रिय परीक्षा बोर्ड पोखरामा निवेदन दर्ता गर्न जानु भन्दा १ दिन अगाडि नै प्रधानाध्यापक सुर्य तिवारीले परीक्षा रद्द गरी पाउँ भनी निवेदन दिनुभएको थियो ।
जब कि परीक्षाका नाममा गलत कार्यहरु भएको विषयमा केही पनि नबोलेका प्रधानाध्यापक तिवारी एक्कासी व्यवस्थापन समितिले छानबिन गर्दै गर्दा आफू फस्ने डरले अघिल्लो दिनमा नै पुगी एकजना छात्राको मात्र परीक्षा रद्द गराई पाउँ भनी दिईएको निवेदनले पनि धेरै आशंकाहरु जन्माएको छ ।
पुस १९ गते राष्ट्रिय परीक्षा बोर्डमा राष्ट्रिय माविका प्रधानाध्यापक एवम् परीक्षाका केन्द्राध्यक्ष तिवारीले निवेदन दर्ता गर्नुभएको र २० गते व्यवस्थापन समितिले छानबिनको प्रतिवेदन, प्राप्त ठोस प्रमाणहरुसहित कारवाहीको लागि उजुरी दर्ता गराएको राष्ट्रिय परीक्ष बोर्डका प्रमुख विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो–‘यी दुवै उजुरीहरु आवश्यक कारवाही र छानबिनका लागि भनेर राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुर पठाई सकिएको छ ।’
गत मंसिर ११ गते पोखरा–३२ खोलाको छेउमा एकजना छात्रालाई होटलको कोठामा राखी परीक्षा लिईएको विषयबाट शुरु भएको छानबिनका क्रममा परीक्षाका नाममा धेरै अमर्यादित क्रियाकलाप र गल्तीहरु भएको भेटिएको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी