
१प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
२अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
३न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
४आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
५पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
६डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
७लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
८पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
९पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
१०‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
११पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
१२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
कोरोना संक्रमणका कारण विद्यालयहरुले लिने परीक्षामा केही खुकुलो नीति लागू भएसँगै यसको चरम दुरुपयोग पनि ह्वात्तै बढेको पाईएको छ । विद्यालयमा नै परीक्षा लिने, उत्तरपुस्तिका चेक गर्ने र नम्बर पठाउने भएपछि केही विद्यालयका शिक्षकहरुले यसको गलत फाईदा उठाएको पनि देखिएको छ । राष्ट्रिय माध्यमिक विद्यालय पोखराको सन्दर्भलाई हेर्ने हो भने त्यहाँ परीक्षाका नाममा शिक्षकहरुले गरेको हर्कत निन्दनीय र जघन्य अपराधका रुपमा लिन सकिन्छ । असजिलो र कठिन विषयको परीक्षामा सजिलै पास गराई दिने लोभ देखाएर उत्तरपुस्तिका, प्रश्नपत्र सहित होटलका कोठामा छात्रालाई पु¥याईनु सामान्य घटना भने हुँदै होइन । यस विषयमा सडकमा चर्को नारा घन्काउने विद्यार्थी संगठनका नेता र महिला अधिकारका चर्का भाषण गर्ने अधिकारकर्मीहरु वेखबर भएको देख्दा टिठ लागेर आएको छ । राजनीतिक मुद्दामा दलले खटाए अनुसार कसैको हुर्मत लिन, विरोध गर्न र नङ्ग्याउन सडकमा उत्रिने विद्यार्थी संगठन र डलर खेतीका पछाडि कुद्ने महिला अधिकारकर्मीलाई यो घटना सामान्य लाग्नु पनि अनौठो भने होइन ।
परीक्षा दिन विद्यालयमा पुगेकी छात्रालाई मोटरसाईकलमा राखेर कुनै एक होटलको बन्द कोठामा पु¥याउनु जति गम्भिर, दुःखद र जघन्य अपराध अर्को हुनै सक्दैन । कुन नियतले शिक्षकले विद्यार्थीलाई होटलको बन्द कोठामा पु¥याए भनेर भनिरहन नपर्ला । के यो सामान्य घटना हो त ? के यस्तो हर्कत एउटा शिक्षकले मात्र गर्न सम्भव छ त ? पक्कै पनि छैन । यस घटनामा विद्यालयका प्रधानाध्यापक र सहकेन्द्राध्यक्षको मिलेमतो प्रष्ट देखिन्छ । त्यसो त विद्यालय व्यवस्थापन समितिले बनाएको छानबिन समितिले पनि यस घटनामा संलग्न शिक्षकले अरु शिक्षकहरुको मिलेमतोमा विद्यार्थीलाई होटलमा पु¥याएको लिखित रुपमा नै स्वीकार गरिसकेका छन् । परीक्षाको केन्द्राध्यक्ष प्रधानाध्यापक हुने नियम छ । यस घटनामा प्रधानाध्यापक र सहकेन्द्राध्यक्ष दुवैको मिलेमतो देखिन्छ । यस्तो विषयमा सम्बन्धित निकायले तत्कालै छानबिन गरी घटनामा संलग्न शिक्षकहरुलाई कारवाही गर्न चुक्नु हुँदैन । एउटा छात्राको भविष्यको र जीवनको सवाल छ । यो विषयले छात्रामाथि पर्न सक्ने मानसिक तनाव र दुव्र्यवहार झनै पिडादायी हुन सक्छ । यत्ति हो, सम्बन्धित निकायले कडाईका साथ छानबिन गर्ने हो भने अझै डरलाग्दा विषयहरु उजागर हुनेछन् भन्नेमा कुनै सन्देह नै छैन । ती छात्रालाई मदिरा सेवन गरेपछि शिक्षकले गर्न खोजेको दुव्र्यवहारका विषयमा पनि हामी जानकार छौं ।
तर यतिसम्मको घटना हुँदा पनि विद्यार्थी संगठन, अभिभावक र महिला अधिकारकर्मीहरु मौंन देख्दा भने हामी अचम्मित भएका छौं । एकपटक गएर सोध्नुस् त विद्यालयका प्रधानाध्यापक एवम् परीक्षाका केन्द्राध्यक्ष सुर्य तिवारीसँग उहाँले कसरी र कुन विधिले परीक्षा लिनुभयो ? कहिले परीक्षाको सूचना सार्वजनिक गर्नुभयो ? कहाँ त्यो सूचना टाँसियो ? अनि ती छात्राहरुलाई लिईएको प्रश्नपत्र कसले तयार पार्यो ? पुरानो आउट भएको प्रश्नपत्र हो कि नयाँ ? उत्तरपुस्तिका कसले दियो ? त्यस उत्तरपुस्तिकामा कसले हस्ताक्षर गर्यो ? उत्तरपुस्तिका कसले चेकजाँच गर्यो ? कसले प्राप्त नम्बर रेकर्डमा चढायो ? त्यो नम्बर कसले काठमाडौंसम्म उत्तरपुस्तिका सहित पठायो ? सबैभन्दा प्रमुख प्रश्न त्यो परीक्षा कहाँ लिईयो ? यति प्रश्नको उत्तर दिन नसक्ने अवस्थामा छन् प्रधानाध्यापक तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटी । त्यसकारण शुरुमा नैतिकताका आधारमा तीनै जनाको राजीनामा मागेर कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा पहल र दवाव दिनु आवश्यक छ । अरु छात्राको परीक्षा पनि शंकास्पद देखिएको हुँदा यस विषयमा गम्भिर छानबिन हुन आवश्यक छ । यदि ती शिक्षकहरुलाई कारवाही गरिएन र जोगाउने काम भयो भने यसले राष्ट्रिय माविको इतिहासमा कालो धब्बा र कलंक नै लाग्नेछ । यदि यस्ता खराब पात्रलाई उनीहरुको अपराध अनुसारको कारवाही गर्न सकियो भने त्यसले विद्यालयको गरिमा र विद्यालयप्रति छात्राहरुको विश्वास झनै बढ्ने छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ