
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
कोरोना संक्रमणका कारण विद्यालयहरुले लिने परीक्षामा केही खुकुलो नीति लागू भएसँगै यसको चरम दुरुपयोग पनि ह्वात्तै बढेको पाईएको छ । विद्यालयमा नै परीक्षा लिने, उत्तरपुस्तिका चेक गर्ने र नम्बर पठाउने भएपछि केही विद्यालयका शिक्षकहरुले यसको गलत फाईदा उठाएको पनि देखिएको छ । राष्ट्रिय माध्यमिक विद्यालय पोखराको सन्दर्भलाई हेर्ने हो भने त्यहाँ परीक्षाका नाममा शिक्षकहरुले गरेको हर्कत निन्दनीय र जघन्य अपराधका रुपमा लिन सकिन्छ । असजिलो र कठिन विषयको परीक्षामा सजिलै पास गराई दिने लोभ देखाएर उत्तरपुस्तिका, प्रश्नपत्र सहित होटलका कोठामा छात्रालाई पु¥याईनु सामान्य घटना भने हुँदै होइन । यस विषयमा सडकमा चर्को नारा घन्काउने विद्यार्थी संगठनका नेता र महिला अधिकारका चर्का भाषण गर्ने अधिकारकर्मीहरु वेखबर भएको देख्दा टिठ लागेर आएको छ । राजनीतिक मुद्दामा दलले खटाए अनुसार कसैको हुर्मत लिन, विरोध गर्न र नङ्ग्याउन सडकमा उत्रिने विद्यार्थी संगठन र डलर खेतीका पछाडि कुद्ने महिला अधिकारकर्मीलाई यो घटना सामान्य लाग्नु पनि अनौठो भने होइन ।
परीक्षा दिन विद्यालयमा पुगेकी छात्रालाई मोटरसाईकलमा राखेर कुनै एक होटलको बन्द कोठामा पु¥याउनु जति गम्भिर, दुःखद र जघन्य अपराध अर्को हुनै सक्दैन । कुन नियतले शिक्षकले विद्यार्थीलाई होटलको बन्द कोठामा पु¥याए भनेर भनिरहन नपर्ला । के यो सामान्य घटना हो त ? के यस्तो हर्कत एउटा शिक्षकले मात्र गर्न सम्भव छ त ? पक्कै पनि छैन । यस घटनामा विद्यालयका प्रधानाध्यापक र सहकेन्द्राध्यक्षको मिलेमतो प्रष्ट देखिन्छ । त्यसो त विद्यालय व्यवस्थापन समितिले बनाएको छानबिन समितिले पनि यस घटनामा संलग्न शिक्षकले अरु शिक्षकहरुको मिलेमतोमा विद्यार्थीलाई होटलमा पु¥याएको लिखित रुपमा नै स्वीकार गरिसकेका छन् । परीक्षाको केन्द्राध्यक्ष प्रधानाध्यापक हुने नियम छ । यस घटनामा प्रधानाध्यापक र सहकेन्द्राध्यक्ष दुवैको मिलेमतो देखिन्छ । यस्तो विषयमा सम्बन्धित निकायले तत्कालै छानबिन गरी घटनामा संलग्न शिक्षकहरुलाई कारवाही गर्न चुक्नु हुँदैन । एउटा छात्राको भविष्यको र जीवनको सवाल छ । यो विषयले छात्रामाथि पर्न सक्ने मानसिक तनाव र दुव्र्यवहार झनै पिडादायी हुन सक्छ । यत्ति हो, सम्बन्धित निकायले कडाईका साथ छानबिन गर्ने हो भने अझै डरलाग्दा विषयहरु उजागर हुनेछन् भन्नेमा कुनै सन्देह नै छैन । ती छात्रालाई मदिरा सेवन गरेपछि शिक्षकले गर्न खोजेको दुव्र्यवहारका विषयमा पनि हामी जानकार छौं ।
तर यतिसम्मको घटना हुँदा पनि विद्यार्थी संगठन, अभिभावक र महिला अधिकारकर्मीहरु मौंन देख्दा भने हामी अचम्मित भएका छौं । एकपटक गएर सोध्नुस् त विद्यालयका प्रधानाध्यापक एवम् परीक्षाका केन्द्राध्यक्ष सुर्य तिवारीसँग उहाँले कसरी र कुन विधिले परीक्षा लिनुभयो ? कहिले परीक्षाको सूचना सार्वजनिक गर्नुभयो ? कहाँ त्यो सूचना टाँसियो ? अनि ती छात्राहरुलाई लिईएको प्रश्नपत्र कसले तयार पार्यो ? पुरानो आउट भएको प्रश्नपत्र हो कि नयाँ ? उत्तरपुस्तिका कसले दियो ? त्यस उत्तरपुस्तिकामा कसले हस्ताक्षर गर्यो ? उत्तरपुस्तिका कसले चेकजाँच गर्यो ? कसले प्राप्त नम्बर रेकर्डमा चढायो ? त्यो नम्बर कसले काठमाडौंसम्म उत्तरपुस्तिका सहित पठायो ? सबैभन्दा प्रमुख प्रश्न त्यो परीक्षा कहाँ लिईयो ? यति प्रश्नको उत्तर दिन नसक्ने अवस्थामा छन् प्रधानाध्यापक तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटी । त्यसकारण शुरुमा नैतिकताका आधारमा तीनै जनाको राजीनामा मागेर कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा पहल र दवाव दिनु आवश्यक छ । अरु छात्राको परीक्षा पनि शंकास्पद देखिएको हुँदा यस विषयमा गम्भिर छानबिन हुन आवश्यक छ । यदि ती शिक्षकहरुलाई कारवाही गरिएन र जोगाउने काम भयो भने यसले राष्ट्रिय माविको इतिहासमा कालो धब्बा र कलंक नै लाग्नेछ । यदि यस्ता खराब पात्रलाई उनीहरुको अपराध अनुसारको कारवाही गर्न सकियो भने त्यसले विद्यालयको गरिमा र विद्यालयप्रति छात्राहरुको विश्वास झनै बढ्ने छ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो