
१२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
३कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
४उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
५अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
६५३ मृतकका परिवारलाई ८ करोड राहत
७मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
८प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
९निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
१०चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
११निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
१२‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
११विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१२पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
बडा दशैंको पहिलो दिन आज घटस्थापनाबाट पुनः निर्भीक पत्रकारिताको यात्रा शुरु गरिएको छ । हाम्रो समाजमा रहेका रावण र महिषासुर रुपी दैत्यहरुको अन्त्यका लागि शस्त्र पुजन याने कि “डन न्यूज”को शुभारम्भ आजबाट हामीले गर्दैछौं । प्राचीन कालमा यसै दिन विजयको प्रार्थना गरेर रण–यात्राको लागि प्रस्थान गरिन्थ्यो । कलमरुपी यस शस्त्र र अस्त्रलाई बोकेर समाजमा देखिएका विकृति, विसंगति, भ्रष्टाचार, अनियमिता, अन्याय, अत्याचार, दमन र शोषणका विरुद्धमा कडा भन्दा कडा रुपमा हामी प्रस्तुत हुने प्रण गर्दछौं ।
२०६८ साल फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर सञ्चालनमा ल्याईएको ‘डन न्यूज डेली’ले जसरी कलमरुपी शस्त्र निर्भीकताका साथ चलायो, पुनः त्यही यात्रालाई हामीले आज घटस्थापनाका दिनबाट निरन्तरता दिदैंछौं । हरेक क्षेत्रमा वेथिति व्याप्त छ । ‘डन न्यूज’ एक्लैले मात्र सबै वेथिति र समस्या समाधान गर्न सम्भव छैन । तर जति सकिन्छ त्यो ईमान्दारिताका साथ गर्ने प्रण गर्दछौं । विभिन्न आवरणमा हाम्रो समाजभित्र लुकेका भ्रष्ट, दलाल, माफिया, गुण्डा, अपराधी, पतित र व्यभिचारीमाथि हाम्रो निर्मम प्रहार हुनेछ । पत्रकारिताको आचारसंहिता र प्रचलित कानुनको परिधिभित्र रहेर गलत यस्ता पात्रहरुको हरेक धन्दामाथि हामी निगरानी र चिरफार गर्नेछौं । यस्ता खराब पात्र र प्रवृत्तिहरुको विषयमा डन न्यूजमा तपाईहरुले खुलेर विश्वासका साथ सूचना तथा जानकारी दिन सक्नुहुनेछ । हामी गोपनियताको पूर्ण रक्षा गर्नेछौं ।
अन्त्यमा, विविध प्राविधिक कारणवश हामीले डन न्यूज डेलीलाई छापा माध्यमका रुपमा अघि बढाउन नसके पनि डिजिटल पत्रिकाकैं रुपमा ‘डन न्यूज’लाई फेरि तपाईहरु माझ ल्याउन पाउँदा हामीलाई धेरै खुशी लागेको छ । हामीले समाजलाई दिने भनेको सही सूचना र जानकारी नैं हो । जसका कारण एक ईमान्दार, कर्मठ र मेहनती नागरिकले यो समाजमा शिर उठाएर हिड्न सकोस् र गलत प्रवृत्तिका पात्रहरुले शिर झुकाएर हिड्न परोस् । हामी सर्वसाधारण जनताको पक्षमा सदा उभिनेछौं । जनपक्षीय पत्रकारिता नै हाम्रो मूल धर्म र मर्म हो । दवाव, प्रभाव र प्रलोभनमा हामी कहिल्यै फस्ने छैनौं । यो हाम्रो प्रतिवद्धता पनि हो । चूनौंती र कठिनाईसँग पौठेजोरी खेल्न रुचाउने यस ‘डन न्यूज’ले आगामी दिनमा अझै सशक्त, दमदार र शानदार रुपमा आफ्नो यात्रालाई अगाडि बढाउने छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी