
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचानको प्रतीक भएकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाउन सम्पूर्ण तह र तप्कासगँ आह्वान गरिएको छ ।
समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तिले पृथ्वीनारायणको योगदानको सम्मान गर्दै उहाँको तस्वीर अङ्कित गरी सिक्का र नोट प्रकाशन गर्न सरकारसँग आग्रह गर्नुभयो । दुई सय ९९आँै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा यही पुस २७ गते रत्नपार्कमा आयोजना हुने भेलामा राष्ट्रिय झण्डामा एकताबद्ध हुन पनि उहाँहरुले पत्रकार सम्मेलनमार्फत अपिल गर्नुभएको छ । नेपाली एकताका प्रतीकका राष्ट्रिय विभूति पृथ्वीनारायणले त्यस समयमै अघि बढाउनुभएका पारदर्शी, उत्तरदायी, उद्योगधन्दा स्थापना, वातावरण सन्तुलन, परराष्ट्र नीति, सुरक्षा जस्ता विषय अहिले झन्झन् सान्दर्भिक बन्दै गएको स्मरण गरियो ।
सो अवसरमा अभिनेत्री मनिषा कोइरालाले राष्ट्रनिर्माताको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस भव्यरुपमा बनाउन सम्पूर्ण नेपालीजनलाई आह्वान गर्नुभयो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मनुभएका पृथ्वीनारायणले त्यस समयका ससाना राष्ट्रलाई एकीकरण गरी चार वर्ण र छत्तीस जातको साझा फूलबारीका रुपमा नेपाललाई अघि बढाउनुभएको थियो ।
राष्ट्रिय झण्डामा एकताबद्ध भई राष्ट्रियता, राष्ट्रिय एकता, स्थिरता, आत्मस्वाभिमान, समृद्धि र सुशासनका पक्षमा उभिन सबै नागरिकसँग आग्रह गर्दै वक्ताले एकता दिवसमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्नुभयो । पृथ्वीनारायणको जन्मस्थान संरक्षण, योगदानका गाथा समेटिएको सङ्ग्रहालय स्थापना, दिव्योपदेश विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश तथा जीवनी समेटिएको वृत्तचित्र बनाउन पनि सो अवसरमा सरकारसँग माग गरियो ।
सो अवसरमा नेकपा -माले_का महासचिव सिपी मैनाली, वामपन्थी नेता राधाकृष्ण मैनाली, पुराना राजनीतिज्ञ हरिबोल भट्टराई, प्रेम कैदी, विपीन कोइराला, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेल, गुरु वशिष्ठ, प्रा डा उत्तम कर्माचार्य, अभियानकर्मी सुरेन्द्र भण्डारीलगायतले सम्पूर्ण जीवन एकीकरणमा खर्चनुभएका राष्ट्रनिर्माताको दिव्योपदेशलाई बेवास्ता गरिँदा मुलुकले विदेशी हस्तक्षेपको सामना गर्न परेको घटना सुनाउनुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने