
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
पोखरा । विद्यालय भन्दा बाहिर लगेर विद्यार्थीको परीक्षा लिईएको आरोप लागिरहँदा एकजना प्रधानाध्यापकले आईतबार विद्यार्थीको परीक्षा नै रद्द गराउन उजुरी दिएका छन् । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखरामा राष्ट्रिय उच्च माध्यमिक विद्यालय पोखरा टुँडिखेलका प्रधानाध्यापक सुर्य तिवारीले सो उजुरी दिनुभएको हो ।
प्रधानाध्यापक तिवारीले गत मंसिर १२ गते कक्षा ११ को आंशिक परीक्षा दिएका एकजना विद्यार्थीको परिक्षाफल प्रकाशन हुन लागेको समयमा आएर राष्ट्रिय परिक्षा बोर्ड पोखरामा आइतबार सो उजुरी दिएपछि यो विवाद झनै चर्किएको छ ।
यदि विद्यार्थीले परीक्षामा गल्ती गरेको भए सोही समयमा किन कारवाही गरिएन ? परीक्षा दिईएको डेढ महिनापछि किन कारवाही गर्न खोजियो ? वा विद्यार्थीले परीक्षा विद्यालय भन्दा बाहिरबाट दिएको आरोप यदि सत्य हो भने यो सेटिङ मिलाउने गिरोहमा को–को थिए ? प्रधानाध्यापक समेत रहेका परीक्षा केन्द्राध्यक्षले विद्यार्थीमाथि मात्रै डेढ महिनापछि कारवाही गरेर यो घटनाबाट उम्किन मिल्छ या मिल्दैन ? प्रधानाध्यापक कैं व्यवहारले यतिबेला लगाईएको आरोप र गरिएको शंका पुष्टि हुने काम भईरहेको छ ।
अभिभावकहरुले एकजना विद्यार्थीको परीक्षा रद्द गराएर त्यस घटनामा संलग्न अन्य दोषीहरुलाई उन्मुक्ति दिईनु अन्याय हुने बताएका छन् । परीक्षाको केन्द्राध्यक्ष समेत रहेका प्रधानाध्यापक तिवारीबाटै राष्ट्रिय परीक्षा बोर्ड र सम्बन्धित निकायले अनुसन्धान थाल्नुपर्ने अभिभावकहरुको माग छ । सो विद्यार्थीको परीक्षा कुन मितिमा कहाँ, कसरी, कुन–कुन शिक्षकहरुको उपस्थितिमा लिईएको हो ? त्यसको छानबिन राष्ट्रिय परीक्षा बोर्ड लगायत सम्बन्धित निकायहरुले गर्नुपर्ने माग अभिभावकहरुले राखेका छन् ।
‘अन्यथा लगाईएको आरोप यदि सही हो भने कसरी कुन शिक्षकले कहिले ती विद्यार्थीलाई कहाँ लगेर, परीक्षा दिलाएका हुन् र यो घटनामा को–को संलग्न छन् उनीहरु सबैको पहिचान र कारवाही हुनैपर्दछ,’ एक अभिभावकले भन्नुभयो–‘केबल एउटा विद्यार्थीको परीक्षा मात्र रद्द गराएर यो घटना सामसुम पार्ने प्रयास गरियो भने त्यसले विद्यालयको गरिमा र विद्यार्थीहरुको भविष्यमाथि कुठाराघात हुनेछ ।’
ती विद्यार्थीको परीक्षा विद्यालयमा लिईएको हो भने कहिले, कसरी र को–को भएर लिईएको हो ? वा होइन भने कहाँ, कसले र कसरी परीक्षा लियो ? कुन शिक्षक सो परीक्षामा गार्ड थिए वा संलग्न थिए भन्ने विषयमा प्रधानाध्यापक तिवारीले केही बताउन चाहनु भएन ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख विष्णुकुमार श्रेष्ठले राष्ट्रिय उच्च माविका प्रधानाध्यापकले परीक्षा अनियमित भयो भन्दै निवेदन दिनुभएको र सो निवेदन राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरमा पठाईएको जानकारी दिनुभयो ।
‘परीक्षाको नतिजा प्रकाशनको तयारी नजिक पुगेको छ । छिटो भन्दा छिटो यसलाई नतिजामा पु¥याउन पर्छ ।’ कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो–‘जब केन्द्राध्याक्षले नै यो अनियमितता भयो । हामीले थाहा पायौं । छानबिन गर्दा यस्तो देखियो भनेर आईसकेपछि त्यो अब छानबिनको क्रममा अगाडि बढ्छ ।’
विद्यार्थीले परीक्षा दिएको महिनौं पछि प्रधानाध्यापकले के कति कारणले अनियमितता भयो भनेर परीक्षा रद्द गर्न मिल्छ र ? भन्ने हाम्रो प्रश्नमा कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो–‘मिल्ने नमिल्ने हामीले निर्णय गरेका छैनौं । छानबिनको कुराहरु हुन्छन् । अहिले नै रद्द हुन्छ वा हुँदैन भन्ने कुरा पनि रहेन । यो प्रारम्भिक चरणमा छ, जब उजुरी पर्छ तब उजुरीमाथि कारवाहीको प्रक्रिया अघि बढ्छ ।’
‘कक्षा ११ को आंशिक परीक्षाको एकजना विद्यार्थीको मात्र परीक्षा रद्द गरिदेऊ भनेर उजुरी परेको छ’, कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो–‘ती विद्यार्थीको अंग्रेजी र शिक्षा तर्फको शैक्षणिक विधि विषय रद्द गराउन प्रधानाध्यापक तिवारीले उजुरी दिनुभएको हो ।’
राष्ट्रिय माविका प्रधानाध्यापक तिवारीले विद्यार्थीले परीक्षा दिएको डेढ महिनापछि के त्यस्तो गम्भिर त्रुटी फेला पारे र परीक्षा नै रद्द गराउन उजुरी दिए ? यो विषयको खोजबिन समयमा नै सबैले गर्न आवश्यक छ । होइन भने आफ्ना शिक्षकका कर्तुत र गल्ती लुकाउन ती विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्न खोजिएको त होइन भन्ने आशंका उब्जिएको पनि छ । के कति कारणले परीक्षा रद्द गराउन उजुरी दिईएको हो वा ? यदि आरोप सत्य हो भने किन कुन स्वार्थ वा सम्झौंताले विद्यार्थीको परीक्षा विद्यालय भन्दा बाहिर लिईयो ? र, पछि किन फेरि रद्द गराउने काम भयो ? यी सबै विषयको जवाफ र छानबिन सम्बन्धित निकाय, सम्पूर्ण अभिभावक र विद्यालय व्यवस्थापन समितिले गर्नैपर्दछ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा