
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा । विद्यालय भन्दा बाहिर लगेर विद्यार्थीको परीक्षा लिईएको आरोप लागिरहँदा एकजना प्रधानाध्यापकले आईतबार विद्यार्थीको परीक्षा नै रद्द गराउन उजुरी दिएका छन् । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखरामा राष्ट्रिय उच्च माध्यमिक विद्यालय पोखरा टुँडिखेलका प्रधानाध्यापक सुर्य तिवारीले सो उजुरी दिनुभएको हो ।
प्रधानाध्यापक तिवारीले गत मंसिर १२ गते कक्षा ११ को आंशिक परीक्षा दिएका एकजना विद्यार्थीको परिक्षाफल प्रकाशन हुन लागेको समयमा आएर राष्ट्रिय परिक्षा बोर्ड पोखरामा आइतबार सो उजुरी दिएपछि यो विवाद झनै चर्किएको छ ।
यदि विद्यार्थीले परीक्षामा गल्ती गरेको भए सोही समयमा किन कारवाही गरिएन ? परीक्षा दिईएको डेढ महिनापछि किन कारवाही गर्न खोजियो ? वा विद्यार्थीले परीक्षा विद्यालय भन्दा बाहिरबाट दिएको आरोप यदि सत्य हो भने यो सेटिङ मिलाउने गिरोहमा को–को थिए ? प्रधानाध्यापक समेत रहेका परीक्षा केन्द्राध्यक्षले विद्यार्थीमाथि मात्रै डेढ महिनापछि कारवाही गरेर यो घटनाबाट उम्किन मिल्छ या मिल्दैन ? प्रधानाध्यापक कैं व्यवहारले यतिबेला लगाईएको आरोप र गरिएको शंका पुष्टि हुने काम भईरहेको छ ।
अभिभावकहरुले एकजना विद्यार्थीको परीक्षा रद्द गराएर त्यस घटनामा संलग्न अन्य दोषीहरुलाई उन्मुक्ति दिईनु अन्याय हुने बताएका छन् । परीक्षाको केन्द्राध्यक्ष समेत रहेका प्रधानाध्यापक तिवारीबाटै राष्ट्रिय परीक्षा बोर्ड र सम्बन्धित निकायले अनुसन्धान थाल्नुपर्ने अभिभावकहरुको माग छ । सो विद्यार्थीको परीक्षा कुन मितिमा कहाँ, कसरी, कुन–कुन शिक्षकहरुको उपस्थितिमा लिईएको हो ? त्यसको छानबिन राष्ट्रिय परीक्षा बोर्ड लगायत सम्बन्धित निकायहरुले गर्नुपर्ने माग अभिभावकहरुले राखेका छन् ।
‘अन्यथा लगाईएको आरोप यदि सही हो भने कसरी कुन शिक्षकले कहिले ती विद्यार्थीलाई कहाँ लगेर, परीक्षा दिलाएका हुन् र यो घटनामा को–को संलग्न छन् उनीहरु सबैको पहिचान र कारवाही हुनैपर्दछ,’ एक अभिभावकले भन्नुभयो–‘केबल एउटा विद्यार्थीको परीक्षा मात्र रद्द गराएर यो घटना सामसुम पार्ने प्रयास गरियो भने त्यसले विद्यालयको गरिमा र विद्यार्थीहरुको भविष्यमाथि कुठाराघात हुनेछ ।’
ती विद्यार्थीको परीक्षा विद्यालयमा लिईएको हो भने कहिले, कसरी र को–को भएर लिईएको हो ? वा होइन भने कहाँ, कसले र कसरी परीक्षा लियो ? कुन शिक्षक सो परीक्षामा गार्ड थिए वा संलग्न थिए भन्ने विषयमा प्रधानाध्यापक तिवारीले केही बताउन चाहनु भएन ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख विष्णुकुमार श्रेष्ठले राष्ट्रिय उच्च माविका प्रधानाध्यापकले परीक्षा अनियमित भयो भन्दै निवेदन दिनुभएको र सो निवेदन राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरमा पठाईएको जानकारी दिनुभयो ।
‘परीक्षाको नतिजा प्रकाशनको तयारी नजिक पुगेको छ । छिटो भन्दा छिटो यसलाई नतिजामा पु¥याउन पर्छ ।’ कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो–‘जब केन्द्राध्याक्षले नै यो अनियमितता भयो । हामीले थाहा पायौं । छानबिन गर्दा यस्तो देखियो भनेर आईसकेपछि त्यो अब छानबिनको क्रममा अगाडि बढ्छ ।’
विद्यार्थीले परीक्षा दिएको महिनौं पछि प्रधानाध्यापकले के कति कारणले अनियमितता भयो भनेर परीक्षा रद्द गर्न मिल्छ र ? भन्ने हाम्रो प्रश्नमा कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो–‘मिल्ने नमिल्ने हामीले निर्णय गरेका छैनौं । छानबिनको कुराहरु हुन्छन् । अहिले नै रद्द हुन्छ वा हुँदैन भन्ने कुरा पनि रहेन । यो प्रारम्भिक चरणमा छ, जब उजुरी पर्छ तब उजुरीमाथि कारवाहीको प्रक्रिया अघि बढ्छ ।’
‘कक्षा ११ को आंशिक परीक्षाको एकजना विद्यार्थीको मात्र परीक्षा रद्द गरिदेऊ भनेर उजुरी परेको छ’, कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो–‘ती विद्यार्थीको अंग्रेजी र शिक्षा तर्फको शैक्षणिक विधि विषय रद्द गराउन प्रधानाध्यापक तिवारीले उजुरी दिनुभएको हो ।’
राष्ट्रिय माविका प्रधानाध्यापक तिवारीले विद्यार्थीले परीक्षा दिएको डेढ महिनापछि के त्यस्तो गम्भिर त्रुटी फेला पारे र परीक्षा नै रद्द गराउन उजुरी दिए ? यो विषयको खोजबिन समयमा नै सबैले गर्न आवश्यक छ । होइन भने आफ्ना शिक्षकका कर्तुत र गल्ती लुकाउन ती विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्न खोजिएको त होइन भन्ने आशंका उब्जिएको पनि छ । के कति कारणले परीक्षा रद्द गराउन उजुरी दिईएको हो वा ? यदि आरोप सत्य हो भने किन कुन स्वार्थ वा सम्झौंताले विद्यार्थीको परीक्षा विद्यालय भन्दा बाहिर लिईयो ? र, पछि किन फेरि रद्द गराउने काम भयो ? यी सबै विषयको जवाफ र छानबिन सम्बन्धित निकाय, सम्पूर्ण अभिभावक र विद्यालय व्यवस्थापन समितिले गर्नैपर्दछ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु