
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले साङ्गठनिकलगायत विषयलाई अन्तिम रुप दिन कार्यदलको प्रस्ताव गरेको छ । कार्यदल अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठन हुनेछ । सो कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्नेछ ।
कार्यदलमा रहने सदस्यलगायत अन्य विषयमा भने सोमबार बस्ने बैठकले आवश्यक निर्णय गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले साङ्गठनिक विषय, नेताहरुको कार्यविभाजन तथा सङ्घर्षका कार्यक्रम तय गर्नका लागि कार्यदल प्रस्ताव गरिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सम्पूर्ण तहको कार्यविभाजन तथा जिम्मेवारीलगायत विषयलाई अन्तिम रुप दिन कार्यदल प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सञ्चालित पहिलो चरणको आन्दोलनको समीक्षा गरेको थियो । त्यसका अलावा शनिबार घोषित दोस्रो चरणको आन्दोलनको तयारी र त्यसलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दलसँग कार्यसूचीका आधारमा संयुक्त गतिविधि सञ्चालन गर्ने विषयमा समेत बैठकमा विचारविमर्श भएको थियो ।
नेकपा दाहाल–नेपाल समूहले आन्दोलनलगायत जनपरिचालनका लागि प्रवक्ता श्रेष्ठका संयोजकत्वमा एक समिति बनाएको छ । यस्तै बैठकमा विभिन्न क्षेत्रमा समन्वयका लागि नेताहरुलाई जिम्मा दिइएको छ । आजको बैठकमा समग्र राजनीतिक विषयमा छलफल भएको र सोमबार बस्ने बैठकले थप ठोस निर्णय गर्ने बताइएको छ । बैठक सोमबार मध्याह्न १२ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा हुम्लाका इञ्चार्ज विजय भण्डारी, अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामालगायत हुम्लाबाट पार्टीका विभिन्न कमिटीमा प्रतिनिधित्व गर्ने ३० नेता तथा कार्यकर्ताले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल नेतृत्वको नेकपामा नै रहेको जानकारी दिनुभयो । पार्टीको शीर्ष नेतृत्वसँगको छलफलपछि आयोजित पत्रकार भेटमा उहाँहरुले आफूहरु कर्णाली प्रदेश, हुम्ला जिल्लाको विकास र समृृद्धिका लागि पार्टीको एकता र प्रदेश सरकारको स्थायित्व नै प्रमुख मुद्दा भएको बताउनुभयो । उहाँहरुले पार्टीको मूलधार नै आफूहरु भएको जिकिर गर्दै यसैमा समाहित हुनसमेत आग्रह गर्नुभयो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’