
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
गोरखा। नेपाल पत्रकार महासङ्घ गोरखाको १०औँ साधारणसभाले ऐतिहासिक लिगलिगकोटको जीर्णोद्धार र संरक्षणमा जोड दिन माग गरेको छ । महासङ्घको शुक्रबार र शनिबार पालुङटार नगरपालिका–२ आँपपीपलमा पर्ने लिगलिगकोट दरबार परिसरमा भएको साधारणसभाले ७ बुँदे लिगलिगकोट घोषणापत्र जारी समेत गरेको थियो । भग्नावशेष अवस्थामा रहेको नेपालको ऐतिहासिक लिगलिगकोट दरबारको संरक्षण जीणोद्धार र प्रचारप्रसारमा जोड दिन आग्रह गरेको महासङ्घका गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिनुभयो ।
उहाँले महासङ्घले जारी गरेको घोषणापत्रमा नेपाल एकीकरणको उद्गमस्थल लिगलिगकोट दरबार क्षेत्रको संरक्षण, जीर्णोद्धार, प्रचारप्रसारका साथै पुरातात्विक महत्व बोकेको यस क्षेत्रको समग्र विकासका लागि ध्यान पु¥याउन पुरातत्व विभागलगायत सम्बन्धित निकायलाई आग्रह गरेको जानकारी दिनुभयो । त्यस्तै लामो समयदेखि बन्द रहेको गोरखाको एक मात्र विमानस्थल पालुङटार विमानस्थल पुनःसञ्चालन र मध्यपहाडी लोकमार्ग द्रुत गतिमा निर्माण सम्पन्न गर्नसमेत महासङ्घले माग गरेको छ ।
पत्रकारको क्षमता अभिवृद्धि तथा वृत्तिविकासका कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तह तथा अन्य सङ्घसंस्थासँग सहकार्य तथा सहयोगका लागि आग्रह समेत गरिएको छ । साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार आवाज विहीनको आवाज भएकाले सधैँ जनताका पक्षामा कलम चलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले नेपाल एकीकरणको उद्गम थलो लिगलिगकोट दरबार भग्नावशेष अवस्था रहेको भन्दै नेपाल एकीकरणको इतिहासलाई जोगाइराख्न पनि लिगलिगकोटको संरक्षण आवश्यक रहेको बताउनुभयो । “लिगलिगकोटको जीर्णोद्धार र संरक्षणका लागि पत्रकारले पनि कलम चलाउनुपर्ने आबश्यकता छ”, उहाँले भन्नुभयो, “लामो इतिहास बोकेको दरबार जीर्ण छ, संरक्षण र जीर्णोद्धारका लागि पहल गरिएन भने इतिहास मेटिन पनि सक्छ ।”
अध्यक्ष आचार्यले नेपाल पत्रकार महासङ्घ नेपालको सबैभन्दा पहिलो नागरिक अगुवाको संस्था रहेको भन्दै उहाँले महासङ्घले पत्रकारको हकहित अधिकार, मिडियाको हित, राष्ट्रिय स्वाभिमान र राष्ट्रको हित, लोकतन्त्र पक्षमा वकालत र नागरिक हितका पक्षमा प्रतिबद्ध भएर लाग्दै आएको बताउनुभयो ।
महासङ्घ गोरखाले जिल्लाभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि महासङ्घको हरेक कार्यक्रमलाई रचनात्मक ढङ्गले विकास र समृद्धिसँग जोड्दै आएको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल