
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
पोखरा । पोखरा उद्योग वाणिज्य संघको यही पुस २४ र २५ गते हुने ३३ औं महाधिवेशनका लागि अध्यक्ष पदमा नारायण कोइराला र विन्दु कोइराला सुवेदीले उमेद्वारीको घोषणा गर्नुभएको छ । उमेद्वारी घोषणासँगै यतिबेला उमेद्वारहरु व्यवसायीहरु माझ घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।
अध्यक्ष पदका लागि नारायण कोइरालाले आफूसहित प्यानलको घोषणा गर्नुभएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, वाणिज्य अन्तरगत उपाध्यक्षतर्फ अर्जुन पोखरेल र उद्योगतर्फ चिनुकुमारी गुरुङ रहनु भएको छ । वरिष्ठ उपाध्यक्षमा प्रजापति निर्विरोध घोषित भईसक्नु भएको छ ।
त्यसैगरी महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री रहनु भएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा कुमारी मुना बाँस्तोला, दिनेशचन्द्र बाँस्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिवल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला रहनु भएको छ । कर्पोरेट सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज)को उमेदवारी परेको छ ।
अर्का अध्यक्षका प्रत्यासी विन्दु कोइराला सुवेदीले स्वतन्त्र प्यानलबाट आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो । सो प्यानलले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी भने दिएको छैन । उक्त पदमा कोइराला प्यानलका प्रजापतिलाई नै समर्थन गरिएको छ । त्यस्तै, उद्योगतर्फका उपाध्यक्षमा यसअघि नै २ जनाको उम्मेदवारी परेकाले यसमा पनि उम्मेदवारी दिईएको छैन ।
वाणिज्यतर्फका उपाध्यक्षमा सोभित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्ष तारानाथ ढुंगाना र उपमहासचिवमा धर्मराज बाँस्तोलाले उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तमसेवक कार्कीले उम्मेदवारी घोषण गर्नुभएको छ ।
पोखरा उद्योग वाणिज्य संघको चुनावमा यसपटक राजनीतिक दलको चलखेल शुन्य देखिएको छ । सत्तारुढ नेकपामा देखिएको विभाजनका कारण अघिल्ला वर्षमा जस्तो कडा प्रतिस्पर्धा यसपटक भने देखिदैंन । तर नेपाली काँग्रेस निकट मानिएका दुवै अध्यक्षका दावेदार नारायण कोइराला र विन्दु कोइराला सुवेदी चुनावी मैदानमा भिड्दैछन् ।
तर यसपटक चुनिने अध्यक्षलाई व्यवसायीहरुको मात्र होइन, आफ्नै लथालिङ्ग भएको संघको आन्तरिक व्यवस्थापन नै प्रमुख चूनौतीका रुपमा खडा भएको छ । केही वर्ष यतादेखि पोखरा उद्योग वाणिज्य संघ आर्थिकरुपमा चरम संकटमा गुज्रिरहेको छ । साथै विभिन्न विवादहरुमा मुछिएको संघ र धुमिल भएको यस संस्थाको छविलाई जोगाउनु नै अब निर्वाचित हुने कार्यसमितिको प्रमुख चूनौंती हो ।
उत्तममान बुद्धाचार्य कार्यसमिति सदस्य पदमा स्वतन्त्र रुपमा भिड्दै
त्यसैगरी स्वतन्त्र रुपमा कार्यसमिति पदमा उत्तममान बुद्धाचार्यले पनि उमेद्वारी दर्ता गराउनु भएको छ । एलिगेन्स ट्रेड सेन्टर र पोखरा एफएमका सञ्चालक बुद्धाचार्यले स्वतन्त्र रुपमा उमेदवारी घोषणा गर्नुभएको हो । विश्व शान्ति स्तुप समितिका अध्यक्ष, युवा वौद्ध संघका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ लेकसिटीका पूर्वअध्यक्ष, धर्मोदय सभा कास्कीका उपाध्यक्ष, क्षेत्रीय रक्त सञ्चार केन्द्रका पूर्व सदस्य एवम् दर्जनौं सामाजिक संघसंस्थामा बुद्धचार्य आवद्ध हुनुहुन्छ । आध्यात्मिक, वौद्धिक र सञ्चारउद्यमीको रुपमा चिनिनु भएका बुद्धाचार्यले व्यवसायीको हक, हित र संरक्षणमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार