
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले संविधानको भावना विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई अस्वीकार गरिने बताउनुभयो ।
संविधानको प्रावधानलाई कुल्चेर यसको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु कुनै पनि हिसाबले उचित नभएको उहाँले बताउनुभयो । संसद् विघटन संविधान, जनता, राजनीतिक दलको भावना, नेपाली जनताले गरेको क्रान्ति, परिवर्तनको आकाङ्क्षाअनुरुप तथा नेकपाको निर्णय अनुरुप छ त भनी प्रश्न गर्दै उहाँले भन्नुभयो, “यो कदम हामीलाई स्वीकार्य छैन ।”
पटकपटक प्रतिनिधिसभा विघटन भएर मुलुक स्थिरतामा प्रवेश गर्न नसकेको भनेर संविधानमा स्पष्टसँग विघटन गर्न नसक्ने प्रावधान राखिएको स्मरण गर्दै उहाँले संसद्भित्र प्रधानमन्त्री निर्वाचित हुन नसक्ने अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने व्यवस्था गरिएको बताउनुभयो । अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगेको र त्यहाँबाट संविधानको मर्म र भावनानुसारको फैसला आउने विश्वास व्यक्त गर्नुभयो । “मलाई पूरै विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मा पाएको निकायबाट संविधानको मर्म, प्रावधान, जनताको अभिमतअनुसार समुचित व्याख्या हुनेछ”, उहाँले भन्नुभयो, “प्रतिनिसभा पुनःस्थापना भइछाड्छ, हुन्छ, हुन्छ, हुन्छ ।”
प्रतिनिधिसभा विघटन भयो अब के हुन्छ भनेर कोही पनि चिन्तित हुनु नपर्ने उल्लेख गर्दै उहाँले सरकारको कदमविरुद्ध सडकमा उत्रिनाको विकल्प नभएको बताउनुभयो । “हामी देशलाई सही बाटोमा, समाजवाद तथा समृद्धिको दिशामा, सामाजिक न्याय, समानताका आधारमा समाजको पुनःसंरचना गर्न चाहन्छौँ । त्यो काम गर्ने शक्ति नेकपाबाहेक कोही छैन”, उहाँले भन्नुभयो ।
समाजवादलाई अगाडि बढाउनुपर्ने र गणतन्त्रलाई समृद्ध बनाउनुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधान, लोकतन्त्रको मूल्यमान्यता, जनाधिकार र जनचाहनाका विरुद्ध कदम चालेको आरोप उहाँले लगाउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत सबै राजनीतिक दल, बुद्धिजीवी सडकमा उत्रेको उल्लेख गर्दै उहाँले प्रतिनिधिसभाको पुनःबहाली गरेर देशलाई सही दिशामा लैजान सबै शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीक पदमा बसेको व्यक्तिले पार्टीभन्दा अलग भएर स्वेच्छाचारी ढङ्गबाट काम गर्न नपाउने प्रष्ट पार्दै उहाँले पार्टी नेतृत्व गरेको व्यक्ति पार्टी अनुशासनअनुसार नचल्दा समस्या भएको पैदा भएको विचार व्यक्त गर्नुभयो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई अस्वीकार गर्नेबाहेक अर्को उपाय नभएको उल्लेख गर्दै उहाँले संविधानमा नभएको प्रावधान विपरीत कदम चालेकाले पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरेको प्रष्टयाउनुभयो । “उहाँलाई पार्टी अध्यक्षबाट हटाइएको हो । पार्टी सदस्यबाट हटाएका छैनौँ”, अध्यक्ष नेपालले भन्नुभयो ।
प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति पश्चात्ताप गरेर आएमा ओलीसँग सहकार्य गर्न आफूहरु तयार रहेको उहाँले बताउनुभयो । उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै वामपन्थी, लोकतन्त्रवादी, परिवर्तनकारी एवं नागरिक समाजका अगुवालाई एकताबद्ध हुन पनि आग्रह गर्नुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने