
१उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
३सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
४कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
५गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
६जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
७कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
८२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
९गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१०कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
११उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१२अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले संविधानको भावना विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई अस्वीकार गरिने बताउनुभयो ।
संविधानको प्रावधानलाई कुल्चेर यसको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु कुनै पनि हिसाबले उचित नभएको उहाँले बताउनुभयो । संसद् विघटन संविधान, जनता, राजनीतिक दलको भावना, नेपाली जनताले गरेको क्रान्ति, परिवर्तनको आकाङ्क्षाअनुरुप तथा नेकपाको निर्णय अनुरुप छ त भनी प्रश्न गर्दै उहाँले भन्नुभयो, “यो कदम हामीलाई स्वीकार्य छैन ।”
पटकपटक प्रतिनिधिसभा विघटन भएर मुलुक स्थिरतामा प्रवेश गर्न नसकेको भनेर संविधानमा स्पष्टसँग विघटन गर्न नसक्ने प्रावधान राखिएको स्मरण गर्दै उहाँले संसद्भित्र प्रधानमन्त्री निर्वाचित हुन नसक्ने अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने व्यवस्था गरिएको बताउनुभयो । अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगेको र त्यहाँबाट संविधानको मर्म र भावनानुसारको फैसला आउने विश्वास व्यक्त गर्नुभयो । “मलाई पूरै विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मा पाएको निकायबाट संविधानको मर्म, प्रावधान, जनताको अभिमतअनुसार समुचित व्याख्या हुनेछ”, उहाँले भन्नुभयो, “प्रतिनिसभा पुनःस्थापना भइछाड्छ, हुन्छ, हुन्छ, हुन्छ ।”
प्रतिनिधिसभा विघटन भयो अब के हुन्छ भनेर कोही पनि चिन्तित हुनु नपर्ने उल्लेख गर्दै उहाँले सरकारको कदमविरुद्ध सडकमा उत्रिनाको विकल्प नभएको बताउनुभयो । “हामी देशलाई सही बाटोमा, समाजवाद तथा समृद्धिको दिशामा, सामाजिक न्याय, समानताका आधारमा समाजको पुनःसंरचना गर्न चाहन्छौँ । त्यो काम गर्ने शक्ति नेकपाबाहेक कोही छैन”, उहाँले भन्नुभयो ।
समाजवादलाई अगाडि बढाउनुपर्ने र गणतन्त्रलाई समृद्ध बनाउनुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधान, लोकतन्त्रको मूल्यमान्यता, जनाधिकार र जनचाहनाका विरुद्ध कदम चालेको आरोप उहाँले लगाउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत सबै राजनीतिक दल, बुद्धिजीवी सडकमा उत्रेको उल्लेख गर्दै उहाँले प्रतिनिधिसभाको पुनःबहाली गरेर देशलाई सही दिशामा लैजान सबै शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीक पदमा बसेको व्यक्तिले पार्टीभन्दा अलग भएर स्वेच्छाचारी ढङ्गबाट काम गर्न नपाउने प्रष्ट पार्दै उहाँले पार्टी नेतृत्व गरेको व्यक्ति पार्टी अनुशासनअनुसार नचल्दा समस्या भएको पैदा भएको विचार व्यक्त गर्नुभयो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई अस्वीकार गर्नेबाहेक अर्को उपाय नभएको उल्लेख गर्दै उहाँले संविधानमा नभएको प्रावधान विपरीत कदम चालेकाले पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरेको प्रष्टयाउनुभयो । “उहाँलाई पार्टी अध्यक्षबाट हटाइएको हो । पार्टी सदस्यबाट हटाएका छैनौँ”, अध्यक्ष नेपालले भन्नुभयो ।
प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति पश्चात्ताप गरेर आएमा ओलीसँग सहकार्य गर्न आफूहरु तयार रहेको उहाँले बताउनुभयो । उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै वामपन्थी, लोकतन्त्रवादी, परिवर्तनकारी एवं नागरिक समाजका अगुवालाई एकताबद्ध हुन पनि आग्रह गर्नुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की